Jus Nepal
शनिबार, माघ १२, २०८१ | January 25, 2025 |

१८ वर्षभन्दा कम उमेरका कैदीबन्दीलाई बाल सुधारगृहमा सारिने

काठमाण्डौ: सरकारले १८ वर्षभन्दा कम उमेरका कैदीबन्दीलाई बाल सुधारगृहमा राख्ने भएको छ । गत भादै १ गतेबाट लागू नयाँ ऐनले १८ वर्षभन्दा कम उमेर भएकालाई नाबालक भनि पहिचान गरेपछि उनीहरूलाई सुधारगृहमा सारिने भएको हो ।

मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिभाषा २ को खण्ड ‘ङ’ ले १८ वर्ष उमेर पूरा नगरेकालाई नाबालक मानेको छ । कानुनतः नाबालकलाई अन्य कैदीबन्दीसरह जेलमा नराखी छुट्टै सुधार गृहमा राख्नुपर्नेछ । कारागार व्यवस्थापन विभागले यस सम्वन्धि आवाश्यक आवाश्यक अभ्यास गरिसकेको र मातहतका निकायलाई समेत निर्देशन दिइसकिएको  छ ।

विभागको तथ्णंक अनुसार देशभरिका ७४ जेलमा १६ देखि १८ वर्षसम्मका २९७ कैदीबन्दी रहेका छन । यसअघि मुलुकी ऐनले १६ वर्षभन्दा कम उमेरका भएकालाई नाबालक मानेका कारण १६ वर्ष माथिका पनि अन्य कैदीबन्दीसरह जेलमा राखिदै आएको थियो ।

पछिल्ले समय प्रत्येक प्रदेशमा कम्तीमा एउटा बाल सुधार गृह हुनुपर्ने सरकारको योजना हो । यसैअनुसार सुधार गृह ३ बाट वृद्धि गर्दै ८ पुर्याइएको छ । अब १८ वर्ष सम्मका सवै केदै वन्दीहरुदाई सुधार गृहमा राखिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri