Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

होस ठेगानमा नरहेका ब्यक्तिको कारबाही सम्बन्धी कानूनी व्यवस्था

काठमाण्डौ: नेपालको संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका-संसदले यो ऐन बनाएको हो । सोही ऐनको दफा १२८ ले होस ठेगानमा नरहेका ब्यक्तिको कारबाही सम्बन्धी व्यवस्था गरेको छ  ।  फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन, दायरी, कारबाही, सुनुवाई र किनारा तथा सोसँग सम्बन्धित अन्य कार्यविधि र त्यस्ता मुद्दामा भएको फैसला कार्यान्वयन सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी कार्यविधि कानूनलाई सरलीकृत र समयानुकूल बनाउनका लागि यो कानून वनाईएको हो ।

१. कुनै अभियुक्त होस ठेगानामा नरहेको कारणले आफ्नो प्रतिरक्षा गर्न असमर्थ छ भन्ने विश्वास गर्नुपर्ने कुनै मनासिब कारण भएमा अदालतले इजाजतप्राप्त चिकित्सकद्वारा निजको जाँच गराई उपचार गराउन समेत आदेश गर्न सक्नेछ ।

२. उपदफा १ बमोजिम जाँच गराउँदा अभियुक्त मानसिक अस्वस्थताको कारणले आफ्नो प्रतिरक्षा गर्न असमर्थ देखिएमा त्यसको आदेश पर्चा खडा गरी निजको हकमा मुद्दा मुलतवी राख्नु पर्नेछ ।

३. यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो अभियुक्त थुनामा रहेको भए उपदफा १ बमोजिम कारबाही हुँदाका बखत वा त्यस्तोकारबाही भै उपदफा २ बमोजिमको आदेश पर्चा खडा भएपछि अदालतले मनासिब सम्झेमा निजलाई थुनाबाट छोड्न आदेश दिन सक्नेछ ।

४. उपदफा ३ बमोजिम अभियुक्तलाई छोड्दा अदालतले निजको संरक्षकबाट त्यस्तो अभियुक्तले कसैलाई कुनै प्रकारको हानि, नोक्सानी पु¥याउन नपाउने गरी निजको हेरचाह गर्ने र निज स्वस्थ भएपछि अदालतले आदेश दिएका बखत निजलाई अदालतमा उपस्थित गराउने शर्त गराउनु पर्नेछ ।

५.  उपदफा ४ बमोजिम थुनाबाट छोड्दा अदालतले चाहेमा संरक्षकसँग परिच्छेद- ७ बमोजिम धरौट वा जमानत लिन सक्नेछ ।

६. पुर्पक्षका लागि थुनामा रहेको होस ठेगानामा नरहेको अभियुक्तलाई उपदफा ३ बमोजिम थुनाबाट छोडिएको अवस्थामा बाहेक अन्य अवस्थामा विशेष हेरविचार गर्न सम्बन्धित कारागारलाई अदालतले आदेश दिनु पर्नेछ ।

७. होस ठेगानामा नरहेको अभियुक्तको मुद्दा उपदफा २ बमोजिम मुलतवी रहेकोमा त्यस्तो अभियुक्त स्वस्थ भएपछि अदालतले मुलतवी जगाई निजलाई अदालतमा उपस्थित गराई मुद्दाको पुर्पक्ष शुरु गर्नु पर्नेछ । तर त्यसरी मुलतवी जगाउनुभन्दा पहिले अदालतले त्यस्तो अभियुक्तलाई पुनः इजाजत प्राप्त चिकित्सकद्वारा जाँच्न लगाई त्यस्तो चिकित्सकले अभियुक्त स्वस्थ भै सकेको छ भन्ने व्यहोरा प्रमाणित गरेको हुनु पर्नेछ ।

८.  उपदफा १ वा ७ बमोजिम स्वस्थता प्रमाणित गर्ने चिकित्सकलाई अदालतले चाहेमा साक्षीको रुपमा उपस्थित हुन आदेश दिन सक्नेछ ।

९. यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि होस ठेगानामा नरहेको ब्यक्तिसँग अरु ब्यक्तिहरु पनि प्रतिवादी रहेछन भने त्यस्ता प्रतिवादीको हकमा मुद्दाको सुनुवाइ गर्न बाधा पुगेको मानिने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri