Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

कानूनको पढाइमा ढोकाबन्दवादी नीति !

६४३ विद्यार्थीमध्ये १५० जनाले मात्रै पढ्न पाउने किन ?

काठमाडौं –  जुन देशको सरकारले आफ्ना नागरिकलाई कानूनको बढीभन्दा बढी अध्ययन गराउँछ, त्यो देशमा कानुनको पालना गर्ने सभ्य नागरिकहरुको उत्पादन हुन्छ र देशलाई फाइदा पुग्छ । नागरिकमा कानूनी शिक्षा फैलिँदा सुशासनलाई सहयोग पुग्छ ।

तर, नेपालमा राज्यले नै कानूनको पढाइमा अनेकन बाधा र ‘सिन्डिकेट’हरु खडा गर्दै आएको छ । कानूनको अध्ययनमा नागरिकलाई प्रोत्साहित गर्नुको साटो निरुत्साहित गर्ने राज्यको नीति देखिन्छ । यसको पछिल्लो उदाहरण शनिबार सम्पन्न एलएलएमको प्रवेश परीक्षा हो ।

काठमाडौं र पोखरामा गरी शनिबार ६४३ जनाले कानूनको स्नातकोत्तर तह (एलएल.एम.) को प्रवेश परीक्षामा सहभागी हुन  त्रिभुवन विश्वविद्यालय कानून शंकायले सूचना जारी गरेको थियो । यसमध्ये ५५५ जनाको परीक्षास्थल काठमाडौंका ताहचल क्याम्पसमा तोकिएको थियो भने ८८ जनाका लागि पोखराको पृथ्वीनारायण क्याम्पसमा परीक्षाकेन्द्र तोकिएको थियो ।

उल्लेखित परीक्षार्थीमध्ये काठमाडौंमा बिहानी र दिवासमेत गरी नेपाल ल क्याम्पसमा १५० नेसनल ल कलेजमा १०० जना र पोखरामा ३५ जनाले मात्रै अध्ययन गर्न पाउनेछन् ।

कानूनमा स्नातकोत्तरमा प्रवेश परीक्षाको बार किन ?

पहिलो कुरा, कानूनमा स्नातकोत्तर पढ्नका लागि अनिवार्यरुपमा कानूनमै स्नातक ( बी.एल., एलएल.बी. वा बी.ए.एलएल.बी.) पढेको हुनुपर्दछ । अन्य विषयमा स्नातक गरेको व्यक्तिले एलएलएम पढ्नै पाउँदैन । यो अवस्थामा कानूनमा स्नातक गरिसकेको व्यक्तिले प्रवेश परीक्षाको फलामे बार तेर्स्याएर मात्रै एलएलएम पढ्न पाउनु भनेको कतिसम्म प्राकृतिक न्याय हो ? यसमा बहस आवश्यक देखिन्छ ।

दोस्रो– कानूनमा स्नातक गरिसकेपछि उसले नेपाल बार काउन्सिलको जाँच पास गरेर अधिवक्ताको लाइसेन्स पाइसकेको हुन्छ । वकिल वा न्यायाधीश बन्नका लागि एलएलएम गरिराख्न जरुरी छैन, कानूनमा स्नातक गरेर राजनीतिशास्त्र वा अन्य विषयमा स्नातकोत्तर गर्ने ढोका पनि खुल्लै छ । यो अवस्थामा एलएलएमको ढोका ‘टाइट’ गरेर वकिलहरुको गुणस्तर वृद्धि हुँदैन, किनभने एलएल.एम. नपढी राज्यले उसलाई वकिलको लाइसेन्स दिइसक्छ । अनि वकिलको लाइसेन्स पाइसकेका व्यक्तिहरुलाई एलएलएमको पढाइमा ‘इन्ट्रान्स’ नामको फलामे बार किन ? के यो कानूनको अध्ययनमा राज्यले लगाएको सिन्डिकेट होइन ?

तेस्रो प्रश्न – एकैछिनलाई मानौं, राज्यसँग बर्सेनि ६ सय युवालाई कानूनी शिक्षा दिने स्रोत–साधन भएन र यही कारणले गर्दा विद्यार्थीको संख्या घटाएर थोरै मानिसलाई मात्र शिक्षा दिनका लागि यो बार लगाइएको हो ।

तर, के राज्यसँग स्रोत साधन छैन भनेर यसरी नागरिकलाई उच्च शिक्षा लिने हकबाटै बञ्चित गर्न मिल्छ ? के यो त राणाकालीन तरिका भएन र ? के यो राज्यले एक वर्षमा ५/६ सय नागरिकलाई कानूनको उच्च शिक्षा पढाउन सक्दैन ? राज्य यतिसम्म निरीह बन्न मिल्छ ? त्रिविले कानून शंकायमा स्रोत साधन र जनशक्ति थप्ने कि उच्च शिक्षा लिनबाट बर्सेनि चार यस नागरिकलाई बञ्चित गर्दै जाने ? एलएलएमको प्रवेश परीक्षाको उद्देश्य विद्यार्थीको विधिशास्त्रबारे सामान्य ज्ञानको परीक्षण गर्ने हो या सीमित कोटा भएकाले पढ्न चाहनेहरुको ईच्छालाई नियोजन गर्ने हो ? प्रवेश परीक्षाको खास उद्देश्य के हो ?

चौथो प्रश्न– स्वयं त्रिविले राजनीतिकशास्त्र लगायत मानविकी शंकायका अन्य विधामा भर्ना हुन जाँदा प्रवेश परीक्षा लिँदैन । स्नातक गर्नुलाई नै त्रिविले मानविकी संकायको स्नातकोत्तरका लागि योग्य ठान्छ । तर, कानूनमा चाहिँ यस्तो सिन्टिकेट लगाउने गरिएको छ कि एलएलमए पढ्न चाहने ४ सय विद्यार्थी हरेक वर्ष निराश भएर फर्कन्छन् । कानूनको एलएलएम र राजनीतिशास्त्रको एमए प्रायः उस्तै विषय हुन् । किनभने, कानूनको एलएलएमले पनि वकिलको लाइसेन्स प्रदान गर्ने होइन । यो स्थितिमा राजनीतिशास्त्रमा एमए गर्दा प्रवेश परीक्षा लेख्नु नपर्ने, राज्यले जति जनालाई पनि राजनीतिशास्त्र पढाउन सक्ने, कानूनजस्तो महत्वपूर्ण शिक्षामा चाहिँ किन यस्तो छेकबार ? कानून विधा मानविकीजस्तै हो कि मेडिकल साइन्स ? किन यसमा चिकित्साशास्त्र अध्ययनमा जस्तै प्रवेश परीक्षाको भयानक बार खडा गरिँदैछ ?

पाँचौं– नेपाल नयाँ संविधानको कार्यान्वयन गर्दै नयाँ राजनीतिक संरचनामा अगाडि बढिरहेको छ । देशमा नयाँ–नयाँ कानून बनिरहेका छन् । कतिपय कानूनहरु बनाउँदै जानुपर्ने छ । नयाँ सामाजिक चुनौतीहरुको सामना कसरी गर्ने भन्ने चुनौतीहरु बढिरहेका छन् । जस्तो कि सोसल मिडियाले निम्त्याएका नयाँ खालका अपराधहरुको सामना कसरी गर्ने भन्नेबारे अध्ययन अनुसन्धानको खाँचो छ । स्थानीय तहहरुमा कानून पढेको जनशक्तिको ठूलो खाँचो छ । यस्तो स्थितिमा राज्यले ६ सय नागरिकलाई एलएलएम पढ्न दिएको भए के बिग्रन्थ्यो ? ४ सय मानिसलाई कानूनी शिक्षाको ढोकाबाट बाहिरै राख्दा राज्यलाई के लाभ हुन्छ ?

छैठौं- नयाँ संविधानले ७५३ स्थानीय तहका उपप्रमुखहरुलाई न्यायिक समितिको प्रमुखका रुपमा केही न्यायिक अधिकारहरु दिइको छ । तर, कानूनको ज्ञानको अभावमा उनीहरुले समस्या व्यहोर्दै आएका छन् । यदि उनीहरुले कानून पढ्न पाएमा स्थानीय तहसम्म जनताले न्याय पाउने बाटो खुल्छ । तर, एलएलएममा जस्तै बीएएलएलबी र एलएलबीको पढाइमा पनि राज्यले नियन्त्रणमूखी नीति लिएका कारण पाालिकाका उपप्रमुखहरुले कानून पढ्न चाहेर पनि नपाइरहेको स्थिति छ ।

हरेक वर्ष चारसय जनाले एलएलएम पढ्न पाएको भए उनीहरुले कानूनी क्षेत्रको अनुसन्धान गर्ने थिए । देश छाडेर बाहिर जानेहरु नेपालमै रोकिन्थे । भोलि उनीहरु राजनीतिमा लाग्न पनि सक्थे, जसले राजनीति सङ्लो बनाउन मद्दत नै पुग्यो । त्यसैले देशका युवा विदेशतिर लागेर कलेजहरु रित्तिँदै गएका बेला त्रिविमै बसेर कानूनको उच्चशिक्षा पढ्छु भन्ने ४ सय शिक्षित नागरिकलाई हरेक वर्ष किन पढ्ने अधिकारबाट वञ्चित गरिँदैछ ? राज्यले किन एक–डेढसय जनालाई मात्र कानूनको उच्च शिक्षा दिन्छु भनिरहेको छ ? यसको जवाफ त्रिवि, कानूनमन्त्री र प्रधानमन्त्रीले दिनुपर्छ कि पर्दैन ?

यी  तथ्यहरुका आधारमा के भन्न सकिन्छ भने एलएलमए अध्ययनका लागि प्रवेश परीक्षाको बार हटाउनुपर्छ । जति नागरिकले कानूनको उच्च शिक्षा लिन चाहन्छन् राज्यले दिनुपर्छ । एलएलएम पढेको वकिल र न्यायाशीधको संख्या बढी हुँदा राज्यलाई भार हुँदैन, सहयोग हुन्छ । यसबाट न्यायालय पनि सुध्रिन्छ, समाज र राजनीति पनि पवित्र बन्छ । समाजमा देखिएका कानूनी जटिलताहरुको समाधानमा पनि सहयोग पुग्छ । विदेशतिर ताकिरहेको शिक्षित जनशक्ति स्थानीय तहतिर फर्किन्छ । वर्षमा ५÷६ सय मानिसले कानूनमा उच्च शिक्षा लिँदा देशलाई घाटा छैन, मालामाल छ ।

हो, कुनै विद्यार्थी कमजोर छ भने उसले एलएलएम उत्तीर्ण गर्न नसक्ला । यसमा पनि केही छैन । अध्ययनका क्रममा उसले विधिशास्त्र राम्रोसित सिक्छ । राम्रो गर्न सकेन भने जाँचमा फेल गरिदिने र एलएलएमको प्रमाणपत्र नदिने अधिकार राज्यसँग छँदैछ । तर, नागरिकलाई तँ नपढ् भन्ने राणा शासनको जस्तो अधिकार यो राज्यसँग छैन । नागरिकलाई पढ्न नदिनु भनेको मौलिक हकमाथिको आक्रमण हो ।

‘तरमारा’ वर्गलाई किन चाहियो आरक्षण ?

अब अर्को बेथितिको चर्चा गरौं, आरक्षणको ।

नेपालको संविधानले समावेशिताकोसिद्धान्तलाई अवलम्बत्रन गरेको छ । र, केही निश्चित समुदायलाई सरकारी निकायमा आरक्षणको प्रवन्त्र गर्नैपर्ने बाध्यकारी प्रवन्ध छ । तर, त्रिवि कानून संकायले संविधानको यो छिद्रबाट छिरेर कर्मचारीका छोराछोरीलाई पनि विपन्न समुदाय अन्तरगत राखेर एलएलएममा तीन सिट आरक्षण तोकेका छन् । यसरी सरकारी कर्मचारीका छोराछोरीका नाममा आरक्ष तोकिनु संविधानसँग मेल नखाने देखिन्छ । बंगलादेशमा भर्खरै यस्तै ‘तरमारा आरक्षण’ का कारण शेख हसिनाको सरकारै ढलेको तीतो उदाहरण छ ।

आखिर त्रिवि प्रशासनले कर्मचारीका छोराछोरीका लागि महिला, आदिबासी, मधेसी, थारु, मुस्लिम, दुर्गम क्षेत्र र अपांगता भएको व्यक्तिसँगै घुसाएर किन आरक्षण दिएको ? के संविधानले सरकारी कर्मचारीका छोराछारीका लागि पनि आरक्षणको व्यवस्था गर्न भनेको छ ?

