Jus Nepal
शुक्रबार, माघ ११, २०८१ | January 24, 2025 |

मुलुकी अपराध संहिता २०७४ का जान्नै पर्ने केहि कुराहरु

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संहितामा विभिन्न धार्मिक तथा साँस्कृतिक समुदायबीचको सुसम्बन्ध तथा शान्ति कायम गर्न, फौजदारी कसूर निवारण र नियन्त्रण गर्न र यससम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाइएको छ ।

फौजदारी कसूर सम्बन्धी संहिताको व्यवस्था गर्न जरुरी भएकोले संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४ असोज ३० गते मुलुकी अपराध संहिता ऐन समयानुकूल परिमार्जन गरि जारी गरेको हो ।

यही भदौ १ गतेदेखि कार्यान्वयनमा आएको यो ऐनमा विशेष गरी फौजदारी कसूरसम्बन्धी मुद्दाको कारबाही र सजाय निर्धारण लगायतका विषयहरुमा विगतका केहि प्रावधानहरुमा परिवर्तन गरिएको छ । भने केहि अदलवदल गरिएको छ । यसमा मुख्य गरि अपराधका मूलभूत तत्वहरुमा अपराधको बर्गीकरण, ऐनका विशेषताहरु, कसूरको गम्भीर्यता बढाउने र घटाउने आधारहरुको बारेमा पनि उल्लेख गर्दै क्षतिपूर्तिसम्बन्धी व्यवस्था संहिताको पहिलो भागमा उल्लेख गरिएको छ ।

त्यस्तै गरि संहिताको दोस्रो भागमा फौजदारी कसूरहरु र सजायँ निर्धारण तथा क्षतिपूर्तिका विषयहरुका बारेमा व्यवस्था गरिएको छ । भने त्यसै गरि संहिताको तेस्रो खण्डमा वैयक्तिक गोपनीयता तथा प्रतिष्ठा विरुद्धको कसूर र सजायको व्यवस्था गरिएको छ । संहिताको दोस्रो खण्डमा फौजदारी कसूरहरुको बारेमा व्यवस्था गरिएको छ । जसमा अपराध र सो को सजायको बारेमा उल्लेख गरिएको छ । राज्य विरुद्धका कसूर, सार्वजनिक शान्ति विरुद्धको कसूर, सार्वजनिक अधिकारीको अख्तियारीको अवज्ञा सम्बन्धी कसूर, सार्वजनिक न्याय विरुद्धका कसूर, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर, धर्मसम्बन्धी कसूर, विवाहसम्बन्धी कसूर, ज्यान सम्बन्धी कसूर, गैरकानूनी थुना सम्बन्धी कसूर, व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसूर, इलाज सम्बन्धी कसूर, मुद्रा, टिकट लिखत तथा पशुपक्षी सम्बन्धी कसूरहरुको सम्वन्धमा खण्ड दुई मा व्यवस्था गरिएको छ ।

त्यसै गरि संहिताको तेस्रो खण्डमा वैयक्तिक गोपयिता तथा प्रतिष्ठा विरुद्ध्द्धको कसूर र गाली बेइज्जती सम्बन्धी कसूरहरु समावेस गरिएका छन ।  गत भाद्र १ गतेबाट जारी भएको उक्त संहिताको पहिलो खण्डमा फौजदारी न्यायका सामान्य सिद्धान्त, कसुर मान्ने र नमान्ने आधार, आपराधिक षड्यन्त्र, उद्योग, दुरुत्साहन र मतियारका विषय पनि यसमा समेटिनुका साथै कसूरको गम्भीरता बढाउने तथा घटाउने अवस्था सँगै सजाय र अन्तरिम क्षतिपूर्ति सम्बन्धी व्यवस्थाहरु रहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri