Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

नव दुर्गाको पूजा गर्नुको कुनै अर्थ छैन यदी समाजमा महिलालाई अन्याय र शोषण गरिन्छ भने

Advocate Pampha Mainali

अधिबक्ता:पम्फा मैनाली

इन्धन अभाव छ, सोचेजस्तो सुविधा छैन, भनेका मान्यजन र परिवार सँग भेट हुन पाएको छैन, सोचेको जस्तो दशैको सबै परिस्थिती वनेको छैन तर पनि हिन्दुहरु, नेपालीहरुको महान चाड दशैं आएको छ, सवैमा पोहर साल भन्दा कम छैन खुसी कम छैन रमाइलो । दशैको आगमनले प्रत्येक नेपालीहरुको घर घरमा खुसीको वहार ल्याँउछ, यसपाली धेरै असहजता छन तर नि कम छैन खुसी कम छैन रमाइलो ।

लामो समय पश्चात नेपालीले आफै निर्वाचित गरेको संविधासभावाट नयाँ संविधान पाएका छन, राज्यको स्वाधिनता र स्वतन्त्रताको अनि आत्मानिर्भरताको बाटो खनेका छन र सुन्दर नेपालको भविश्यको मनचित्र तयार गरेर अधि वढिरहेका छन ।

खुला आकाशमा कतै कतै देखिएका सेता बादलका थेग्ला अनि मलीन घामका किरण जस्ले त्यसै त्यसै शक्ति प्रदान गरिरहे जस्तो, घर वरिपरि फुलेका पारिजात तथा अन्य विभिन्न प्रकारका रंगीविरगी फुलहरुले वातावरणलाई नै सुसज्जित र सुवासित तुल्याएको, मनोरमताको कुनै छैन वयान । वर्षमा एकपटक आउने दशैं त्यसमा पनि यसपालीको दशैले ले गाउँदेखि शहरसम्म नै एक प्रकारको रमाइलो लहर ल्याएको छ ।

वर्ष भर वैमनस्यता भएका मनहरु पगाल्दछ दशैले अनि पुनः आत्मियताको शुरुवात यस्ता पक्ष दशैका सुन्दरता हुन । जसले सामाजिक र पारिवारिक सद्भावलाई विकाश र कायम गरेको हुन्छ ।

चंङ्गा उडाउदै बच्चाहरु रमाएको, गरिव देखी धनी आआफ्नै गच्छेअनुसारको मिठो र राम्रो लगाएर रमाइ रमाई पिङ खेल्दा खुसिका रंङ्ग कतिनै भएको पाइन्न । यसपाली नेपालीले विनासकारी भूइचालोको मार सहनु परेको पिडा थियो त भारतको नाकावन्दीले सृजना गरेको नाकावन्दीको सास्ती आदी आदी ।अभावमा पिडा छैन, असुविधामा चिन्ता छैन तर पनि खुसि छ मन सुखि छन दिन ।

गाँउका घरहरुमा प्रत्येक घरमा दशैंको लागि लिपपोत तथा सरसफाईले चिटिक्क सिगारिएका आफ्नै शैलीका घर, नयाँ सामान र लता कपडा यस्तै यस्तै दशैको खुसि वाँड्ने पक्ष हुन । दशैंमा मन्दिर गएर पूजा गर्ने, घर सरसफाई गर्ने, घरमा आफन्तहरु जम्मा हुने, देवीको पूजा अर्चना गर्ने, विभिन्न ठाउँहरुमा भेला भएर लिङ्गे पीङ लगाउने, तास तथा अन्य विभिन्न खेलहरु खेल्ने, विशेष परिकारहरु बनाएर खाने, आफूभन्दा ठूलाबाट आशिर्वाद ग्रहण गर्र्ने तयारीमा सबै छन ।

दशैमा टिका लगाउदा दिइने आसिरवाद ।मान्यजनप्रतिको श्रद्धा नेपालीहरुको संस्कृती ठुलाको सम्मान र सानालाई माया गर्ने पक्षको ऐतिहाँसिक महत्व यस चाड संग छ । वर्ष भर वैमनस्यता भएका मनहरु पगाल्दछ दशैले अनि पुनः आत्मियताको शुरुवात यस्ता पक्ष दशैका सुन्दरता हुन । जसले सामाजिक र पारिवारिक सद्भावलाई विकाश र कायम गरेको हुन्छ ।

दशैंमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै अग्रजहरुबाट टिका, जमरा लगाएर दक्षिणा दिने गरिन्छ । शरद ऋतुको आश्विन शुक्ल प्रतिप्रदादेखि पूर्णिमा सम्म मनाइने यो दशैं पर्वले सामाजिक तथा सांस्कृतिक महत्व बोकेको छ ।

त्रेता युगमा श्रीरामले नौ दिनसम्म दुर्गा देवीको आराधना गरि दशौं दिनका दिन सीतालाई हरण गर्ने रावणको वध गरेका थिए र यसरी रावणमाथि रामले विजय गरेकाले यस दिनलाई विजयादशमी भनिएको हो भन्ने धार्मीक मान्यता एकपक्षमा रहेको पाइन्छ ।

दशैंका नौ दिन नारी शक्तिलाई पूजा गर्नुको कुनै अर्थ छैन जव की समाजमा महिलालाई अन्यया र शोषण गरिन्छ ।

यस पर्वलाई असत्यमाथि सत्यको विजय भनेर मनाउने प्रचलन रहि आएको पनि पाइन्छ । कुनै पनि चाड पर्वमा रमाइलोको नाममा अनावाश्यक खर्च गरि चाडपर्वका नाममा तडकभडक गर्नु राम्रो पक्ष होइन चाडपर्वमा पूजा गर्नु र आशिर्वाद लिनु नै ठुलो कुरा हो भन्दै संस्कारलाई सहि अभ्यास तर्फ लगाईनु उचित हुन्छ । दशैंमा अनावश्यक तडकभडक गरि दिमागलाई मानसिक तथा आर्थिक असर पार्ने काम गरि दशैंलाई दशा बनाउनु दशै भित्रको सुन्दरता हैन ।

नौ दिन सम्म नव दुर्गाको पुजा गर्ने हामी, नारीको सम्मान गर्ने, पुजा आराधना गर्ने हामी, लक्ष्मी, सरस्वती, दुर्गाका रुपमा नारीलाई शक्तिकी स्रोतको रुपमा पूजा गरेता पनि घरमा भएका जिवित दुर्गा, लक्ष्मी, भगवती, सरस्वतीरुपा महिलालाई किन दिनदिनै जिउदै जलाउछौ ? किन एसिड प्रहार गर्छौ ? किन कुटपीट, विभिन्न किसिमका दुव्र्यवहारहरु गर्दर्छौ ।

वास्तवमै नारीलाई धर्म र समाजले गर्ने व्यवहारमा आकाश जमिनको फरक छ । अतः दशैंका नौ दिन नारी शक्तिलाई पूजा गर्नुको कुनै अर्थ छैन जव की समाजमा महिलालाई अन्यया र शोषण गरिन्छ । जसरी दशैमा नारी शक्तिलाई पूजा गरिन्छ यो कुरालाई समाजमा लागु गराउन पाए कस्तो सभ्य समाजको निर्माण हून्थ्यो होला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri