मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ संवत् २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएको हो । विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ सम्झनुपर्छ ।तहसिलदार भन्नाले जिल्ला अदालतको तहसिलदार सम्झनु पर्छ र सो शब्दले फैसला कार्यान्वयन अधिकारीलाई समेत जनाउँछ ।
“पक्ष” भन्नाले मुद्दाको बादी वा प्रतिबादी सम्झनु पर्छ र सो शब्दले प्रतिवेदकलाई समेत जनाउँछ । “सम्बन्धित अधिकारी” भन्नाले कुनै काम गर्न जिम्मेवारी भएको अधिकारी जनाउनेछ ।
मुलुकी फौजदारी कार्यविधि नियमावली,२०७५ मुद्दाको कारबाही सम्बन्धी व्यवस्था
उपदफा २४ मा हकवाला वा संरक्षकले उजूरी गर्न अनुमति लिनुपर्नेः ऐनको दफा ५२ को उपदफा ६ को खण्ड ख र घ तथा दफा ५३ को उपदफा १ को खण्ड ख र घ का अवस्थाका व्यक्तिका तर्फबाट हकवाला वा संरक्षकले अदालतमा उजूर गर्नु परेमा हकवाला वा संरक्षक रहेको देखिने प्रमाण संलग्न गरी अनुमतिका लागि सम्बन्धित अदालतमा निवेदन दिनु पर्नेछ ।
त्यसै गरी उपदफा २५ ले ऐनको अनुसूची ३ मा उल्लिखित मुद्दामा अबलम्बन गरिने कार्यविधिः
१ ऐनको अनुसूची ३ मा उल्लिखित कसूर सम्बन्धी उजूरी वा प्रतिवेदन अदालतमा दर्ता भएपछि इजलास समक्ष पेश गर्नु पर्ने व्यवस्था गरेकाे छ ।
उपनियम १ बमोजिम उजूरी वा प्रतिवेदन पेश भएमा इजलासले त्यस्तो उजूरी वा प्रतिवेदन मुद्दाको रुपमा दर्ता हुने वा नहुने सम्बन्धमा आदेश गर्नु पर्नेछ।
उपनियम २ बमोजिम आदेश गर्दा उजूरी वा प्रतिवेदन मुद्दाको रुपमा दर्ता हुने आदेश भएमा त्यस्तो कसूरको अभियोग लागेको व्यक्तिलाई अभियोगको प्रकृति र गम्भीरता समेतलाई विचार गरी बयान गर्न आफैँ उपस्थित हुन वा कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफसहित उपस्थित हुन समाह्वान जारी गर्ने आदेश दिनु पर्नेछ।
तर अभियुक्त भागी पक्राउ हुन नसक्ने सम्भावना छ भन्ने विश्वास गर्नु पर्ने मनासिब कारण भएमा वा समाह्वानमा तोकिएको म्यादमा अभियुक्त अदालतमा उपस्थित नभएमा त्यस्तो अभियुक्तका हकमा अदालतले पक्राउ पूर्जी जारी गर्न सक्नेछ।
उपनियम ३ बमोजिम बयान गर्न उपस्थित हुन वा लिखित जवाफ पेश गर्नको लागि समाह्वान जारी गर्दा निज उपरको अभियोगको प्रकृति समेतलाई विचार गरी बाटाका म्याद बाहेक बढीमा पन्ध्र दिनसम्मको समय दिनु पर्नेछ।
उपनियम ३ बमोजिम आफैँ उपस्थित हुन समाह्वान जारी गरिएको अभियुक्त अदालतमा उपस्थित भएपछि ऐनको दफा १२२ बमोजिम निजको बयान गराउनु पर्नेछ।
उपनियम ५ बमोजिम उपस्थित अभियुक्तको बयान कार्य सम्पन्न भएपछि अदालतले त्यस्तो अभियुक्तलाई ऐनको परिच्छेद (७ बमोजिम मुद्दाको पूर्पक्षको निमित्त थुनामा राख्ने वा धरौट वा जमानत लिने वा तारिखमा राख्ने आदेश गर्नु पर्नेछ।
उपनियम ४ बमोजिम जारी भएको समाह्वानको म्यादभित्र लिखित जवाफसहित उपस्थित भएको प्रतिवादीलाई तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्नु पर्नेछ।
उपनियम ६ वा ७ मा जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दामा थप प्रमाण बुझ्नु पर्ने अवस्था नदेखिएमा बयान वा लिखित जवाफ परेपछि मुद्दाको फैसला गर्न बाधा पर्ने छैन।
ऐनको अनुसूची ३ मा उल्लिखित मुद्दा सम्बन्धी अन्य कार्यविधि अदालतले निर्धारण गरे बमोजिम हुनेछ।
उपदफा २६ ले पक्राउ पूर्जी वा समाह्वान जारी गर्नेः १ अभियोगपत्र वा फिरादपत्र दर्ता भएपछि सम्बन्धित अधिकारीले सोही दिन अनुपस्थित अभियुक्त वा प्रतिवादीका नाउँमा पक्राउ पूर्जी वा समाह्वान जारी गर्ने आदेश गर्नु पर्नेछ।
२ उपनियम १ बमोजिमको आदेश भएकोमा सम्बन्धित फाँटले तीन दिनभित्र म्याद जारी गरी तामेल गराउनको लागि म्याद तामेली गर्ने फाँटमा पठाउनु पर्नेछ ।
३ उपनियम २ बमोजिम पक्राउ पूर्जी जारी गर्दा त्यस्तो पूर्जीमा तोकिएको म्यादभित्र अभियुक्त वा प्रतिवादी अदालतमा उपस्थित नभएमा निजको हकमा ऐनको दफा ६५ को उपदफा १ बमोजिमको व्यवस्था आकर्षित भई कार्यान्वयन गरिने बेहोरा समेत उल्लेख गर्नु पर्नेछ ।उपदफा
२७। सम्बन्धित अधिकारी वा निकायलाई सूचना दिनु पर्नेस् पक्राउ पूर्जी जारी भई पक्राउ हुन नसकेको वा फरार रही अदालतमा उपस्थित नभएको व्यक्तिको हकमा पक्राउ पूर्जीको अवधि समाप्त भएको भोलिपल्टदेखि लागू हुने गरी ऐनको दफा ६५ को उपदफा ९१० मा उल्लेख भए बमोजिम निजको हकमा आकर्षित हुने व्यवस्था कार्यान्वयन गर्न अदालतले सम्बन्धित अधिकारी वा निकायलाई सूचना दिनु पर्नेछ।
२८. छापा वा विद्युतीय सञ्चार माध्यममा म्याद वा सूचना प्रकाशन गर्दा लाग्ने खर्चः
१. ऐन अन्तर्गतका कसूर सम्बन्धी मुद्दामा अभियुक्त वा प्रतिबादीको नाममा अदालतबाट जारी भएको पक्राउ पूर्जी वा समाह्वान वा सूचना छापा वा विद्युतीय सञ्चार माध्यममा प्रकाशन गरी तामेल गर्दा लाग्ने खर्च वादी पक्षले व्यहोर्नु पर्नेछ।
२. उपनियम १ मा लेखिए देखि बाहेकका अन्य सूचना कुनै पक्षको अनुरोधमा कानून बमोजिम छापा वा विद्युतीय सञ्चार माध्यममा प्रकाशन गर्नु परेमा सो वापत लाग्ने खर्च अनुरोध गर्ने पक्षले व्यहोर्नु पर्नेछ।
२९. पक्राउ पूर्जी, समाह्वान वा सूचना तामेलीः
१. अदालतबाट जारी भएको पक्राउ पूर्जी वा समाह्वान वा म्याद वा सूचना तामेल गर्दा अनुसूची १ बमोजिमको ढाँचामा तामेल गर्नु पर्नेछ ।
२. उपनियम १ बमोजिमको पक्राउ पूर्जी वा समाह्वान वा म्याद वा सूचनाको तामेलीको ढाँचालाई अदालतबाट जारी हुने सम्बन्धित पक्राउ पूर्जी वा समाह्वान वा म्याद वा सूचनाको पीठमा छपाउनु पर्नेछ ।
३० म्याद तामेली सम्बन्धी कार्यको अभिलेख र म्याद तामेली प्रतिवेदनः
१. अदालतबाट जारी गरिएको पक्राउ पूर्जी वा समाह्वान वा म्याद वा सूचनाको अभिलेख अनुसूची (११ बमोजिमको ढाँचामा राख्नु पर्नेछ।
२. तामेलदारले म्याद तामेली सम्बन्धी कार्य सम्पन्न गरेपछि अदालतमा हाजिर भएको भोलिपल्टसम्ममा अनुसूची (१२ बमोजिमको ढाँचामा अदालतमा मुद्दागत रुपमा प्रतिवेदन पेश गर्नु पर्नेछ।
३१. धरौट वा जमानत दिएमा तारिखमा राख्नेः
ऐन बमोजिम धरौट वा जमानत माग भएको व्यक्तिले धरौट वा जमानत दिन नसकी पुर्पक्षको लागि थुनामा बसेको वा कैद वा जरिबाना वापत ऐनको दफा १३७ बमोजिम धरौट वा जमानत दिई पुनरावेदन गर्न पाउनेमा सो बमोजिम धरौट वा जमानत दिन नसकी थुनामा बसी पुनरावेदन दिएको व्यक्तिले पछि धरौट वा जमानत दिए थुनाबाट तत्काल छाडी तारिखमा राखी मुद्दाको कारबाही गर्नु पर्नेछ ।
३२. एकै दिनको तारिख तोक्नु पर्नेः
१. पक्षहरू तारिखमा बसेकोमा अदालतले दुवै पक्षलाई एकै दिनको तारिख तोक्नु पर्नेछ ।
२. अदालतले ऐनको अनुसूची ४ अन्तर्गतको मुद्दामा फिरादपत्र दर्ता भएपछि वादीलाई प्रतिउत्तरपत्र दाखिला हुने म्यादको अड्कल गरी प्रतिउत्तरपत्र पर्ने वा पर्न सक्ने अवधि कटाई तारिख तोक्नु पर्नेछ।
३३. तारिखको पटक कायम र दिन गणना गर्नेः
१. मुद्दाका पक्षले तारिख गुजारेकोमा पटक कायम गर्दा म्याद थमाएको पटक समावेश नगरी तारिख गुजारेको पटक मात्र गणना गर्नु पर्नेछ।
२. मुद्दाका पक्षले म्याद वा तारिख गुजारेकोमा थमाउनको लागि दिन गणना गर्दा म्याद वा तारिख गुज्रेको दिनको भोलिपल्टदेखि दिन गणना गर्नु पर्नेछ ।
३. अदालतबाट कुनै मुद्दामा पुनः इन्साफ गर्न मातहत अदालतमा मुद्दा पठाएकोमा वा मुलतबी रहेको मुद्दा जगाई कारबाही गर्दा अघि थामे थमाएको म्याद वा तारिखको पटक कायम गरिने छैन ।
३४. सार्वजनिक बिदा परेमा भोलिपल्ट उपस्थित हुनेः
म्याद वा हदम्याद पुग्ने अन्तिम दिन वा अदालतमा उपस्थित हुन वा कागज प्रमाण पेश गर्न तोकिएको तारिखका दिन सार्वजनिक बिदा परेमा त्यस्तो बिदापछि लगत्तै अदालत खुलेको पहिलो दिन अदालतमा उपस्थित भएमा म्याद, हदम्याद वा तारिख गुज्रेको मानिने छैन ।
३५. तारिख गुज्रेको प्रमाणित गर्नेः
तोकिएको तारिखका दिनमा कुनै पक्ष अदालतमा उपस्थित नभएमा सम्बन्धित फाँटवाला कर्मचारीले तारिख भरपाईमा तारिख गुजारेको बेहोरा जनाई दस्तखत गरी आफूभन्दा माथिल्लो तहको अधिकृतबाट प्रमाणित गराउनु पर्नेछ।
३६ मुद्दाको कार्यतालिका निर्माण गर्नेः
१. अदालतमा कुनै मुद्दा दायर भएपछि सो मुद्दामा देहायका कारबाहीको लागि लाग्ने अवधिको पूर्वानुमान गरी प्रत्येक मुद्दाको अनुसूची ३ बमोजिमको ढाँचामा सम्बन्धित अधिकारीले कार्यतालिका निर्माण गरी पक्षको दस्तखत गराई मिसिल सामेल गरी सोको प्रतिलिपि पक्षलाई दिनु पर्नेछस्
अभियुक्त वा प्रतिवादीका नाममा पक्राउ पूर्जी, समाह्वान, म्याद वा सूचना जारी गर्ने, पक्राउ पूर्जी, समाह्वान, म्याद वा सूचना तामेल गर्ने, प्रतिवादी चुक्ता हुने, प्रारम्भिक सुनुवाई गर्ने, वादी प्रतिवादीबीच पूर्व सुनुवाई छलफल गर्ने, साक्षी प्रमाण बुझ्ने, अन्य कारबाही गर्ने, फैसला गर्ने ।
२. उपनियम १ बमोजिमको कार्यतालिका बमोजिम कुनै कारबाही निर्धारित मितिमा सम्पन्न हुन नसकेमा सोको कारण खोली सम्बन्धित अधिकारीले कार्यतालिका संशोधन गरी प्रमाणित गरी मिसिल सामेल राखी सोको जानकारी पक्षलाई दिनु पर्छ ।
३. अदालतले मुद्दाको कार्यतालिका निर्माण गर्दा मुद्दाका पक्षहरुको कुनै प्रतिक्रिया भए सो समेतलाई विचार गर्नु पर्नेछ ।
३७. काबू बाहिरको परिस्थिति उत्पन्न भएको प्रमाण पेश गर्नेस् मुद्दाको पक्षले ऐनको दफा ५९ को उपदफा ५ को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको काबू बाहिरको कुनै परिस्थिति उत्पन्न भएको भनी म्याद वा तारिख थाम्न निवेदन दिँदा सो परिस्थिति उत्पन्न भएको बेहोरा पुष्टि गर्न आवश्यक पर्ने प्रमाण पेश गर्नु पर्नेछ।
३८ वारिस नियुक्त गर्ने अनुमतिको निवेदनः
ऐनको दफा ९५ बमोजिमको अवस्थाका प्रतिवादीले वारिस नियुक्त गर्न अनुमतिका लागि निवेदन दिएमा त्यस्तो निवेदन इजलास समक्ष पेश गरी भएको आदेश बमोजिम गर्नु पर्नेछ।
३९. मुलतबी राख्ने वा जगाउने सम्बन्धी व्यवस्था
१. मुद्दा मुलतबी राख्ने वा जगाउने सम्बन्धी कारबाही इजलासको आदेश बमोजिम हुनेछ।
२. उपनियम १ बमोजिम मुलतवी राख्ने आदेश भएकोमा अदालतमा तारिखमा रहेको पक्षलाई सोही दिन मुलतबी राख्ने आदेश सुनाई सोको निस्सा मिसिल सामेल राख्नु पर्नेछ।
३. अदालतको अनुमति लिई मुद्दाको पक्ष तारिखमा नरहेको अवस्थामा त्यस्तो मुद्दा मुलतबी राख्ने आदेश भएमा आदेश भएको मितिले तीन दिनभित्र त्यस्तो पक्षलाई सोको लिखित सूचना पठाउनु पर्नेछ ।
४. ऐनको परिच्छेद १ बमोजिम मुलतवी रहेको मुद्दा देहायको अवस्थामा मुलतबीबाट जगाई कारबाही र किनारा गर्नु पर्नेछः
(क) भिन्न भिन्न अदालतमा दायर भएको भिन्नभिन्न मुद्दामध्ये एउटाको निर्णय नभई अर्कोको निर्णय हुन नसक्ने भई ऐनको दफा ९७ को उपदफा १ बमोजिम मुलतबी रहेकोमा अर्को अदालतमा परेको मुद्दाको निर्णय भएको भनी मुद्दाको कुनै पक्षले निवेदन गरेमा वा अर्को अदालतले जानकारी दिएमा वा अर्को अदालतले मुद्दाका पक्षहरुलाई तारिख तोकी पठाएको अवस्थामा सो अनुसार मुलतवी जगाउनु पर्ने देखिएमा,
(ख) पक्राउ पूर्जी जारी भएको अभियुक्त म्यादभित्र अदालतमा उपस्थित नभएको कारणले ऐनको दफा ९८ बमोजिम मुद्दा मुलतबी रहेकोमा तीन वर्षको अवधिभित्र अभियुक्त अदालतमा उपस्थित नभएमा वा नगराइएमा सो अवधि भुक्तान भएपछि,
(ग) ऐनको दफा ९८ बमोजिम मुद्दा मुलतबी रहेकोमा मुद्दा मुलतवी रहेको अदालत वा अन्य कुनै अदालतमा दायर भएको अर्को कुनै मुद्दामा त्यस्तो पक्राउ पूर्जी जारी भएको व्यक्ति वादी वा प्रतिवादीको हैसियतमा उपस्थित भएको भन्ने प्रतिवेदन वा जानकारी प्राप्त भएमा ।
५. ऐनको दफा १२८ को उपदफा २ बमोजिम मुद्दा मुलतबी रहेकोमा त्यस्तो अभियुक्त स्वस्थ भएको भन्ने चिकित्सकको प्रतिवेदन प्राप्त भएमा त्यस्तो व्यक्तिको मुद्दा मुलतबीबाट जगाई निजलाई अदालतमा उपस्थित हुने आउने सात दिने सूचना पठाई कारबाही र किनारा गर्नु पर्नेछ।
६. मुलतवी रहेको मुद्दा मुलतबीबाट जगाउने अवस्था भएमा तत्कालै इजलास समक्ष पेश गर्नु पर्नेछ।
७. ऐनको दफा ९७ बमोजिम मुलतबी रहेको मुद्दा मुलतबीबाट जगाउने आदेश भएमा मुलतबी रहेका बखत तारिखमा रहेका पक्षहरुलाई हाजिर हुन सात दिने सूचना दिनु पर्नेछ ।
८. यस नियम बमोजिम दिएको सूचनाको म्यादमा कुनै पक्ष अदालतमा उपस्थित नभएको कारणले मात्र मुद्दाको कारबाही र किनारा गर्न बाधा पर्ने छैन ।
९. अर्को अदालतलाई मुलतबी राखेको जानकारी दिँदा वा पक्षलाई मुलतबीबाट जागेको सूचना पठाउँदा आदेश भएको मितिले तीन दिनभित्र पठाउनु पर्नेछ ।
१०. अदालतमा मुलतवी रहेका मुद्दाको अभिलेख अनुसूची १४ बमोजिमको ढाँचामा राखी त्यस्तो विवरण अद्यावधिक गर्नु पर्नेछ ।
४०. फरार अभियुक्तको अभिलेख राख्नेः
१. अदालतबाट जारी भएको पक्राउ पूर्जीको म्यादमा हाजिर नभएको अभियुक्तको हकमा अनुसूची १५ बमोजिमको ढाँचामा अभिलेख राख्नु पर्नेछ ।
२. पक्राउ पूर्जी जारी गरिएको अभियुक्त अदालतमा उपस्थित भएमा उपनियम १ बमोजिम राखिएको अभिलेख अद्यावधिक गर्नु पर्नेछ।
४१ नक्कल मिसिल खडा गर्ने
नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा प्रतिबादी फरार रहेको कारणबाट थुनछेकसम्बन्धी कार्य पूरा हुन बाँकी रहेको वा कानून बमोजिम मुलतबी रहेको अवस्थाको मुद्दाको मिसिल कुनै कारणले माथिल्लो अदालतमा पठाउनु पर्ने भएमा अदालतले मुख्य मुख्य कागजको नक्कल मिसिल खडा गरेर मात्र सक्कल मिसिल माथिल्लो अदालतमा पठाउनु पर्नेछ ।