Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

देवानी कानूनका सामान्य सिद्धान्त र यसको व्याख्या

काठमाण्डौ: मुलुकमा कानून र व्यवस्था कायम गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार र सुविधा एवं आर्थिक हित कायम राख्न तथा आर्थिक, सामाजिक र साँस्कृतिक: क्षेत्रमा न्यायपूर्ण व्यवस्था कायम गरी विभिन्न जात, जाति वा सम्प्रदायहरू बीचको सुसम्बन्ध कायम राख्नको लागि मुलुकी ऐन तथा अन्य कानूनमा रहेका देवानी सम्बन्धी व्यवस्थालाई संशोधन र एकीकरण समेत गरी समयानुकूल बनाउन वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा ९१० बमोजिमको व्यवस्थापिका-संसदले मुलुकी देवानी (संहिता) ऐन, २०७४ बनाएको हो । यो ऐन २०७४।६।३० गते प्रमाणीकरणभएको थियो ।

सोही ऐनको परिच्छेद-२ देवानी कानूनका सामान्य सिद्धान्तहरुको उल्लेख गरिएको छ दफा ४ ले सामान्य रूपमा लागू हुने सिद्धान्त तथा व्यवस्था जसमा परिच्छेद २ मा उल्लिखित सिद्धान्त तथा व्यवस्थाहरू सामान्यतः देवानी कानूनका विषयमा लागू हुनेछन् । दफा ५ ले कानूनको अज्ञानता क्षम्य नहुने उल्लेख गरेको छ । जसमा कानूनको अज्ञानता क्षम्य हुने छैन । कानून सबैले जानेको अनुमान गरिनेछ ।

दफा ६ ले सार्वजनिक हित विपरीत हुने गरी काम गर्न नपाउने व्यवस्था गरेको छ । कसैले पनि सार्वजनिक हित विपरीत हुने गरी कुनै काम कारबाही गर्न पाउने छैन । दफा ७ ले कानून विपरीतको काम अमान्य हुने व्यवस्था गरेको छ । जसमा कानून विपरीतको काम अमान्य हुने उल्लेख गरिएको छ ।

दफा ८ ले गल्ती गर्नेले क्षति व्यहोर्नु पर्ने उल्लेख गरेको छ । कुनै काम गर्दा वा गराउँदा कसैको गल्तीले अरूलाई हानि, नोक्सानी हुन गएमा त्यसरी हानि, नोक्सानी भएको क्षतिको दायित्व त्यस्तो गल्ती गर्ने वा गराउने व्यक्तिले व्यहोर्नु पर्नेछ । त्यस्तै प्रत्येक व्यक्तिले आफुले गरेको गलत कार्यको परिणाम आफैँंले व्यहोर्नु पर्नेछ । त्यसैगरि क्षतिपूर्तिको निर्धारण कानूनमा व्यवस्था भए बमोजिम हुने उल्लेख गरिएको छ ।

दफा ९ ले अरूलाई दुःख दिने गरी काम गर्न नहुने व्यवस्था गरेको छ । कसैले पनि अन्य व्यक्तिलाई दुःख दिने, हैरानी हुने वा निजको इज्जत, प्रतिष्ठा वा सम्पत्तिमा क्षति पुग्ने गरी कुनै काम गर्न वा गराउन हुँदैन । दफा १० ले गल्तीको फाइदा लिन नपाउने व्यवस्था गरेको छ । कसैले पनि आफूले गरेको गल्तीबाट भएको फाइदा लिन पाउने छैन ।

दफा ११ ले हित विपरीतको काम अमान्य हुनेः आफ्नो संरक्षकत्व, माथवरी, अधीन वा प्रभावमा रहेको वा प्रभाव पर्न सक्ने व्यक्तिको हित विपरीत गरिएको काम अमान्य हुनेछ । दफा १२ ले व्यक्तित्वलाई स्वीकार गर्नु पर्ने व्यवस्था गरेबको छ । प्रत्येक व्यक्तिले अन्य व्यक्तिको व्यक्तित्वलाई स्वीकार गर्नु पर्नेछ । दफा १३ ले असल छिमेकीपन कायम गर्नु पर्ने  व्यवस्था गरेको छ प्रत्येक व्यक्तिले आफू रहे बसेको ठाउँको समुदाय वा छिमेकीलाई हानिनोक्सानी नहुने गरी असल छिमेकीपन कायम गर्नु पर्नेछ ।

त्यसैगरि सोही ऐनको दफा १४ ले देवानी दायित्वबाट छुटकारा नपाउने व्यवस्था गरेको छ । कुनै व्यक्ति उपर फौजदारी कसूरमा मात्र कारबाही चलाएको वा नचलाएको आधारमा त्यस्तो व्यक्तिले कानून बमोजिमको देवानी दायित्वबाट छुटकारा पाउने छैन । दफा १५ ले कानून विपरीतका प्रथा वा परम्परालाई मान्यता नदिइने उल्लेख छ । कानून विपरीतका प्रथा वा परम्परालाई न्यायको रोहमा मान्यता दिइने छैन ।

दफा १६ ले विदेशीको हकमा पनि लागू हुने निम्न पावधानहरुको उल्लेख गरेको छ । विषय, प्रसङ्ग वा प्रकृतिले कुनै कानूनी व्यवस्था नेपाली नागरिकलाई मात्र लागू हुने अवस्थामा बाहेक यो ऐन वा देवानी कानून सम्बन्धी अन्य प्रावधान विदेशीको हकमा पनि समान रूपमा लागू हुने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri