हिजो साँझ वानेश्वरमा गाडीको छत र भित्र समेत अटेस मटेस मानिसहरु थिए, गाडी मन्द गतिमा गुडिरहेको थियो । गाडी भित्र रहेका र छतमा रहेका यात्रु नारा लगाउदै थिए रन्जित रे देस छोड, मुर्दावाद र नरेन्द्र मोदी मुर्दावाद नेपाली स्वाधिनता जिन्दावाद ।
म जोर नम्वरको वाईक तेल ट्याङकीमा टन्नै भएता पनि वाइक चलाउन मन लागेन र हिड्दै पुर्व निर्धारित मिटिङ र अदालतका कार्य र अरु अघोषित कार्य समेत भ्याए । बेलुका ज्यान सारै थाकेको अवस्थामा भएता पनि, पाएको सुविधा प्रयोग गर्न नपाएको भएता पनि त्यसमा कुनै गुनासो थिएन, त्यसको मात्र एउटै कारण थियो स्वाधिनताको लडाई ।
यसको स्वाद कस्तो मिठो, यस्ले निर्माण गर्ने सम्बन्ध कति प्रगाढ, यस्को कुनै मुल्याङ्गन र तुलना नै हुन्न । यसको शक्ति कति भन्ने प्रश्नको उक्तर त्यहाँ छ, नेपालका राजनीतिक दल जो कहिलै एकले अर्कोलाई मान्दैन थिए पेशानै थियो की एकले अर्कालाई सत्तो सराप गर्ने, भए नभएका आरोप लगाउने अनि अन्तरदलिय कुरामात्र नभई दल भित्रै पनि भएका विभिन्न गुटले एकले अर्कालाई कुनै नकारात्मक ब्यवहारको हद वाँकी नराखी कार्य गर्ने तर आज दलहरु परिवर्तन भएका छन । यस एकताको अगाडी भारत नझुकेर विकल्पै छैन यो नै एकताको शक्ति हो ।
सायद भारतले नि सपनामा समेत सोचेको थिएन कि नेपालका राजनीतिक दलहरु यहाँ सम्मको सहकार्य र सहमतीमा एकजुट भएर लाग्छन भनेर अनि नेपाली जनताले पनि अनुमान गरेका थिएनन राजनीतिक दल यस्तो एकताका साथ अघि वढ्न सक्छन भनेर ।
म पहिले नेपालका नेता मार्फत गरिएका कम्जोरीलाई कोट्याउन चाहान्न र दोष पनि दिन चाहान्न किनकी त्यो परिस्थीतीमा उनिहरुका उक्त कार्यहरु इच्छा विपरितका वाध्यता थिए । त्यतिवेला एकता थिएन, राजनीतिमा संस्कार थिएन । युनिटी इज अ पावर भन्ने सिद्धान्त जो छ त्यो अहिले साकार भएको छ तर त्यस समयमा नेपालको असभ्य र खराव राजनीतिक अभ्यास र संस्कारले दल बिचको एकता थिएन, दल भित्रमानै नेताको एकता सहयोग र सद्भाव थिएन यस्तै यस्तै चुनौती थिए इच्छा विपरितका वाध्यताहरु ।
फुटाउ र शासन गर जहिले पनी शत्रु र दुष्ट मन भएकाहरुको नीतिनै हुन्छ, त्यसमा भारतको नेपाल प्रतिको यो नीति थप मलजल बनेको थियो जव सम्म दलहरु कलह र खराव संस्कारको राजनीतिवाट संकुचित थिए ।
कस्ले भन्न सक्छ नेपालमा जन्मीएर अझ त्यहि राजनीति गर्ने व्यक्तिले आफ्नो राज्य कमजोर वनाउन अनी आफ्नै राज्यको विरुद्धमा षडयन्त्र गरौ । तर त्यत्रो शक्तिका अघि एक दुई ब्यक्तिले कुनै प्रतिकार र कुनै मान्यता उठाउन सम्भव र सहज पनि थिएन ।
तसर्थ नै मन नलागेर नै कतिपय कार्य गर्न पहिले नेताहरु वाध्य थिए र गरि रहेका थिए । बर्तमान समयमा पनि जहाँ भारतको हस्तक्षेप विरुद्ध राजनीतिक तहमा खुला एकता र शक्ति बनेको छ, जनताको साथ र समर्थन रहेको छ, त्यसमा स्वच्छ त्याग र बलिदान छ । यस्तो एकताको र राष्ट्रियताको वातावरण वन्दा समेत राष्ट्रियता नबोल्ने र नझल्किनेहरु वास्तवमानै नेपालको लागि दिर्घकालीन चुनौतिहुन आफ्नै आमालाई वलात्कार गर्न तयार कपुत हुन ।
वर्तमान संविधानमा हिमाल, पाहाड, तराई लगायतका जनताहरुले खुला समर्थन, राज्य विकास र निर्माणको प्रारम्भ विन्दुको रुपमा लिएका छन, तर देखिएका केहि विरोध र अवरोधहरु किन र कहाँवाट आएका छन भन्ने विषय अलिक फरक छ ।
वास्तवमा बर्तमान संविधानमा गरिएका अधिकांश ब्यवस्था समाजमा उत्पिडनमा रहेका समुदाय र लिङ्ग केन्द्रित छ । त्यसमा पनि आदिवासी, जनजाती, थारु, महिला लगायतलाई समान र प्रतिस्पर्धी बनाउन विषेश ब्यवस्था गरिएको छ ।
समग्रमा हेर्ने हो भने यस संविधानले ब्राम्मण समुदायका मानिसलाई कुनै विषेश अधिकार प्रदान गरेको छैन । ब्राम्मण समुदायमा रहेका गरिव वर्ग जो विहान बेलुकाको छाक टार्न पनि बडो कठिन साथ जिवन गुजारा गरिरहेका छन तिनिहरु समेत जातिय पहिचानकै कारण सम्पन्न ठानिएको छ, राज्यले गरेको वेवास्ता प्रति कोहि चिन्तित रहेन भएन ।
वास्तवमा वर्तमान संविधान आदिवासी जनजाती, मधेसी, थारु लगायतको पक्षमा छ र ब्राम्मण समुदायको विपक्षमानै भने पनि हुन्छ । तर यहाँ आदीवासी जनजाती, मधेसी, थारु आन्दोलन गरिरहेका छन भने ब्रामणहरु दिपावली ।
तर पनि अन्त्यमा यो भन्न सकिन्छ कि वर्तमान परिस्थितीले नेपालको राजनीतिक नेतृत्वमा नयाँ राजनीतिक आयाम, संस्कार, अभ्यासको विकास गरेको छ, जनता र राजनीतिक नेतृत्व विच प्रगाढता कायम गरेको छ र जनतामा कमजोर बन्दै गएको राष्ट्रियता वलीयो र संगठित वनेको छ भने भारतको अब्यवाहारिक दृष्टिकोण र अब्यवाहारिक छिमेकीको भूमिकाले नेपाल मात्र नभई दक्षिण एशियामा कडा आलोचना सहनु परेको र अन्तराष्ट्रिय तहमा पनि आलोचित बनेको छ । अब यस अवस्थामा भारतले दक्षिण एशियाली राज्यहरुमा कसरी प्रस्तुत हुने र क्षेत्रिय राजनीतिलाई पनि कसरी प्रभावकारी बनाउदै लैजाने भन्नेमा सिक्न वाध्य हुने प्रकारको राम्रो पाठ पनि नेपाल सँगको वर्तमान अब्यवाहारिक प्रस्तुति बनेको छ ।