काठमाण्डौ: प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी कार्यविधि कानूनलाई सरलीकृत र समयानुकूल बनाउनका लागि मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ वनाईएको हो । सोही ऐनको दफा १७२ ले लिखत धुल्याउनु पर्ने व्यवस्था गरेको छ । अदालतले मुद्दाको अन्तिम निर्णय भएको पाँच वर्षपछि सो मुद्दाको
मिसिलमा रहेका देहायका लिखतहरु बाहेक अरु लिखतहरु धुल्याउनु पर्नेछ ।
क) उजुरी, अभियोगपत्र वा फिरादपत्र,
ख) अभियुक्तको बयान वा प्रतिउत्तरपत्र,
ग) प्रतिउत्तरपत्र सरहको बयान,
घ) प्रमाणका सक्कल लिखतहरु,
ङ) पुनरावेदन परेको भए पुनरावेदनपत्र,
च) मुद्दा दोहो¥याउने वा पुनरावलोकनको लागि दिइएको निवेदनपत्र,
छ) अदालतबाट भएको फैसला वा अन्तिम निर्णय,
ज) नक्सा, तायदाती फाराम, सम्पत्ति विवरण,
झ) कानून बमोजिम संरक्षण गर्न आवश्यक देखिएका अन्य कुनै लिखत