काठमाण्डौ: मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-४ मा कसूरको गम्भीरता बढाउने तथा घटाउने अवस्थाहरुको उल्लेख गरिएको छ । सोही परिच्छेदको दफा ३८ मा कसूरको गम्भीरता बढाउने अवस्थाहरु भनि विभिन्न अवस्थाहरुको उल्लेख गरिएको छ ।
कसूरको गम्भीरता बढाउने अवस्थाहरु निम्न रहेका छन ।
क) राष्ट्रपति वा सरकार प्रमुख वा विदेशी राज्य प्रमुखको बिरुद्ध कसूर गरेको,
ख) राष्ट्रपति वा सरकार प्रमुख वा विदेशी राज्य प्रमुखको उपस्थितिमा कसूर गरेको,
ग) विश्वासको दुरुपयोग गरी कसूर गरे,
घ) कुनै सार्वजनिक पदको लाभ उठाई वा दुरुपयोग गरी कसूर गरेको,
ङ) सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो पदीय कर्तव्य पालन गर्न लागेकोमा बाधा पु¥याउने वा निजलाई कुनै गैरकानूनी काम गर्न लगाउने
नियतले कसूर गरेको,
च) कुनै सरकारी कार्यालय, सार्वजनिक कार्यालय वा धार्मिक स्थलमा कसूर गरेको,
छ) पाँच वा पाँचभन्दा बढी व्यक्तिहरु समूहमा आवद्ध भई कसूर गरेको,
ज) सार्वजनिक शान्ति खलबलिएको, बाढी, पहिरो, भूकम्प वा त्यस्तै प्रकृतिको दैवी प्रकोप भएको महामारी पैmलिएको, अनिकाल परेको वा त्यस्तै
किसिमको अन्य कुनै सङ्कटको लाभ लिई कसूर गरेको,
झ) हातहतियार वा विषालु वा विष्फोटक पदार्थ साथमा लिई वा प्रयोग गरी वा विद्युत प्रवाह गरी वा विद्युतीय उपकरण प्रयोग गरी कसूर गरेको वा
हातहतियार वा विषालु वा विष्फोटक पदार्थ लिएको मानिसको मद्दतबाट कसूर गरेको,
ञ) एक पटक कैद सजाय पाएकोकसूरदारले पुनः कसूर गरेको,
ट) कुनै पारितोषिक वा आश्वासन वा लाभको प्रलोभन पाउन कसूर गरेको,
ठ) आफ्नो संरक्षण वा नियन्त्रणमा रहेको व्यक्ति वा जिम्मामा रहेको सम्पत्तिको बिरुद्ध कसूर गरेको,
ड) कसैलाई क्रुर यातना, अमानवीय वा अपमानजन्य व्यवहार गरी कसूर गरेको,
ढ) एकै वारदातमा एकभन्दा बढी कसूर गरेको,
ण)एकै वारदातमा एकभन्दा बढी व्यक्तिका बिरुद्ध कसूर गरेको,
त) कसैलाई अपहरण गरी वा शरीर बन्धक लिई कसूर गरेको,
थ) थुना, हिरासत, कैद वा नियन्त्रणमा रहेको व्यक्ति बिरुद्ध कसूर गरेको,
द) कुनै व्यक्तिको सुरक्षाको कर्तव्य भएका व्यक्तिले आपूmले सुरक्षा गर्नु पर्ने व्यक्तिको बिरुद्ध कसूर गरेको,
ध) कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै विनाश गर्ने जातिहत्या ९ जेनोसाइड० को उद्देश्यले कसूर गरेको,
न) कुनै जात, जाति, धार्मिक वा साँस्कृतिक समुदाय बिरुद्ध घृणा उत्पन्न गर्ने उद्देश्यले कसूर गरेको,
प) मानवता विरुद्धको कसूर गरेको,
फ) नियोजित वा सङ्गठित रुपमा कसूर गरेको,
ब) पचहत्तर वर्षमाथिको वृद्धावस्था वा शारीरिक वा मानसिक अस्वस्थताले गर्दा
होस ठेगानमा नरहेको वा अपाङ्गताको कारणले आफ्नो बचाउ गर्न सक्ने स्थितिमा नभएको व्यक्ति वा बालबालिकाको विरुद्ध कसूर गरेको,
भ) सवारी साधन, विमान दुर्घटना वा प्राकृतिक प्रकोप पर्दा उद्धार गर्ने काममा खटिँदा कसूर गरेको,
म) एकपटक कुनै कसूरबाट पीडित भैसकेको व्यक्तिका बिरुद्ध सोही कसूरदारले अर्को कसूर गरेको ।
त्यसै गरि सोही ऐनको दफा ३९ कसूरको गम्भीरता घटाउने अवस्थाहरुबारे उल्लेख गरेको छ । जो निम्न रहेका छन ।
कसूरको गम्भीरता घटाउने अवस्थाहरु
क) कसूरदारको उमेर अठार वर्षभन्दा कम वा पचहत्तर वर्षभन्दा माथि भएको,
ख) कसूरदारको कसूर गर्ने नियत नभएको,
ग) जुन व्यक्तिको बिरुद्ध कसूर भएको छ त्यस्तो व्यक्तिले कसूरदारलाई कसूर हुनुभन्दा तत्कालअघि उत्तेजित गरेको वा धम्की दिएको,
घ) कसूरदार वा निजको कुनै नजिकको नातेदारका बिरुद्ध गरिएको कुनै गम्भीर कसूरको प्रतिकारको रुपमा तत्कालै कसूर भएको,
ङ) कसूरदारले स्वेच्छाले कसूर स्वीकार गरेको वा त्यस्तो कसूर गरे बापत पश्चाताप गरेको,
च) कसूरदारले सम्बन्धित अधिकारी समक्ष आत्मसर्मपण गरेको,
छ) कसूरदारले आफुले गरेको कसूर स्वीकार गरी पीडितलाई क्षतिपूर्ति दिइसकेको वा दिन मञ्जुर गरेको,
ज) शारीरिक, मानसिक तथा अपाङ्गताको कारणले गर्दा कसूरदारको क्षमता ह्रास भएको,
झ) पीडित पक्ष र समाजलाई हुन गएको हानि, नोक्सानीको मात्रा उल्लेखनीय नदेखिएको,
ञ) अदालतमा साँचोकुरा व्यक्त गरी न्यायिक प्रकृयामा सहयोग पु¥याएको,
ट) कसूर स्वीकार गरी भविष्यमा फौजदारी कसूर नगर्ने प्रतिवद्घता व्यक्त गरेको,
ठ) कसैको बहकाउ वा दबाबमा अपराध गरेको ।