Jus Nepal
शनिबार, माघ १२, २०८१ | January 25, 2025 |

झुट्टा उजुरी दिए उजुरीकर्ताले मुद्धा प्रक्रियामा लाग्ने सम्पुर्ण खर्च व्यहोनुपर्ने

काठमाण्डौ: नेपालको संविधानको धारा २९६ को उपधारा ९१० बमोजिमको व्यवस्थापिका- संसदले मुलुकी देवानी संहिता ऐन, २०७४ बनाएको हो ।  २०७४।६।३० गते प्रमाणीकरण भएको उक्त ऐनको दफा २८ ले झुट्टा उजुरी दिएको देखिएमा क्षतिपूर्ति भराई दिने कानूनी व्यवस्था गरेको छ ।

सोही दफा उपदफा १ ले कसैले कसैलाई दुःख दिने वा हानि, नोक्सानी पुर्याउने नियतले झुट्टा उजुरी दिएको ठहरेमा सम्बन्धित अदालतले त्यसरी झुट्टा उजुरी दिने उजुरीकर्ताबाट प्रत्यर्थीलाई मनासिब क्षतिपूर्ति भराई दिने व्यवस्था उल्लेख गरेको छ ।

त्यस्तै दफा २ को उपदफा १ बमोजिम भराइने क्षतिपूर्तिमा प्रत्यर्थीले अदालतमा आफ्नो प्रतिरक्षा गर्दा लागेको खर्च, अदालती दस्तुर र कानून व्यवसायीको खर्च समेत समावेश हुनेछन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri