मानव अधिकार मानिसले मानिसको रुपमा जिवनयापन गर्ने क्रममा आवाश्यक ठानेका सुविधा र सहजताका विषय हुन जसले मानिसलाई मानिसको हैसियतमा जिउन र काम गर्न सहजता सिर्जना गर्दछ ।
मानिसका सहजता र आवाश्यतना के हुन र कुन पक्षलाई मानिसले आफ्नो कार्य समय र जिवनमा महत्वपूर्ण ठान्दछ भन्ने पक्ष समाज, समय, परिवर्तन, विकास, उमेर समुह लगायतले निर्धारण गर्दछ ।
वच्चा, युवा, बृद्ध लगायतलाई जिवनयापनमा के र कुन पक्ष महत्वपूर्ण भन्ने पक्षले नि उनिहरुको चाहाना र आवाश्यताको पक्षलाई पनि उजागर गर्दछ । यसरी उमेर समुहको आधारमा बृद्धहरुलाई सहज जिवन यापन र मर्यादित जिवनयापनका सवै पक्षलाई बृद्धहरुका मानव अधिकार हुन भन्न सकिन्छ ।
राज्यले यस्ता पक्षलाई महत्व दिएको पनि हुन्छ र बिषेस सुविधा उवलब्ध गराएको पनि हुन्छ किनकी राज्य सवै नागरिकको अभिभावक हो र कुनै पनि बृद्धाले आफ्नो युवा र सक्रिय जिवनको समयमा गरेका कार्यवाट राज्यलाई प्रत्यक्ष वा अपत्यक्ष रुपमा योगदान गरेको हुन्छ । बृद्धबृद्धालाई ज्येष्ठ नागरिक, असहाय तथा अपांगलाई सामाजिक सुरक्षा प्रदान गरिनुपर्ने कुरा पनि मानव अधिकार अन्तर्गत नै पर्दछ । त्यस्तै गरि बच्चाहरुको सुरक्षा उचित स्याहार र सन्तुलित आहार पनि राज्यको चासोमा नै रहनु पर्दछ ।
स्वस्थ वच्चा राज्यको भविस्यको सम्पती, बृद्धबृद्धा वर्तमान समाज निमार्णका धोतक । तसर्थ राज्यको जिम्मेवारी सवै सँगै र समानरुपले रहनु पर्दछ । कनै पनि मानिसको सामान्य अवस्थामा शारिरिक तथा मानसिक कमजोरीपना देखा पर्ने अवस्था भएको व्यक्तिलाई अथवा ६० वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक भनिन्छ ।
नेपाल सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा ज्येष्ठ नागरिकको उमेर ६० वर्ष तोकेको छ । ज्येष्ठ नागरिकसम्बन्धी नियमावलीमा ज्येष्ठ नागरिकको उमेर ७० वर्ष र सामाजिक सुरक्षा कार्ययोजना २०६५ मा ज्येष्ठ नागरिकको उमेर ७० वर्ष तोकिएको छ । संसारमा ज्येष्ठ नागरिकको संख्या दिनप्रतिदिन बढिरहेको छ । संसारमा एकातिर जन्मदर र मृत्यदर घट्दो भएकाले ज्येष्ठ नागरिकको संख्या बढ्दो छ । नेपालमा ६० वर्षभन्दा बढी उमेर समूहका ज्येष्ठ नागरिकहरु हाम्रो कुल जनसंख्याको ९ प्रतिशत भन्दा बढी रहेका छन् ।
व्यक्ति, परिवार र समाज नै मानिसको चिनारी हो । व्यक्ति र परिवारको मुख्य आधारको रुपमा रहेका ज्येष्ठ नागरिकहरुले प्रत्येक परिवार र समुदायको जिवित इतिहाँस हुन । अहिले सामाजिक र पारिवारिक बनावट वा सम्रचनामा आइरहेको रुपान्तरणका कारण बृद्धबृद्धाहरुको हक अधिकार र तिनिहरुलाई सम्मानित जिवनयापन गर्न पहिलेको तुलनामा धेरै कठिनाइको अवस्था छ ।
अवसरको खोजीमा सन्तानहरु गाउँबाट शहर र शहरबाट कामको खोजीमा विदेशतर्फ जाने क्रम दिनदिनै बढिरहेकोले ग्रामिण भेगका ज्येष्ठ नागरिकहरुले कठोर जीवन व्यतित गरिरहेका छन् । आजको शिशु तथा युवा सबै समयको परिवर्तनसँगै ज्येष्ठ नागरिक हुदै जान्छन् । भोलीको बृद्धा आजको युवा नै हो र युवाहरु संग के जिम्मेवारी हुन्छ भने एक पक्षमा समाजको संञ्चालन र विकास अनि समाजमा रहेका सवै पक्ष प्रतिको दायित्व । बृद्धबृद्धाहरुलाई सम्मानित जिवनयापनको वातावरण सृजनागर्ने अरु कसैले नभई प्रथम तहः घर परिवारका युवा पिडीले नै हो । अनि राज्यले राज्यको दायित्वको रुपमा समेत कतिपय पक्षलाई लिनु पर्दछ ।
सन्तान आफ्नो वंसको निरन्तरताहो, प्रकृती र चरचर सृष्टिको नियम हो, र प्रकृतिले नै बृद्ध र असक्त भएको समयमा आफ्नो बुढ्यौलीको साथको रुपमा रहेको हुन्छ । जुनसुकै बाबु आमाले पनि आफ्ना सन्तानहरुलाई आफ्नो हैसियत अनुसारको शिक्षा दीक्षा दिई आफ्नो बुढेसकालको सहारा हुन्छन् भन्ने भावना राखेका हुन्छन् । आफ्ना सन्तानहरुले नै आफुलाई दुव्र्यवहार, हत्या वा अपमान गर्लान भनेर कल्पना पनि गरेका हुदैनन् ।
समाजका विभिन्न वर्ग तथा समुदायमा ज्येष्ठ नागरिकहरुको अवस्था दिनप्रतिदिन खस्कदै गएको छ । जति धेरै छोराछोरी भए पनि बुढेसकालमा साहारा दिनबाट सबै पन्छिदै आएका छन् । ज्येष्ठ नागरिकहरु आफ्नै छोराछोरीको दुव्र्यवहारको शिकार भएका छन् । उनीहरुले स्वतन्त्रतापूर्वक बस्न, खान, मनोरञ्जनका साधन प्रयोग गर्न, हिड्न समेत पाइरहेका छैनन् । मनपरेमा एक बाट अर्को छोराछोरीसँग फोनमा कुराकानी गर्न र भेटघाट गर्न समेत नदिई कठोर जीवन व्यतीत गरिरहेका कतिपय घटनाहरु हाम्रो समाजमा विद्यमान छन् । गरीब परिवारहरु र सन्तानविहीनहरुमा मात्र नभएर सम्पन्न तथा सन्तान भएकाहरुका परिवारमा समेत ज्येष्ठ नागरिकहरु अपहेलित हुने, विभिन्न किसिमका दुव्यर्वहारहरु, हत्या, अपरिचत ठाउमा छोडिदिने लगायतका घटना विद्यमान छन् ।
यस्तै विभिन्न किसिमका दुव्र्यवहारहरु सहन नसकी कतिपय ज्येष्ठ नागरिकहरु सहाराका लागि बृद्धाश्रम पुगेका, सन्तानहरुको अपहेलना तथा दुव्र्यवहार सहन नसकी विष सेवन गरि आत्महत्या गरेका छन् र कतिपय ज्येष्ठ परिवार नै नभएका कारण बृद्धाश्रममा आश्रय लिइरहेका छन् । यस्ता जनिपनि घटना भएका छन वा बृद्धबृद्धा अश्रय विहिन भएका छन यस्को कारण आर्थीक अभाव र आर्थिक गरिवि नभई सोचाइको दरिद्रता नै रहेको देखिन्छ । आर्थिक रुपले सम्पन्न परिवारका बृद्धबृद्धाहरु पनि अपहेलित र खान सम्म नपाई यातना समेत भोगेका वास्तविकता एका तिर छन भने यस्तै घटना सामान्य र गरिव परिवारमा पनि पाइन्छ ।
सँगै हेर्ने हो भने आर्थिक रुपमा कम्जो परिवारले पनि बृद्धबृद्धलाई उच्च सम्मान दिएर राखेको ब्यवाहार गरेको पाइन्छ । शारिरिक रुपमा कम्जोर असक्तहरुलाई साहार चाहिने समयमा परिवार तथा समाजबाट मायाँ, सम्मान र उचित स्याहार सम्भार पाउनुको सट्टा यिनीहरुले कष्टकर जिवन बिताउनुपरिरहेका घटना प्रसस्तै रहेका छन ।
सामाजिक सुरक्षा
नेपालको अन्तरिम संविधान, २०६३ ले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेको थियो भने घोषणा हुनलागेको संविधानले पनि यस् पक्षलाई निरन्तरता दिएको छ । नेपालमा ७० वर्ष पूरा भएका मुलुकका सबै ज्येष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता पाउने ब्यवस्था छ । त्यस्तै गरि सामाजिक रुपमा असहज परिवारिक अवस्था हुने हरु ६० वर्ष पुगेका अविवाहिता, ६० वर्ष पुगेका सम्बन्ध विच्छेदवाला महिलाले, कुनै पनि उमेर समूहका विधवाले, ६० वर्ष पुगेका सबै सूचिकृत दलित नागरिकहरुले र ६० वर्ष पुगेका सबै कर्णाली अञ्चलका नागरिकहरुले पनि यसप्रकारको सुविधा पाउने ब्यवस्था रहेको छ ।
ज्येष्ठ नागरिकसम्बन्धी महत्वपुर्ण राष्ट्रिय प्रावधानहरु
नेपालमा पनि ज्येष्ठ नागरिकहरुका आधारभूत हक अधिकारहरुको संरक्षण गरि उनीहरुलाई सम्मानपूर्वक जिवनयापन गर्नका लागि, ज्येष्ठ नागरिकहरुको उन्नति र संरक्षणका साथै सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउनका लागि तथा ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने सम्बन्धमा बनेको ऐन ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ र ज्येष्ठ नागरिकसम्बन्धी नियमावली, २०६५ जारी हुनुका साथै नेपालको अन्तरिम संविधान, २०६३ मा ज्येष्ठ नागरिकका सम्बन्धमा व्यवस्था गरिएको छ । हालको संविधानको मस्यौदामा पनि ज्येष्ठ नागरिकको अधिकारलाई मौलिक अधिकारको रुपमा समावेश गरिएको छ ।
नेपालको अन्तरिम संविधान, २०६३ मा ज्येष्ठ नागरिकका सम्बन्धमा गरिएका व्यवस्थाहरुः
नेपालको अन्तरिम संविधानले राज्यका मौलिक हक एवम् नीतिहरु सम्बन्धमा ज्येष्ठ नागरिकको हक अधिकारको व्यवस्था गरेको छ ।
सबै नागरिकहरु कानूनको दृष्टिमा समान हुने, कसैलाई पनि कानूनको संरक्षणबाट वञ्चित नगरिने । (धारा १३, १)
सामान्य कानूनको प्रयोगमा कुनै पनि नागरिकमाथि धर्म, वर्ण, लिङ्ग, जात, जाति, उत्पत्ति, भाषा वा वैचारिक आस्था वा तीमध्ये कुनै कुराको आधारमा भेदभाव नगरिने । (धारा १३,२)
राज्यले नागरिकहरुका बिच धर्म, वर्ण,, जात, जाति, लिङ्ग, उत्पत्ति, भाषा वा वैचारिक आस्था वा तीमध्ये कुनै कुराको आधारमा भेदभाव नगर्ने । (धारा १३,३)
बृद्ध, अपांग तथा अशक्त र असहाय नागरिकलाई कानूनमा व्यवस्था भएबमोजिम सामाजिक सुरक्षाको हक हुनेछ । (धारा १८, २)
राज्यले ज्येष्ठ नागरिकको संरक्षण र उन्नतिका लागि सामाजिक सुरक्षाको विशेष व्यवस्था गर्ने नीति अवलम्बन गर्नेछ । (धारा ३५, ९)
ज्येष्ठ नागरिकहरुलाई कानूनमा व्यवस्था गरी भत्ता दिने नीति अवलम्बन गर्नेछ । (धारा ३५, १७)
ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ मा ज्येष्ठ नागरिकका सम्बन्धमा गरिएका व्यवस्थाहरुः
ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह गर्नुपर्ने कर्तव्य भएको परिवारको सदस्य, नातेदार वा हकवालाले निजलाई आफूसँग राखी पालनपोषण तथा हेरचाह नगरेमा वा गर्ने व्यवस्था नगरेमा त्यस्तो ज्येष्ठ नागरिकले पालनपोषण तथा हेरचाहका लागि सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको प्रमुख समक्ष उजूरी दिन सक्नेछ ।
कसैले पनि ज्येष्ठ नागरिकलाई भिक्षा माग्न लगाउनुहुदैन ।
कुनै क्षेत्रमा विशेष योग्यता वा अनुभव हासिल गरेको ज्येष्ठ नागरिकबाट उचित पारिश्रमिक दिएर नेपाल सरकार वा प्रचलित कानून बमोजिम स्थापित संस्थाले सेवा लिन सक्नेछ ।
सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्यसेवा, धार्मिक तथा सार्वजनिक स्थलमा ज्येष्ठ नागरिकलाई आवश्यक सेवा, सुविधा र सहयोग प्रदान गर्ने गराउने ।
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि ज्येष्ठ नागरिक मात्र पक्ष वा विपक्ष भएको मुद्दालाई अदालतले प्राथमिकता दिई कारवाही र अन्तिम किनारा लगाउनुपर्ने व्यवस्था गरिएको छ ।
ज्येष्ठ नागरिकको हेरविचार, स्याहार सम्भार तथा सामाजिक सुरक्षा गर्नका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको अध्यक्षतामा केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समिती को गठन गर्ने व्यवस्था गरिएको छ । (दफा १३)
जिल्ला तहमा जिल्ला विकास समितीको सभापतिको अध्यक्षतामा जिल्ला ज्येष्ठ नागरिक कल्याण समिती गठन गर्ने व्यवस्था गरीएको छ । (दफा १५)
ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्नका लागि एक ज्येष्ठ नागरिक कल्याण कोषको स्थापना गरिनेछ ।
कुनै व्यक्ति वा नेपाल सरकार वा प्रचलिन कानून बमोजिम गठन भएको संघ संस्थाले नेपाल अधिराज्यको कुनै स्थानमा हेरचाह केन्द्रको स्थापना र सञ्चालन गर्न सक्नेछ ।
हेरचाह केन्द्रमा कुनै ज्येष्ठ नागरिकको मृत्यु भएमा त्यस्तो ज्येष्ठ नागरिकको अन्तेष्टि सामाजिक परम्परा अनुसार सम्बन्धित हेरचाह केन्द्रले गर्दछ । कानूनमा जुनसुकै कुरा लेखिएको भएपनि हेरचाह केन्द्रमा मृत्यु भएको मृतकको बाँकी सम्पत्ति सम्बन्धित हेरचाह केन्द्रको हुनेछ ।
हेरचाह केन्द्रका कुनै पनि कर्मचारीहरुले ज्येष्ठ नागरिकको सम्पत्ति लिने उद्देश्यले कुनै काम गर्नु वा गराउनुहुदैन ।
ज्येष्ठ नागरिक सम्बन्धी नियमावली, २०६५ मा ज्येष्ठ नागरिकका सम्बन्धमा गरिएका व्यवस्थाहरुः
बेवारिसे अवस्थामा फेला परेका ज्येष्ठ नागरिकलाई नजिकमा रहेको नेपाल सरकारद्धारा सञ्चालित हेरचाह केन्द्रमा राख्ने व्यवस्था गरिनेछ ।
मन्त्रालयले तोकेको नियम मार्फत ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक परिचय पत्र उपलब्ध गराईनेछ ।
नेपालको कुनै स्थानमा हेरचाह केन्द्रको स्थापना गर्न चाहने व्यक्ति वा प्रचलित कानून बमोजिम गठन भएको संघ संस्थाले स्वीकृतिका लागि संबन्धित प्रमुख जिल्ला अवधिकारी समक्ष निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।
ज्येष्ठ नागरिक कल्याण कोषको सञ्चालन केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिको सचिव र केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिले तोकेको अधिकृतस्तरको कर्मचारीको संयुक्त दस्तखतबाट हुनेछ ।
ज्येष्ठ नागरिकले दिएको उजूरी वा निवेदनउपर सम्बन्धित निकायले त्यस्तो उजूरी वा निवेदन परेको मितिले तीस दिनभित्र टुङ्गो लगाइसक्नुपर्ने व्यवस्था गरेको छ ।
हेरचाह केन्द्रले आफ्नो केन्द्रमा रहेको ज्येष्ठ नागरिकलाई वर्षको कम्तीमा एक पटक तीर्थाटन र दुई पटक विभिन्न स्थानको दृश्यावलोकन गराउने व्यवस्था गराउनुपर्नेछ ।
मन्त्रालयले हेरचाह केन्द्र र दिवा सेवा केन्द्रको व्यवस्थापनमा संलग्न पदाधिकारी तथा कर्मचारीका लागि आचारसंहिता बनाई लागु गर्नेछ ।
संविधान तथा कानूनमा जुनसुकै व्यवस्था भएपनि ज्येष्ठ नागरिकको सेवा, सुविधा र अधिकारका प्रावधान भने हालसम्म पनि कार्यान्वयन हुनसेकका छैनन् । यिनीहरुका आवश्यकतालाई अझै पनि सेवादायी र कल्याणकारी रुपमा मात्र हेर्न गरिन्छ ।
विभिन्न समूहका लागि जस्तैः महिलाका लागि “महिलाका विरुद्ध सबै किसिमका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि”, बालबालिकाका लागि “बाल अधिकार सम्बन्धी महासन्धि”, जातीय भेदभाव विरुद्ध “सबै प्रकारका जातीय भेदभावको निर्मूलन सम्बन्धी अन्तराष्ट्रिय महासन्धि” हरु पारित भएका छन् तर अहिलेसम्म ज्येष्ठ नागरिकका लागि छुट्टै कुनै महासन्धि पारित भएको छैन । ज्येष्ठ नागरिकका सम्बन्धमा अन्तराष्ट्रिय महासन्धि पारित गर्न ग्ल् तयारीमा लागि परेको छ ।
सक्षम रहुञ्जेल राष्ट्रको उत्पादन र उत्पादकत्वको लागि योगदान गरेका वरिष्ठ नागरिकहरुप्रति परिवार, समाज र राष्ट्रको दायित्व छ भन्ने सचेतना जगाउनु आजको आवश्यकता हो । आजको युग ज्ञानको युग हो । पाको भएपछि शरीर कमजोर हुन्छ भन्दैमा मानिसलाई कमजोर ठान्ने प्रवृत्तिमा सुधार गर्नु जरुरी छ । हामी हाम्रो पाठ्यक्रममा हाम्रो भविष्यबारेमा पढ्न पाउदैनौं । त्यसकारण अहिलेको प्रमुख आवश्यकता भनेको ज्येष्ठ नागरिकहरु तपाई हाम्रो आफ्नै भविष्यका ऐना हुन् भन्ने चेतना जगाउनु हो । ज्येष्ठ नागरिकको अधिकारको संरक्षण गर्दै उनीहरुका लागि संमानजनक र सुरक्षित जीवनयापनको अवसर सुनिश्चित गर्ने कार्यलाई अघि बढाउदै ज्येष्ठ नागरिकको जीवनयापनका लागि अनुकुल वातावरण सिर्जना गर्न जनचेतना तथा सुविधा बिस्तार गर्दै लैजानुपर्दछ ।