Jus Nepal
शनिबार, माघ १२, २०८१ | January 25, 2025 |

दाह संस्कार र काजकिरिया सम्वन्धि कानूनी व्यवस्था

काठमाण्डौ: नेपालको संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका- संसदले मुलुकी देवानी संहिता ऐन, २०७४ बनाएको हो ।  २०७४।६।३० गते प्रमाणीकरण भएको उक्त ऐनको दफा  ३७ ले आफ्नो दाह संस्कार, काजकिरिया वा सदगतको विधि निर्धारण सम्वन्धि व्यवस्था गरेको छ । उपदफा १ ले कुनै पनि व्यक्तिले जीवित छँदै आफ्नो मृत्यु पछि गरिने दाह संस्कार, काजकिरिया वा सदगतको विधि निर्धारण गर्न सक्नेछ ।

त्यसै गरि उपदफा १ बमोजिम कुनै व्यक्तिले दाह संस्कार, काजकिरिया वा सदगतको विधि निर्धारण गरेकोमा हकवालाले पनि मर्ने व्यक्तिको इच्छा बमोजिम निजको दाह संस्कार, काजकिरिया वा सदगत गर्नु पर्नेछ ।

उपदफा १ बमोजिम कुनै व्यक्तिले आफ्नो दाह संस्कार, काजकिरिया वा सदगतको विधि निर्धारण नगरेकोमा हकवालाले प्रचलित परम्परा तथा संस्कार बमोजिम निजको दाह संस्कार, काजकिरिया वा सदगत गर्नु पर्ने कानूननी प्रावधान रहेको छ ।

त्यस्तै दफा ३८ ले शव वा अङ्ग दान दिन सम्वन्धमा व्यवस्था गरेको छ । उपदफा १ मा कुनै पनि व्यक्तिले आफ्नो मृत्युपछि आफ्नो शव, शरीरको कुनै अङ्ग वा त्यसको कुनै अंश खास कामको लागि प्रयोग गर्न वा गराउन कसैलाई दान दिने गरी लिखित रूपमा इच्छा व्यक्त गर्न सक्नेछ ।

त्यसै गरि उपदफा १ बमोजिम इच्छा व्यक्त भएकोमा हकवालाले पनि मर्ने व्यक्तिको शव, शरीरको अङ्ग वा त्यसको कुनै अंशको प्रयोग मर्ने व्यक्तिको इच्छा बमोजिम गर्नु पर्नेछ ।

उपदफा २ मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो शव, अङ्ग वा त्यसको कुनै अंश स्वीकार गर्ने व्यक्ति उपलब्ध हुन नसकेमा वा त्यस्तो शव, अङ्ग वा त्यसको कुनै अंश छुट्याउन सम्भव नहुने भएमा त्यस्तो शवको दफा ३७ बमोजिम दाह संस्कार, काज किरिया वा सदगत गर्नुे पर्ने कानूनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri