एकजना साथीले भन्दै थिए : मेरो बाबु नि इन्जिनियर, छिमेकी नि इनिजनियर, साथी नि इन्जिनियर, म आफू नि इन्जिनियर सवै सवै इन्जिनियर, इन्जिनियर भनाउदो त त्यसै इन्जिनियर सवै मिलेर वनाएको घर नलडेर के टहरो लड्नु त ?
हामी सवै भूकम्प विद्, आफै भूगर्भ शास्त्री हामीलाई नै छ थाहा कतीवेला भूकम्प जान्छ अनी भूगर्भमा के भइरहेको छ लगायत अनि प्रोपोगान्डा र हल्ला गर्छौ यतिवेला सम्म खतरा छ यस्तो हुदै छ, उस्तो हुदै छ ।
हामी सवै विद्ववाननै, माहानै माहान, सवै सवललै सवल सव जना खतरै खतरा हौ तर वास्तवमै हेर्ने हो भने हामी के हौ भन्दा आफै अन्योलमा पर्छौ ।
हाम्रो समाजमा केहि नवुझने स्वाँठ विद्वानहरु जो क्षमता र योग्यताले भन्दा कसैले वनाएका विद्वान असङ्ख्य छन जस्लाई विद्ववान वनाउने र टिकाउने कतिपय शक्तिकेन्द्र र पत्रपत्रीकाको ठेक्का नै रहेको छ जसका अनुयायिहरुको पनि राम्रै जमात छ ।
वास्तवमानै योग्यता र क्षमता भएका विद्वान भनाउदाहरु समाजका निमुखा प्राणीको हैसियतमा छन । तथाकथित विद्वानहरु नत आफू केहि गर्ने हैसियत राख्दछन नत अरुले गरेको सहि कार्यको सहि मुल्याङ्कन नै गर्न सक्दछन ।
विषय हो भूकम्प पिडित र राहात तथा उद्धारको :
मन भएका मनका धनि अनी मन र धन दुवैका धनीहरु जस्को आफन्त, परिवार सुरक्षित छन, घर चर्कीएको छैन तिनिहरुको मन पारिवारिक पिडा र सम्पतिको चिन्ताले पोलेन सवै सुरक्षित छन तर तिनिहरुको मानविय मन पोलेको छ, घर नचर्कीएनी राज्य चर्कीएको छ, नेपाली छटपटाएको छ त्यसैमा तिनको मन चर्कीएको छ सकेको सहयोग, राहात उद्धारमा लागेका छन ।
कोहित परिवार आफन्त गुमाएता पनि सम्पती र अन्य चिज गुमाएता पति नेपालीको नाता लगाएर राहात र उद्धारमा लागेका छन ति उदाहरणिय मनहुन ।
हाम्रो समाज सत्य वुझदैन, मन र भावना वुझदैन सतहि सत्यता र विश्वासमा हिडाइएको समाज संधै प्रोगान्डामा नै अल्झिएको हुन्छ त्यसैमा तथाकथित विद्वानको विजय छ तिनको चैन र एैस छ हाम्रो समाजमा ।
भूकम्प पिडितलाई राहात उद्धारको लागि गाँउ गाँउमा पुगेका वास्तवमै दुःखमा कुडिएर अन्तर मनवाटनै सहयोग गर्न गएका माहान मानवलाई मान्छे नठान्ने उस्ले आफ्नो हैसियत अनुरुप गरेको सहयोगको खिल्ली उडाउने समाजको सामाजिक वास्तविकतालाई नवुझी मनै देखिका सहयोगी हातलाई हौसला हैन निरास वनाउनेहरु के वास्तवमै विद्वान हो वा सहयोगी हात वा कुन वर्गमा ??
सहयोग, राहात र उद्धारमा खटेका जो मानिसहरु जस्ले उनिहरुको कार्यलाई सामाजिक संजालमा सार्वजनिक गरे त्यो देखेर सवै जना सम्भव भए सम्मको सहयोग, राहात र उद्धारमा लाग्नुको सट्टा फेसवुक र टुइटर लगायतमा उनिहरुको खिल्ली उडाइयो । यो कार्य वास्तवमानै दुःखेका मनमा अर्काको पिडालाई पनि जोक वनाएर हँस्यौली ठट्यौली गर्ने वर्गले गरेको अर्को अघात हो ।
मैले पनि हेरेको थिए !! राहात र उद्धारमा गएका र तिनका गतिविधी अनी समाजिक सञ्जालमा सार्वजनिक गरेका तस्विर र स्टाटस उपर छुद्र टिप्पणी गर्ने वर्ग, त्यो वर्ग तथाकथित विद्वान नै थियो, उस्को सामाजिक हैसियत राम्रै भएतानी, उस्का धुपौरेहरु निक्कैको संख्यामा भएता पनि, उस्को सामान्य प्रयासमा ठुलै सहयोग हुने भएता पनि उनिहरु त्यतिवेला आफू राहात उद्धारमा लाग्ने त परैको कुरा भयो, राहात र उद्धारमा लागेकालाई हौसला प्रदान गर्ने हैन ठुलठुला दर्शन छाँट्न र उनिहरुको खिल्ली उडाउनमै ब्यस्त थिए ।
प्राकृतिक प्रकोपले वाँच्न संधर्ष गरेका जिन्दगीले कुनै दर्शन चाहेको थिएन र छैन मात्र आसा थियो र छ चरयाएको घाउमा भए मलम पट्टी, सान्त्वना र शाहास तर चुक हाल्ने काम नहोस कसैले भन्ने । अर्काको पिडामा पिडालाइनै मजाक वनाएर मोज गर्ने, पिडालाई पेशा र प्रमोसनको विषय वनाउनेहरु वास्तवमानै यस्तो वर्गको वास्तविक प्रतिनिधित्व गर्ने भनाउदा यिनको हैसियतको वारेमा वोल्दा आफ्नै वोली अपवित्र हुन्छ त्यसकारण शब्द आफै चयन गरेर वुझे ठिक होला ।
सरकारले काम गरेन प्रभावकारी भएन भनेर विपतको वाढीमा धर्ना वस्ने माहान मुर्खराज विद्ववानहरु नि यसै समाजका विद्ववान, मानविय हैसियतमा मानविय मनले कार्यगर्ने स्वच्छ मनभएका मानवको खोइरो खन्ने र मन खिन्न गराउनेहरु पनि यसै समाजका विद्ववान सवै भन्दा अन्तरिक भ्रष्टाचारमा डुवेका र विभिन्न वाहानामा साधारण मानिसलाई ठगि गर्ने संस्था र त्यस्ता कार्यका नाइकेहरु सरकारका अनुगमनकारीहरु यस्ता माहानको सम्मान गर्ने शब्द औपचारिक लेखनमा महगो पर्छ तसर्थ यो वाक्य यहि टुङ्गियो ।
सभासदलाई पाल वितरण गरेको कार्यलाई नौ रेक्टर स्केल भन्दा वढीको भूकम्प सरहको वनाएकाहरु यिनिहरुको नि समस्या हुन सक्छ भन्ने दृष्टिकोण वनाउन सक्दैनन, वितरण गर्न भनि ल्याएका पाल विक्रि वितरण गरेका, ब्यापारीका गोदाममा पाल भेटिएका विषय सामान्य ठान्दछन अनि सभासदले पाल लिए भन्ने विषय गम्भिर टिप्पणीको विषय वन्दछ । के सभासदहरुको परिवार हुन्न होला ? भूकम्पले सभासदलाई छुट सुविधा दिन्छ होला अनि वजारमा पाल किन्न पनि नपाएको अवस्थामा उनिहरुले गर्ने के हो नी ? यसमा त मलाई पुरानो रिस राग र तथाकथित विध्वताको खेती गर्नेहरुको दिमाख नफिरेको भन्ने लाग्दछ ।
कतिपय दुरगम ठाउमा पाल, खाने र वस्ने कपडा नै नपाएको अवस्था देखिएकै हो, त्यस उपर सरकार कार्य गरि राखेको भन्ने कुरा नकार्न सकिन्न प्रहरी र सेनाको अहोरात्रको खटानलाई उच्च मुल्याङ्कन गर्नै पर्दछ । तर के कतै पाल पुर्याउन सकिएन भनेर सेना, प्रहरी, कर्मचारी, सभासद, मन्त्री वा जो कोहि खुला आकाशमानै वस्नु भन्न मिल्छ ?
धेरै इन्जिनियरहरु मिलेर धेरै फुर्तीलगाएर धरहरा जस्तै वनाएको घर वस्न नमिली खुला ठाउँमा टेन्टहालेर वसेका हामी सफा र खाली चौरलाई एकै दिनमा फोहरै फोहरले भरीएको झिगा भन्किने र माहामारीको स्रोत वनाउछौ अनि गर्छौ गफः काम गर्ने तरिका भएन, गैर जिम्मेवार भो यस्तै यस्तै । आफूले गरेको फोहोर ब्यवस्थित गर्ने हैसियत नभएकालाई दुनियाका विषयमा टिप्पणी गर्ने नैतिकता हुन्छ र ? एउटा नियम छ जो संग जे छैन उस्ले त्यसवारे प्रश्न उठाउनु वेकार भन्ने । तर यहाँ जो सवैभन्दा अब्यवस्थित छ उ वढी ब्यवस्थित भएन भन्छ, जो आफुले गरेको र वनाएको फोहोर ब्यवस्थित गर्दैन उ सरसफाईको कुरा गर्दछ, जो संग इज्जत नै छैन उ नै अरुको वैइजती भयो भनेर फुक्दछ । अनि जो योजना विहिन छ त्यस्लाई चाहिन्छ विपतमा पनि भिजनरी सरकार ।
वारम्वार जिम्मेवारी पाएका भिजनरी सरकारको दावि गर्नेहरुले नेपाल भूकम्पिय जोखिमको क्षेत्र भन्ने विभिन्न छलफल गोष्ठि गर्ने त्यसवापतको रकम ल्याएर अन्यत्र कुम्ल्याउने अनि आफै भिजनरी को दावी ? कस्ले र कस्का पालमा वने धराहरा जस्ता घर ? कस्ले दिए यस्ता अनुमती अनी त्यो अनुगमन गरे र भूकम्प प्रतिरोधक संरचना वनाउने कानून वनाई मन परि गरेको हेर्ने को हो नि पुर्व भिजनरी ज्यूहरु ?
नियत खराव र खराव आचरण युक्त नेताहरु र दलहरु भएको ठाउमा सहमतीको सरकार वनाउदा के हुन्छ ? सोझो थाहा हुन्छ त्यतिवेला मिलेमातोमा आएको राहात सहयोग जनताले सुन्न र सुग्न समेत पाउने वाला छैनन । प्रतिपक्ष र सत्ता पक्ष भएकै वेलामा समेत मिले मोतोमा जनता ठगेर भ्रष्टाचार गरेका कटु सत्यलाई समाजले भुलेको छैन ।
तसर्थ सम्पूर्ण वास्तविक एवं तथाकथित माहमहीमहरु विपतमा, आपतमा शब्दको ब्यापार हैन दर्शनको फुर्ती होइन विपत समाधानमा लागौं । एउटा मिठाई किनेर दिने हैसियत भएका खुला मनलाई पनि सम्मान गर्न सिकै, हौसला प्रदान गरौ केहि समय दार्शनिक छुद्रतालाई पूणविराम दिनेकी ?
सक्यौ राहात वाँडौ, उद्धारमा लागौ नसके आहात नगरौ खुला आग्रह पिडामा छटपटिरहेका र चर्किएका मनको ।