Jus Nepal
मङ्लबार, माघ १, २०८१ | January 14, 2025 |

के महिला त्यती कमजोर छन, जो पुरुष संगै यात्रा समेत गर्न आँट गर्दैनन ?

सुनिता के.सी.

सुनिता के.सी.

सुनिता के.सी. :  प्रदर्शनीमार्ग अगाडीको चिया पसलमा विदाको दिन वाहेक प्रत्येक विहान एक कप चिया मेरो दैनिकी जस्तै वनेको छ किनकी म नेपाल ल क्याम्पसको विद्यार्थी कहिले समय मिलेर नै त कहिले सरको आँखा छलेर क्लास छोडेर साथिहरुसंग चिया पिउदै गफ लगाउनुको मज्जा नै छुट्टै ।

ब्यस्त वाटो अघिको उक्त चियापसल धेरै कुराको अवलोकन गर्ने अखडा जस्तै छ । एकदिन संधै देखेको भन्दा फरक चिजमा आँखा ठोकियो, त्यो चिज थियो स्वरुपमा अरु जस्तै सामान्य गाडी तर विलकुल फरक मात्र गाडीको अघिपछी लेखिएको कन्टेन्टमा ।

उक्त गाडीका अझ नियालेर हेरे ढोकामा एउटी महिला थिइन, हातमा साना खुजुरे पैसा दोवारेर माझी अम्लाको विचवाट च्यापेको ठुलो बस भित्र तीनजना महिला वसेका अन्य सिट खाली खाली अनि वसलाई गति दिइरहेका थिए एक जाना पुरुष चालकले ।

वसको अघी लेखिएको थियो “समृद्ध महिला समृद्ध समाज” । मैले बस रोकिन, केवल अनौठो लाग्यो हेरिरहे जवसम्म त्यो त्यहाँ स्थिर रहयो । बसको पछाडी महिला मैत्री बस लेखिएको ब्यानर पनि टाँसिएको थियो, अनि समाचारमा फाट्ट फुट्ट सुनेको रमाईलो समाचार आँखै अघि आएको अनुभुति गरे ।

ति महिला जो ढोकामा औलामा पैसा च्यापेर उभिएकि थिइन, बसको सहचालका हुनुपर्छ, अनि जो चालक थिए उनि पूरुष हुन भन्नेमा विवादै थिएन तसर्थ मलाई लाग्यो ति पुरुष कित महिलाकै स्वभाव र गुण भएका हुनु पर्छ नत्र महिला मैत्रि संम्वन्धि कडा सफथ खाएको गाडी चालक वन्नको लागि ।

मैले सकारात्मक मनले सोचे यो राज्यले महिलालाई संरक्षण गर्न महिलाको वेदना र समस्यामा वगेर महिला प्रति जिम्मेवार र अभिभावकत्व प्रस्तुत गर्न लागेको होला, अनि समाजमा महिलाहरुलाई पुरुषवाट सुरक्षित गर्न खोजेको होला । यस्तै यस्तै सोचिरहदा मलाई हाँसो छुटेर आयो अनि सोच्न थाले यस्ता को होलान माहान सोच र योजनाको विकास गर्ने योजनाकारहरु र दया पनि लाग्यो तिनिहरुको पातलो दिमाग प्रतीे ।

यो नारि मुखि योजना र दृिटष्ले ममा केहि अन्तर द्वन्द सिर्जना गर्यो, अनि प्रश्नै प्रश्नको ओइरो लागे समाज, संस्कृती प्रकृती र सत्यता संग जोडिएर ।

सुरक्षित महिलाको विकल्प पुरुषवाट अलग्याउनु नै हो ?

के महिला त्यती कमजोर छन जो पुरुष संगै यात्रा समेत गर्न आँट गर्दैनन ?

के महिला पुरुषवाट मात्र प्रताडित छन र महिलाले महिलालाई शोषण अन्याय गरेका छैनन ?

के पुरुषले महिलाको हित चाहान्न ? महिलालाई सहयोग गरेको र पिडा वुझेको हुन्न र वुझ्दैनन ?

के पुरुष महिलाका दुष्मन हुन ? महिलाका लागि राक्षस हुन ?

के महिलालाई पुरुषबाट छुट्टाउँदैमा महिलामाथी हुने दुव्र्यवहारमा कमी आउँछ ?

के महिलामाथी सवारी साधनमै मात्र दुव्र्यवहार हुन्छ ?

के अव महिला पुरुष एकै रथका दुई पाङ्ग्रा हुन भन्ने उखान अर्थ हिन भएकै हो त ?

महिलापुरुष एकै रथका दुई पांग्राहुन् भने, एउटा पांग्रा नै छुट्टाएर राज्यले रथ कता पठाउन खोजेको हो ?

यो केहि हद सत्य यो पनि हो कि एउटी नारी आफनो आमाको गर्भमा (भ्रुण अवस्था), आफनै घर, बाटो, विद्यालय, काम गर्ने स्थल कहिँ पनि सुरक्षीत छैन ? के महिलामाथी हुने हिंसा र सुरक्षाको लागि महिलाहरुको छुट्टै समाज वनाउने त ?

अनि महिलाको पक्षमा चरम उदार काम गर्न खोजिएको हो भने देशका अन्य महिलाहरु खास महिला नभएर तथाकथित महिला त ? यस्तै यस्तै ।

अपराध विहिन समाजको परिकल्पना गर्न सकिन्न र समाजमा सवै ब्यक्ति अपराधि पनि हैनन, दुरब्यवहार गर्ने ब्यक्ति त्यहि अपराधी हो जो समाजको अपाच्य पात्र । यस्ता घटना पुरुषवाट मात्र नभई महिलावाट पनि हुन सक्छन तर हाम्रो समाजमा महिलावाट हुने घटना अत्यन्त न्युन छन ।

सवारी साधनमा महिला माथी हुने जति पनि दुव्र्यवहार छन्, ती खचाखचयात्रु कोचिएका कारणले बढी हुन्छन् । यदि हरेक गाडी चल्ने रुटमा गाडीको संख्या बृद्दि गर्ने र कडा रुपमा निश्चीत संख्या भन्दा बढि यात्रु चढाउन नपाईने नियम लागु गर्ने हो भने, सवै वस महिला मैत्रि मात्र नभई पुरुष मैत्रि पनि हुन्छन जहाँ पाकेट मार्ने र यात्रुलाई हुने सास्तीमा समेत कमि आउँछ ।

woman busश्रीमान श्रीमती छोराछोरी परिवार नै किनमेलमा जाँदा, फिर्कदा र आफन्त भेटघाटमा जाँदा, आउदा श्रीमान एउटा गडिमा श्रीमती अर्को गाडीमा यो गाडीको उदेश्य परिवारको अत्मियतालाई विकास गर्ने कि हामी फरक हौ भन्ने जवरजस्त सोचको विकास गर्ने ? यहाँ त पती पत्नी, दिदी भाई, दाजु वहिनी, लगायतका पवित्र सम्वन्ध हुदै संसारको सवै भन्दा ठुलो कुरा मायाँ, प्रेम हो म मेरो प्रेमिको लागि सवै त्याग्न र सम्झौता गर्न सक्छु भन्ने जोडीको मायाँ, विश्वास र त्याग समेत महिला र पुरुष (महिलाको विपक्षी) को रुपमा रुपान्तरण हुने भयो ।

हो सकाजमा समस्या हुन्छन तर समाधानमा सस्ता लोकप्रियताका नारा र ब्यवहार वस्तुगत कर्यक्रमहरु प्रभावकारी हुन्छन त्यो सोच्नुपर्ने पक्ष हो । उठेका दुई प्रश्न योजना योजना वनाउने ज्यू तपाईमा यस्ता वास्तविकता भन्दा हास्यास्पद योजना किन ? अनि तपाई त्यत्रो ओहोदामा कसरी म आफैमा आफ्नै प्रश्न ।

तपाई यो गर्नुहोस जस्ले पुरुषहरु महिला प्रती सम्वेदनशिल वनुन, महिलाको पिडा वुझुन, प्रत्येक उमेर समुहका आधारमा महिलाहरुलाई आफ्नो परिवारको सदस्यसँग तुलना गरेर मायाँ, स्नेह र सम्मान गरुन र महिलावाट पनि त्यस्तै ब्यवहार पुरुष प्रती वनोस न कि महिला पुरुषको फरक फरक समाज वनाउने होइन ।

समस्या एकातिर समाधान अर्कातिर कस्ता वन्छन नेपालमा विकास योजनाहरु ? छुवाछत गर्न हुदैन भनेर यहाँ तथाकथित दलित र तल्लो जातका मानिसलाई तालिम दिइन्छ तर ब्यवहार गर्ने पक्ष तथाकथित उपल्लो वर्ग हुन्छ ।

त्यो ब्यवहार र आचरण त उपल्लो जातमा देखिएको् हो नि खैर तल्लो जातका मानिसले गरेका हुन र छुवाछुतको ब्यवहार ? तर छुवाछुतको ब्यवहार गर्न हुन्न भनेर पिडितलाई नै तालिम प्रशिक्षण दिइन्छ अनि पनि सुधार हुन्छ त ब्यवहार नै गर्नेको आचरणमा ?

त्यस्तै महिला हिंसाका घटनामा यौन हिंसा पुरुषवाट मात्र हुने हिंसा हो भने घरेलु हिंसामा महिलाले महिला माथिनै गर्ने गरेका हिंसाका घटना पनि पुरुषको भन्दा कम छैनन ।

महिलामाथी हुने दुव्र्यवहारलाई कम गर्न ल्याईएको यो निती नितीगत रुपमा केहि प्रशंसनीय छ, यसले महिलाहरुको संरक्षणका लागी केही त पाईला चालिएको छ भन्ने सम्म पार्छ । तर, के यसले दिगो रुपमै समस्याको समाधान गर्छ त ?

वास्तबमा यसले महिला पुरुष मिलेर बस्न पर्छ भन्ने कुरामा जोड नदिई, सबै पुरुष उस्तै जंगली हुन् यिनिहरुँंग सके सम्म बच्नु पर्छ, छुट्टै, अलग्गै बस्नु पर्छ भन्ने गलत मानसिक्ताको विकास गर्छ । जबकि एउटी महिला, आफनो बाबु, दाजुभाई, पति, पुरुष मित्रको साथमा आफुलाई बढी सुरक्षित महशुस गर्छिन् भने पुरुष पनि महिलाको माया, सहयोग र सदुभावको प्यासि हुन्छ ।

यि सवै पक्षको जोड समाजमा भएका अपराध, हिंसा, दुब्र्यवहार लाई न्युन गरिनु पर्छ भन्ने नै हो, तर जडशुत्रवादी भएर होइन विकसित र समुन्नत सोच संगैको समुन्नत समाज र ब्यवहारिकता सँगै रहेर ।
प्रकृतीले सृजना गरेको अनि विज्ञानले पनि पुष्टि गरेको पक्ष महिला र पुरुष एक अर्कामा परिपुरक महिला पुरुषको लागि उत्प्रेरक पक्ष हुन भने महिलाका लागि पुरुष ।

विपरित लिङ्गी संग नजिकीन खोज्नु दुवै लिङ्गीको वास्तविक तथ्य हो जो पति पत्नी विचको मात्र संम्वन्धमा मात्र सिमित नभई कुनै पवित्र संवन्धमा समेत लागु हुन्छ जस्तोकी छोरी बुवा संग नजिक हुनु र छोरा आमा संग नजिक हुनु । जव प्रकृतिक पक्ष सिमा भन्दा वाहिर कोहि जान्छ अनि आउछ अपराध हिंसा र शोषणका कुरा ।

हामी यस्लाई नियन्त्रण गर्न र रोक्न दुवै पक्ष विच सम्वन्धविच्छेद गरेर होइन समधुरता कायम गरेर गर्न सक्छौ, अविश्वास हैन विश्वसनियता कायम गरेर गर्न सक्छौ, अप्राकृतिक प्रकृया होइन प्राकृतिक प्रकृया अवलम्वन गरेर गर्न सक्छौ, जडशुत्रवादी होइन वैज्ञानीक भएर गर्न सक्छौ, हाम्रो अभियान अव यस्तो वन्नु पर्दछ ।

एउटा घटना अझै पनि याद आउँछ । साँझ पर्न आँटेको थियो, भाईको जन्मदिन मनाउँन महाराजगंज स्थित भाटभटेनीबाट केक किनेर सामाखुसीतिर आउँदै थिए । देब्रे पट्टिवाट ओरालोे झर्दै थिएँ, वाटो सुनसान थियो अनि मात्र म हिडिरहेको, परबाट एकजना पुरुष आउँदै गरेको देखे ।

अपरिचित पुरुष सुनसान वाटोमा म मा केहि सहजता केहि डर सँगँंगै आयो । जव नजिकै पुगियो आमुन्ने सामुन्ने भईयो ठुलो बाटोमा आफनो साईड नहिँडी ती पुरुषले आएर मरो समवेदनसिल ठाउँमा समाउन पुगे, मैले एक शब्द पनि मुखबाट ननिकाली उसको हात च्याप्प समातेँ र नङगाडेर बेस्सरी कोपारी दिए ।

सेतो लामो तीन धर्सा दाग देखेको थिएँ, जसबाट केही बेर पछि खुब रगत बगेको हुन पर्छ । उसको अनुहारमा अचम्मको परिवर्तन थियो । मैले प्रतिकार गरुँला उसले सायद कल्पना पनि गरेको थिएन कि ? उसले दुखाईमा एक शब्द पनि मुखबाट निकाल्न सकेन ।

म सरासर पछाडी पनि नहेरी हिडे, डर भने त्यतिकै थियोे कतै मेरो पिछा त गरिरहेको छैन ? घर आए पछि बल्ल राम्रोसँग सास फेरे । लाग्यो महिलाले अलि अलि नड. त पाल्नै पर्ने रहेछ, तेस्तै बेलामा हतियारनै हुने, अनि पुनः सोचेँ त्यो पनि पुरुष राती राती जस्को जन्म दिन मनाउन केक किन्न आएको थिए उ पनि पुरुष ।

हो म आफै पनि पटक पटक पुरुषहरुको दुव्र्यवहारमा परेको छु । यस्तो सोच सवै पुरुषमा हुन्न र पुरुषलाई महिला माथि दुब्र्यवहार गर्ने पत्रको रुपमा वुझिनु गलत हुन्छ भने पुरुषवाट अलग्याएर सुरक्षित र समुन्नत महिलाको परिकल्पना र समुन्नत समाजको नारा लगाईएका कार्य ब्यवहारमा नै शुरु गरिएका जोक मात्र हुन जस्ले समुन्नत महिला समुन्नत समाजको नै खिल्लि उडाइरहेको छ ।

तसर्थ, महिलामात्र मैत्रीबसको सञ्चालन गर्नुको साटो महिला पुरुष दुबै मैत्री बसको व्यवथापन गर्ने तर्फ पो सोच्ने हो कि ? फेरी कुनै परुषले महिला माथी दुव्र्यवहार गर्छन् भने, महिलालाई ती पुरुषबाट छुट्टाउँदैमा त्यो पुरुष भित्रको आपराधिक मानसिकतामा परिवर्तन आउँदैन ।

अपराधी मान्छे होइन, उसको मानसिकता हो र प्रत्येक व्यक्तिकोे मानसिकता उ बस्ने समाजको उपज हो । तसर्थ, वास्तविक समश्या कहाँ र केमा छ त्यसको अध्ययन गरी महिला पुरुष दुबैको सोचमा दिर्घकालीन रुपमा परिवर्तन ल्याउने चेतनामुल कार्यक्रम ठिक होला की यस्को विकल्प ?

प्रतिक्रिया

9 responses to “के महिला त्यती कमजोर छन, जो पुरुष संगै यात्रा समेत गर्न आँट गर्दैनन ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri