लक्ष्मी प्रसाद मैनाली : सवैको सामान्य वुझाई छः काठमाण्डौमा के छैन ? सवथोक ! सेवा, सुविधा, अवसर, मनोरञ्जन, हाँसो, खुसी आदी आदी । वास्तवमा शहर सुविधाको केन्द्र हो वा समस्याको भन्ने विषय पनि दुविधाकै विषय वनेको छ । तर एउटा सत्य चाहि के हो भने मानीसको स्वभाव जन्य हिसावमा हेर्दा जो गाँउको जिवनमा छन तिनलाई शहरी जिवनको मोह छ भने शहरी जिवनवाट दिक्क भएकाहरुलाई गाँउ सुन्दर लाग्दछ ।
शहरी शोखको जिवन यापन गरेकाहरुलाई गाँउ रमाइलो लाग्छ तर के थाहा तिनलाई त्यहाँको वातावरण र नियमित जिन्दगीका वेथा अनि के थाहा शहरी जिवनका चुनौती र समस्या गाँउमा वस्ने र सुखि शहरी जिवनको अनुमान गर्नेलाई । काठमाण्डौ शहरलाई हेर्ने हो भने यो शहर शहरी समस्याले मात्र ग्रस्त छैन, हरेक पक्षमा रहेका अब्यवस्थित पक्षले अस्तब्यस्त नै वनेको छ ।
वैशाख १२ गतेको महाभुकम्प पश्चात त मानिसहरुले सोच्दै नसोचेका समस्या पनि उनीहरु सामु खडा भएका छन । कति ले आफ्नो सिंगो परिवारनै गुमाएका छन त कतिपय वालवालिका टुहुरा हुनुको साथै आफुलाई गाईड गर्ने व्यक्तिसमेत गुमाई एक्लो र निरासामय जिन्दगी व्यतित गर्न बाध्य वनेका छन । कतिपय लौरो र व्हिल चेयरको साहारा लिन बाध्य भएका छन । यस्तै यस्तै विकराल समस्या, प्रकृतिले दिएको सजाय भोग्दै जिवन यापन गरिरहेको छन अहिलेको यो संकटग्रस्त समयमा ।
हालसम्म महाभुकम्पमा परि ज्यान गुमाउनेहरु करिब ८ हजार ६ सय पुगेको छ । हजारौ घाईते भएका छन । हजारौ को संख्यामा वस्तीहरुनै विस्थापित भएका छन । कतिपय पिडितहरुले अझैसम्म पनि राहात को नाममा आवाश्यक आधारभुत आवाश्यताका विषयहरु समेत सरकारी तवरबाट प्राप्त गर्न सकेका छैनन । यस्तै यस्तै पिडा र तनाव मा गुज्रदैछन नेपालीहरु । त्यसैगरि पुन भुकम्प आउने त्रासले कयौ सर्वसाधारण उपत्यका वाहिर गएका छन भने यहाँ रहने अधिकांस त्रिपालको प्रयोग गरि खुला क्षेत्रमानै बस्दै आएको देखिन्छ । त्यस्तै कतिपय त अब उपत्यका फर्केरै नआउने गरि आफ्ना सामान पोको पारि, छोराछोरीको पढाईको समेत प्रवन्ध मिलाई गृह जिल्ला तर्फ प्रस्थान गरेका छन ।
आँखिर यो सव किन ? उपत्यका वास्तवमै वस्नको लागि असुरक्षित नैै हो त ? वास्तवमै काठमाण्डौं वस्नको लागि असुरक्षित नै रहेको छ यस्को जिम्मेवार कर्मचारीतन्त्र देखि लिएर अहिले सम्मको सरकारको नेतृत्त गर्दै आएका राजनीतिक दलहरु नै जिम्मवार हुन । सवै चुकेका छन यहाँ नयाँ र प्रभावकारी ढंगले निति निर्माण गर्ने र कार्यन्वयन गर्नमा । देशको मुहार फेर्ने जनतासमक्ष गरिएको कवोल केवल कवोमानै सिमित भई आफ्नो मात्रै मुहारमा परिवर्तन गरेका छन जता ततै अस्तब्यस्तता, अब्यवस्थित समस्याका चाङ विडम्वना जनता जहाँको त्यही अनि पिडामा पिल्सिने त जनताननै त हो ।
प्रभावकारी स्थिर सरकारी नेतृत्व, समयमा उचित निति निर्माण, कार्यन्वयनको, क्षमताको कदर नगरिनु, राजनितिक चलखेल, अधिकांस कार्यको ब्यवस्थित प्रणाली नहुनु जसले गर्दा अब्यवस्थित शहरिकरण र मानव निर्मीत संरचना आफ्नै लागि प्रतिउत्पादक बन्नु नै विनासकारी महाभुकम्पबाट बढी जनधनको क्षति हुनुको कारण हो ।
उपत्यकाका साँघुरा गल्लीहरु अव्यवस्थित ढंगले वनेको गगनचुम्वी भवनहरु, शहरको विचभागमा निर्माण गरिएका अपार्टमेन्टहरु व्यस्त बजारमा स्थापना गरिएका विभिन्न उद्योगधन्धाहरु तेकिएको मापदण्ड नपुर्याई बनेका सडकहरु जो कालोपत्रे गरिएको हप्ता दिन पश्चात उप्कन थाल्दछन यस्तै यस्तै यावत समस्या र ठोस कार्यनीति, सक्षम, सवल र जनताको पक्षमा उभिने नेतृत्वको अभावको कारणले गर्दा आज आएर यो विकराल स्थिति हामी सामु खडा भएको छ ।
महानगरपालिकाको गैरजिम्मेवारी र घुसखोरीमा चुर्लुम्म डुवे पश्चात कसरी हुन्छ व्यवस्थित र सुन्दर शहर काठमाण्डौं । समस्या यही हो जहाँ घर वा ठुला ठुला व्यापारिक प्रयोजनका भवनहरुको नक्सा पास गर्ने बेलामा मापदण्डमा नै रहि गर्ने र निर्माण गर्ने क्रममा धैरेजसो त्यसको विपरित गई क्षमता भन्दा ठुलो संरचना खडा गरेका कारण त्यसैको दुःखद परिणामको शिकार भएका छन । पैशा खाएर नक्सा पास गर्नेले त पेट भरे होलान तर त्यस्को दुस्पिरणाम भोग्न बाध्य बनेका छन सर्वसाधारण ।
महानगरपालीकाले आफुले वहन गर्नुपर्ने जिम्मेवारी नै पुरा गरेको देखिन्न जहाँ निर्माण कार्य हुदैछ त्यस्को अनुगमन नै छैन, मापढण्ड र प्रकृया भन्दा वढी खर्च घुसको चलखेल हुन्छ त कसरी वन्छ देश ।
अहिले जे जति क्षति भयो जे जति पुराना र ऐतिहासिक संरचनाहरु सखाप भए यि सवै कुरालाई मध्यनजर गरि अवको निर्माण र पुर्नसंरचनाको क्षेत्रमा, फरक र कठोर भई सुन्दर शहरको निर्माण लाग्नु जरुरी छ मापदण्ड भन्दा वाहिर गई वनेको संरचनालाई तत्काल मापदण्डमा ल्याउने काम गर्नुपर्नेर्छ र अवको निर्माण हुने संरचनाले तोएिको मापदण्ड पुरा नगरेमा तत्काल कारवाही गर्न समेत तयार रहनुपर्ने जरुरी छ । यसर्थ यति नगरेमा पुन समस्यानै समस्याको विचमा रहेका राजधानी शहर वन्ने छ ।
यि यावत समस्यलाई हृदयंगम गरि अबको नयाँ नेपालको निर्माणमा आम नेपालीले आफ्नो आफ्नो ठाँउबाट आफुले सकेको सहयोग गर्नु जरुरी देखिन्छ यो विपतको घडिमा सरकारले मात्रै गरिदेला भनेर निष्क्रिय भएर नवसी हातमा हात साथमा साथ मिलाई अग्रगतिमा पाईला चाल्नु अहिलेको आवाश्यता रहेको छ ।