Jus Nepal
मङ्लबार, माघ १, २०८१ | January 14, 2025 |

अपराध पीडितको संरक्षण सम्वन्धि विधेयक संसदमा

काठमाडौ: सरकारले पहिलो पटक अपराध पीडितको अधिकार संरक्षण गर्ने उद्देश्यले कानुन बनाउने तयारीमा जुटेको छ । अपराधीले अपराधको सजाय र दण्ड पाए पनि भएका अपराधबाट पीडित हुने व्यक्तिलाई कुनै संरक्षण नहुने अवस्थाको अन्त्य गर्नका लागि या विधेयक तयार गरिएको हो ।

नेपालको संविधान २०७२ ले पहिलो पटक यस्तो प्रावधानलाई मौलिक हकको रुपमा समावेस गराएको हो । कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले अपराध पीडित संरक्षण विधेयक शैद्धान्तिक छलफलका लागि राष्ट्रिय सभामा पेश गरेका हुन ।

नेपालको संविधानको धारा २१ ले अपराध पीडितको हक नेपालको इतिहाँसमा प्रथम पटक व्यवथा गरेको छ । उपधारा १ मा अपराध पीडितलाई आफू पीडित भएको मुद्दाको अनुसन्धान तथा कारबाही सम्बन्धी जानकारी पाउने हक हुनेछ । त्यसै गरि उपधारा २ मा अपराध पीडितलाई कानून बमोजिम सामाजिक पुनःस्थापना र
क्षतिपूर्ति सहितको न्याय पाउने हक हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri