सहकारी ठगी सम्बन्धी संसदीय विशेष छानविन समितिले सार्वजनिक गरेको ११२४ पृष्ठ लामो छानविन प्रतिवेदनको पूर्णपाठले नेपालमा सहकारीको फेहरिस्थ उतारेको छ ।
प्रतिवेदनमा समस्याग्रस्त सहकारीको अवस्था र त्यसका सञ्चालकहरुका कमजोरी मात्रै केलाइएको छैन, विश्वमा सहकारीको इतिहास, नेपालमा यसको अभ्यास र इतिहाससमेत विश्लेषण गरिएको छ । साथै हालसम्म नेपालमा सहकारी समस्या र तिनको समाधानबारे भएका अध्ययनहरुको पनि प्रतिवेदनमा सिंहावलोक गरिएको छ ।
सहकारीबारे नालीबेली बुझ्न चाहने पाठक र अध्येताहरुका लागि सन्दर्भ सामग्री होस् भन्ने हेतुले हामीले सहकारीको भीमकाय प्रतिवेदनको पूर्णपाठ यहाँ प्रस्तुत गरेका छौं–