आम मानिसका छोराचोरीले चाहिँ पढ्छु भन्दा पनि खुल्ला प्रतिस्पर्धामा जानुपर्ने, कर्मचारीका छोराछोरीले कुन संविधान वा अवशिष्ट अधिकारमा टेकेर आरक्षण पाउने ? यो प्रश्न संविधानको मर्म, भावना र त्यसको बर्खिलापसँग जोडिएको छ ।

हेर्नुहोस् एलएलएममा त्रिविले ‘विपन्न समुदाय’का लागि छुट्याएको आरक्षण–

हुन त त्रिविका कर्मचारीहरुले तर्क गर्लान्– कर्मचारीका छोराछोरीलाई आरक्षणसम्बन्धी सिट त्रिविको ऐन नियममै टेकेर निर्धारण गरिएको हो । त्रिवि स्वायत्त निकाय भएकाले उसले यो अधिकार पाउँछ ।

तर, के आरक्षणसम्बन्धी सिटहरुको निर्धारणका लागि ०७४ सालमा त्रिविले बनाएको नियम संविधानसँग बाझिने गरी बनाउन मिल्छ ? संविधानविपरीत आरक्षण तोक्ने अधिकार त्रिविलाई छ ? शायद यस्तो प्रश्न कानूनकै शिक्षा प्रदान गर्ने जिम्मेवारी पाएको त्रिवि कानून शंकायलाई सोध्नु शायदै सुखद विषय हो ।

प्रश्न, विद्यार्थीलाई जाँच्ने या रोक्ने ?

कानून संकायले शनिबार एलएल.एम. अध्ययन गर्न चाहने विद्यार्थीलाई सोधेका वस्तुगत प्रश्नहरुको ढाँचा हेर्दा विद्यार्थीको विधिशास्त्रसम्बन्धी ज्ञानको परीक्षण गर्न चन्दा पनि कसरी झुक्याएर उनीहरुलाई रोक्न सकिन्छ भन्नेतर्फ लक्षित देखिन्छ ।

५० नम्बरको विषयगत परीक्षाबाटै विधिशास्त्रको समझ बुझ्न सकिनेमा थप ५० नम्बरको वस्तुगत प्रश्नको बार लगाएर धेरै विद्यार्थीलाई फेल गराउने नियत त्रिवि प्रशासनको प्रष्ट देखिएको छ । र, त्रिविले नेपाली युवामाथि यस्तो अन्याय वर्षौंदेखि गर्दै आइरहेको छ ।

हेर्नुहोस् ०८१ सालको एलएल.एम. प्रवेश परीक्षाको प्रश्नपत्र–

वस्तुगत प्रश्नहरु

TRIBHUVAN UNIVERSITY
Faculty of Law, Dean’s Office
LL.M. Entrance Examination-2080/2081 Tick() the correct answer into the BOX given under the Cover Page.

1. ‘The specific character of law as a means of social control’ is stated by….
a) Roscoe Pound
b) H.LA. Hart
c) Banakar
d) Joseph Raz

2. Who is well known for the propounder of liberalism?

a) J.S. Mill
b) Abraham Lincoln
c) Thomas Jefferson
d) John Lock

3. Jurimetrics technique in jurisprudence is forwarded by…

a) Eugen Ehrlich
b) 0. W. Holmes
c) Lee Loevinger
d) Karl Llewellyn

4. Which one author defined the jurisprudence as ‘A work on law may be concerned with any or all of three questions first, what is the law? Second, what ought to be law? Third, what is the history of law?
a) Alvert Vain Dicey
b) Blackstone
c) sir Henry Maine
d) F.K.V. Savigny

5. User theory of law is advanced and studied by….
a) Sociologist, Max Weber
b) Historical jurist, sir Henry Maine
c) Anthropologist, Laura Nader
d) None of the above

6. Natural Law and Natural Rights is the work of …..
a) LL Fuller
b) J.S. Mill
c) John Finis
d) Cicero

7. Relational Approach of law was best explained by…
a) Pashukanish
b) Karl Von Savigny
c) Roscoe Pound
d) Karl Marks

8. Who is well known author to advance the econornic analysis of law?
a) Ronald Coase
b) Rechard A. Posner
c) Vilfredo Pareto
d) All of the given

9. Which one jurist applied the descriptive sociology to theorize the positivist conception of law?
a) Jeremy Bentham
b) Hans Kelsen
c) Joseph Raz
d) H.L.A. Hart

10. ‘Law is and aspect of the social totality not just tail of dog’ is critique by……
a). Thompson
b) Duncan Kenned
c) Noam Chomsky
(d) Roberto M. Unger

11. Find the incorrect relevancy in the following legaischolars and about their thesis.
a) Thomas Aquinas – Law of God is practical thus binding upon all
b) Austin – constitution guarantees the fundamental right of citizan
c) Bantham- judge made law can be the source of law
d) All of the above

12. Who is the author of ‘Rights of Man’?
a) Aristotle
b) J. S. Mill
c) Immunal Kant
d) Thomas Paine

13. Idea of reason has a vital practical value which can oblige every legislator is forward by…
a) Cicero
b) Aristotle
c) Kant
d) Hegel

14. ‘Like a harlot, natural law is at the disposal of everyone is stated by jurist……
a) Aquinas
b) Alf Ross
c) Del Vecchio
d) Puffendorf

15 …theorized the idea of skepticism in jurisprudence.
a) H.L.A. Hart
b) Jeremi Bantham
c) Frierich Nietzshe
d) Jerome Frank

16. “The constitutional State’ is heavily criticized as ‘mirage’ and rejected by the Marxist jurist,
a) Friedrich Engels
b) Karl Renner
c) P. Yudin
d) Evgeny N. Pashukanis

17. The famous book by Roberto Nozick on Anarchy, State and Utopia is about to …..
a) justify the redistribution of
property
b) show the Injustice redistribution of
property
c) estabilish the welfare state
d) promot the utilitarianism

18. treated the law not as solution of the dispute it just treated as the theory of prediction.
a) Naturalism
b) Capitalism
c) Realism
d) Marxiism

19. What can be the meaning of ‘basic norm’ for Kelven in his pure theory of law?

a) Basic norm is the comand of sovereign
b) Basic norm is the law making power
c) Basic norm is the aggregate of rules
d) All of the above

20. Who is the author of ‘OF GRAMMATOLOGY ?
a) Kafka
b) Lyotard
c) Derrida
d) None of the avobe

21. Equality of resources ensures the fair choices or the basis
of market is advocated by …..
a) Robert Nozick
b) John Rawls
c) Ronald Dworkin
d) F.A. Hayek

22. The very historic book ‘A Vindication of Rights of Women’ is written by…..
a) Andrea Dworkin
b) Mary Wollstonecraft
c) catharine A. Mackinnon
d) Katherine T. Bartlett

23 H.L.A. Hart attempt to theorize on the basis of description of neutral observer is seriously critique by providing the…
a) Ronald Dworkin
b) L.L. Fuller
c) John Rawis
d) John Finnis

24. Which school of law does not prefer to study the law by linking the issues of justice?
a) Marxism
b) Realism
c) Feminism
d) positivism

25. Which theory of right explicitly advances the right of animals?
a) Will theory of right
b) Interest theory of right
c) Theories of Human
right
d) None of above

26. ‘Law and Modern Mind’ is written by….
a) St. Augustine
b) C.K. Allen
c) Hans Kelsen
d) Jerome N. Frank

27. Realists argue that the legal profession should…
a) ignore social Implications
b) Adhere strictly to tradition
c) Focus solely on legal
texts
d) Embrace interdisciplinary approaches

28. Which Marxist thinker expanded upon the idea of the law as social construct?
a) Karl Korsch
b) F.A. Hayek
c) Herbert Marcuse
d) Louis Althusser

29. Legislation is the exercise or legal poorers in creating legal rights and duties’ is stated by….
a) Bentham
b) Salmond
c) Holland
d) H.LA. Hart

30. To follow the law is to be just the cupra of
a) Immanuel Kant
b) G.W. Hegel
c) Josef Kohler
d) Gustav Radbruch

31. The Jurist who calls the theory of state sovereignty as a myth, is,
a) Jethro Brown
b) Leon Duguit
c) AV. Dicey
d) Lord Lloyd

32. Who was not in favour of codification of Law?
a) Jeremy Bentham
b) Henry Maine
c) KV Savigny
d) John Austin

33. The Jurist who is not a supporter of declaratory theory of precedent?
a) Blackstone
b) James Carter
c) Jeremy Bentham
d) O.W. Holmes

34. The jurist who do not consider International Law mere
positive morality, is,
a) Austin
b) Willoughby
c) Holland
d) Dias

35. The doctrine of prospective overruling was formulated by,
a) W. Holmes
b) B.N. Cardozo
c) X. Liewellyn
d) J. Frank

36. The predominantly secular code was/is,
a) Hammurabi Code
b) Manusmriti
c) Twelve Tables
d) Hebrew Code

37. The concept of Rule of Law is strongly opposed by.
a) Feminists
b) crist
c) Marxists
d) Post modernists

38. Which one is not a part of merits of precedent?
a) Practicability
b) certainty
c) Flexibility
d) Restrospective

39. Strong criticirer of metaphysics is
a) Axel Hegerstorm
b) Karl Olivecrona
c) Alf Ross
d) A.V. Lundstedt

40. Who is a radical feminist?
a) Mary Wollstonecraft
b) cherine Mackinnior
c) carol gilligan
d) Drucilla cornell

41. “In the whole world there can be no study to beneficial so elevating as that of the Upanishad’ is the expression of.
a) D.D. Basu
b) Yogi Naraharinath
c) Max Muller
d) 3.N.M. Tripathi

42. The jurist, who denies the existence of private right?
a) Joseph Raz
b) Lean Duguit
c) Eugen Ehrlich
d) W.N. Hohfeld

43. The jurist, who claimed jurisprudence as ‘lawyer’s extr. c) version’?
a) Wendell Holmes
b) Fredrick Pollock
c) Julius Stong
d) Jerome Frank

44 . The international aspect of sovereignty, in the relation of the state to its citizen, was worked out by…
a) Montesquieu
b) Jean Bodin
c) Hugo Grotius I
d) Machiavelli

45. Legislation and taxation are which type of functions of the state?
a) Primary Functions
b) Secondary Functions
c) Both of the above
d) None of the above

46. Which one is not maxim of interpretation?
a) Ejusdem generis
b) Expressic unius exclusion olter
c) Noscitur a socils
d) Audi aiterem porten

47. Social Solidarity and law is studies by….
a) Marx & Engeis
b) Ihering & Duguit
c) Duguit & Ehrlich
d) Durkheim & Durțuit

48. Hart described the various rules among them one is Primary rule which practically can be identified and described as…
a) Sovereign command
b) Constitution
c) Custom
d) Social Obligations

49. Which book of Aristotle describes the various iden of Justice?
a) Nicomachean Ethics
b) Politics
c) The Quest of Justice
d) All of above.

50. Kelsen claimed the pure theory of law because,
a) Law serves the fundamental objectives of society such as justice and Security
b) Law depends on command but not on any others .
c) Law satisfies the social and religion requirements.
d) Law concerns nothing about religion and politics.

विषयगत प्रश्नहरु

TRIBHUVAN UNIVERSITY
Faculty of Law Dean’s Office
Balkhu, Kathmandu
LL.M. Entrance Examination-2081
Full Marks: 50
Time: 2 Hrs. 10 min.

Students are required to answer in their own words as far as practicable.
Long Question 1X20-20
1. After the medieval period, it is considered that modern classical era is known as modernization and secularization of natural law. In this context, what is the contribution of greatest intellectual philosophers like Grotius, Hobbes, Locke and Rousseau in the period of renaissance with reference to social contract theory? Discuss
Normative jurisprudence refers to the evaluation of legal rules and legal structures on the basis of some standard of perfection and the specification of criteria for what constitutes ‘good’ law. This involves questions of what the law ought to be? Explain this statement from the critical viewpoint. FOL

2. Attempt any TWO of the following questions. 2X5-10
a) How do you access the contribution of Hans Kelsen for propounding the “Pure Theory of
Law”?
b) Discuss Hohfeld’s arrangement of jural relations representing in diagrammatic form.
c) Write core areas of the future direction of law.

3. Creative Writing (The answer must be written in English not exceeding 300 words) 1X20-20
At present, there has been a fear of the establishment of norms or a culture of corruption in our society. In general, corruption is a form of dishonesty undertaken by a person or organization entrusted with a position of authority, often to acquire illicit benefits. In the same way, it is considered that the classical view of corruption is the degradation of an individual’s ethical sense or lack of moral integrity. In our Nepalese context, it has been made numbers of constitutional and legislative measures to control corruption through Panchayat to Republican period. But no revealed positive results in this regard upto this period. In such a situation, what are the key measures that can be implemented to control corruption effectively in Nepal? Justify your answer with logical arguments.
Or
Rule of law ensures adherence to the principles of supremacy of the law or predominance of the law as opposed to the influence of arbitrary power, constitutionalism, equality before the law, accountability to the law, due process of law, separation of power, independence of judiciary and judicial review. The rule of law delivers four universal principles: accountability, just law, open government and accessible and impartial justice. Assimilating these principles, the Constitution of Nepal has guaranteed the rule of law through its preamble, fundamental rights with constitutional remedy, directive principles and state policies and various other legal provisions that have added hope for the people of limited government. The government as well as private actors are accountable…. (वाक्य छुटेको)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri