Jus Nepal
शनिबार, माघ १२, २०८१ | January 25, 2025 |

गोपनीयताको अधिकार अतिक्रमण भएको मानिने आधारहरु

काठमाण्डौ: नेपालको संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका(संसदले मुलुकी देवानी (संहिता) ऐन, २०७४ बनाएको हो । यो ऐन २०७४।६।३० गते प्रमाणीकरण भएको उक्त ऐनको दफा २१ ले गोपनीयताको अधिकार अतिक्रमण भएको निम्न अवस्थामा मानिने भनि केहि मापदण्डको व्यवस्था गरेको छ ।

१. कानून बमोजिम बाहेक कसैले सम्बन्धित व्यक्तिको मञ्जुरी नलिई देहायका कुनै काम कुरा गरेमा गोपनीयताको अधिकार अतिक्रमण भएको मानिनेछ ।

क) कुनै व्यक्तिको बासस्थानमा प्रवेश गरेमा,
ख) कसैको चिठ्ठीपत्र खोलेमा वा त्यसको प्रयोग गरेमा, टेलिफोन वा अन्य प्रविधिको माध्यमबाट भएको कुराकानी, बोली, ध्वनिको टेप वा रेकर्ड गरेमा वा सुनेमा,
ग) कुनै व्यक्तिको निजी जीवनको व्यवहार, आचरणको चियो चर्चा, प्रकाशन, प्रशारण वा प्रचार गरेमा,
घ) कसैको आकृति वा तस्वीर खिचेमा,
ङ) अरूको नाम, आकृति, तस्वीर वा आवाजको नक्कल गरी सार्वजनिक गरेमा ।

२. उपदफा १ को खण्ड घ वा ङ मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले साहित्यिक वा कलात्मक प्रयोजन वा सार्वजनिक हितको लागि तीे खण्डहरूमा
लेखिएको कुनै काम गरेमा गोपनीयताको अधिकार अतिक्रमण भएको नमानिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri