एकजना मित्रको फेसवुक भित्तामा लेखीएको थियो, “फेरी प्रश्न सोधिन थालिएका छन तपाई पहिला नेपाली कि मधेशी ? खासमा यो प्रश्नको नियत नै ठिक देख्दीन म । यदि कसैलाई सोधियो तपाई पहिला कस्को सन्तान ? आमा को या वावुको ? यो प्रश्नको उत्तर के हुन्छ ? अहिले फेरी महेन्द्रले निर्माण गरेको राष्ट्रियता उर्लिएको छ ।
स्वाभिमानको लागि उर्लिएको भावनालाई मेरो सलाम छ तर मेरो आग्रह कति मात्र हो भने यो राष्ट्रियताको जग के हो, त्यो पनि खोज्ने हो कि । अहिले सम्म निर्माण भएको राष्ट्रियताको परिभाषाले सबै नेपाली लाई राष्टवादी बन्न दिएको छ त ? सायद विपी कोइरालाले लेखेको राष्ट्रियता वारे लेख अहिले लेखिएको भए उनि पनि राष्टघाति हुन्थे होला ।”
मित्रको यो स्टाटसमा जवरदस्त टिप्पणी आईरहेका थिए कि, “तिमि नेपाली हौ भने पहिला तिमिले आफुलाई नेपाली भन्न सक्नु पर्छ । होइन भने तिम्रो राष्ट्रियताको सवालमा औँला ठडिनु स्वभाविक हो र तिमिलाई कुनै गुनासो गर्ने हक छैन ।”
“तिमि नेपाली हौ भने पहिला तिमिले आफुलाई नेपाली भन्न सक्नु पर्छ । होइन भने तिम्रो राष्ट्रियताको सवालमा औँला ठडिनु स्वभाविक हो र तिमिलाई कुनै गुनासो गर्ने हक छैन ।”
तर उग्रराष्ट्रवादी भावनाको लेप लगाएर आफुलाई मात्र राष्ट्रिय तत्व सम्झीने अनि आफु संगै एउटै माटोमा जन्मे हुर्केकालाई उसको रंग र जातिको आधारमा अराष्ट्रिय मान्ने हाम्रो समाजको राष्ट्रियताको जग कत्तिको मजबुत छ, गम्भिर भएर सोच्न आवश्यक छ ।
आज लामो समय देखी तराई मधेस आन्दोलनको चपेटामा परेको छ । चार दर्जन भन्दा बढि निर्दोश जनताहरुले दुइखाले ( काठमाण्डौँ र मधेश) सामन्तहरु बिचको सत्ता स्वार्थमा कुरा नमिल्दा पहिचान र स्वाभिमानको नाममा जिवन गुमाई सकेका छन । तर पनि नत काठमाण्डौँका समान्तले तराई मधेशको पिडा बुझ्ने प्रयास गरेको छ नत मधेशी सामान्तहरु जनतालाई सामान्य जिवनमा फर्काउन तयार छन । यद्यपी आफैँबाट तिरस्कृत भैसकेका मधेशका मसिहाहरुको नेतृत्वमा भैरहेको आन्दोलनमा किन आफ्नो ज्यानको आहुति दिदैँछन मधेशी जनता, यसतर्फ बिचार गरिनु आवश्यक छ ।
नत काठमाण्डौँका समान्तले तराई मधेशको पिडा बुझ्ने प्रयास गरेको छ नत मधेशी सामान्तहरु जनतालाई सामान्य जिवनमा फर्काउन तयार छन ।
मधेशी जनता आफ्नो पहिचान र स्वाभिमान चाहान्छन । आफ्नो नेपाली मनलाई काठमाण्डौँले जवर्जस्ती विदेशी लेपन नलाईदियोस भन्ने चाहान्छन । उनिहरु सयौँ थुङ्गा फुल मध्ये एउटा सुन्दर फुल बनेर नेपालको राष्ट्रिय स्वाभिमानलाई उच्च बनाउँदै विकास र समृद्धिमा हातेमालो गर्न चाहान्छन उनिहरुको यो नेपालीपनलाई काठमाण्डौले सहजै ग्रहण गरिदिएको भए जनता भिडाएर आफ्नो दुनो सोझ्याउन पल्केका सामन्तहरुले शिर उठाउन अनि छाति फुलाएर राट्रिय अखण्डता माथि धावा बोल्न सक्नेनै थिएनन् ।
मधेशी जनता आफ्नो पहिचान र स्वाभिमान चाहान्छन । आफ्नो नेपाली मनलाई काठमाण्डौँले जवर्जस्ती विदेशी लेपन नलाईदियोस भन्ने चाहान्छन ।
तर, यसो हुन सकिरहेको छैन । हाम्रो राष्ट्रियताको जग नै संक्रिर्णताको धरातलमा उभिएको छ । हिजो महेन्द्रकालिन समयमा जवारी कोट र नेहरु टोपी लगाएर नेपाल भित्रिएका कथित प्रजातन्त्रका हिमायति हरुको भारत परस्त व्यवहारका कारण भारतिय रहनसहन र सस्कृंति संग मिल्दा जुल्दा देखिने नेपालका मधेशी समुदायको राष्ट्रियता माथि शंका गरिन्थ्यो । तत्कालीन समयमा भारतिय भुमीबाट प्रजातन्त्रका लडाइ लडनेहरुलाई पञ्चायति शासकले अराष्ट्रिय तत्व घोषणा गरेको थियो भने भारतीय संगको भाषिक, सांस्कृतिक तथा सामाजिक समानताका कारण मधेशी समुदायलाई नागरीक नै ठानिएको थिएन । हिजोका तिनै अराष्ट्रिय तत्वहरु आज नेपालका राष्ट्रवादी शासकको रुपमा बदलिसकेका छन । तर, मधेशी पहिचान बदलिएको छैन उनिहरुको राष्ट्रियता बदलिएको छैन । आज पनि मधेशी स्वाभिमान माथिको विदेशी लेपन हटन सकेको छैन ।
हिजोका तिनै अराष्ट्रिय तत्वहरु आज नेपालका राष्ट्रवादी शासकको रुपमा बदलिसकेका छन । तर, मधेशी पहिचान बदलिएको छैन उनिहरुको राष्ट्रियता बदलिएको छैन । आज पनि मधेशी स्वाभिमान माथिको विदेशी लेपन हटन सकेको छैन ।
आज मधेशमा देखीएको जनलहर अवसरको खातिर हुदैँ हैन । अवसर (भलै त्यो मधेशी जनताको नाममा केही सामन्तले मात्र उपभोग गरेको लडाई त मधेशी जनताले पहिलो मधेश आन्दोलन बाटै जिति सकेको छ । आजको लडाई त पहिचान र स्वाभिमानको लडाई हो । यो लडाई उनिहरुको राट्रियता माथि काठमाण्डौँले गर्ने शंका मेटाउनको लागि हो ।
त्यसैले, यो लडाईलाई केही अवसरवादिहरुको सत्ता स्वार्थको रुपमा विश्लेषण गर्दै उनिहरुसंग सौदावाजि गरेर विसर्जन गराउने तर्फ राज्य अगाडि बढ्यो भने फेरी पनि मुलुकको लागि दुर्भाग्य हुनेछ । संविधान घोषणा पश्चात कार्यान्वयनको चरणमा उठेको स्वाभिमानको यो आवाजलाई काठमाण्डौँले समस्या हैन अवसरको रुपमा बुझ्न जरुरी छ ।
मधेश आन्दोलनमा दुई छुट्टा छुट्टै लक्ष्य बोकेका मानिसहरुको सहभागिता छ । एउटा तप्का जसले आन्दोलनको नेतृत्वको जस लिन चाहान्छ उसले अधिकारको नाममा अवसरको लागि आन्दोलन मच्चाई राखेको छ र आफ्नो स्वार्थ पुर्ति गर्नको निम्ति हिंसा र विदेशीको साथ खोजिरहेको छ ।
अर्कोतर्फ खेति किसानी र सामान्य दैनिकिमा रमाउने विशाल जन समुह छ, जसले मधेशीको नाममा
खेति किसानी र सामान्य दैनिकिमा रमाउने विशाल जन समुह छ, जसले मधेशीको नाममा भाग लागेका ठुला अवसरहरु कहिल्यै पाएनन् र
भाग लागेका ठुला अवसरहरु कहिल्यै पाएनन् र खोजेनन् पनि । तर, उनिहरुले खोजे त केवल नेपालि पहिचान सहितको आत्मा सम्मान र पौरख सहितको आत्मा स्वाभिमान । यहि मधेशी समुदाय हो सुस्तामा एकमुठी माटोको लागि भारत संग भिडने अनि भुकम्पले थिलथिलो बनेका पहाडका दाजु भाईलाई आफ्नो मानो काटेर चामल, त्रिपाल पठाउने ।
त्यसैले अब पनि राज्यले मधेशलाई यो दिँए र त्यो दिँए भन्दै मधेशी जनतालाई जबर्जस्ती नेपाली राष्ट्रियता घोकाउन तर्फ लाग्नु हुदैन । काठमाण्डौँबाट सामाजिक संजालमा उग्र राष्ट्रवाद देखाउने युवा पुस्ता समेतले कोही कसैलाई रङ र जातिको आधारर्मा भैया, देशी, धोति’ जस्ता शब्दले अपमान गर्नु हुँदैन ।
हिजो यो मुलुकमा मधेशीहरुलाई गरीएको अपमान अनि उनिहरुको राष्ट्रियतामाथि गरिएको शंकाले जो कोहि तराईबासीको मन आक्रोसित बनेको छ । अतः हाम्रो दुव्र्यवहारको कारण मधेशी समुदाय माथि पुगेको अपमान प्रति हामीले खुल्ला ह्रदयले माफि माग्न सक्नु पर्छ प्रत्येक नेपालीले रङ्ग र जातिको आधारमा कसैको राष्ट्रियता माथि गरिने शंका पुर्णरुपमा मेटाउन सक्नु पर्दछ । र आपसी सद्भाव तथा भातृत्वको जगमा सबैको पहिचान र स्वाभिमान भेटिने नेपाली माटो सुहाउँदो नयाँ राष्ट्रवादको विकास गर्न सक्नुपर्दछ ।
प्रत्येक नेपालीले रङ्ग र जातिको आधारमा कसैको राष्ट्रियता माथि गरिने शंका पुर्णरुपमा मेटाउन सक्नु पर्दछ ।
यसो हुन सके मात्र राष्ट्रियताको जग बलियो बन्न सक्छ । कुनै रङ्ग, जाति र भाषाको आधारमा कसैले पनि ठगिएको महशुस गर्नु पर्ने छैन । जब सम्पूर्ण नेपालिले आफुलाई सयौँ थुङ्गाफुल मध्ये एक सुन्दर फुलको रुपमा गर्व गर्न सक्ने अवस्थाको सृजना हुन्छ तव हाम्रो राष्ट्रवाद जगै देखी बलियो हुन्छ र त्यो वेला आजको युवा पुस्तामा मौलाएको खोक्रो राष्ट्रवादको “व्याक अफ इन्डिया”को ट्रेण्डको आवश्यकतानै पर्ने छैन । हिमाल पहाड र तराईको सद्भाव अनि पौरख बाटै नयाँ समृद्ध नेपालको निर्माण गर्न हामी सक्षम हुने छौँ र हाम्रो स्वाभिमान माथि कुनै विदेशीले धावा बोल्ने हिम्मत गर्ने छैन ।