Jus Nepal
मङ्लबार, माघ १, २०८१ | January 14, 2025 |

विश्व राजनीति र महिला: अराजनीतिक प्राणी देखी प्रमुख नेतृत्व सम्म

अधिवक्ता सल्लु तिवारी

अधिवक्ता सल्लु तिवारी

नेपालको मात्र नभई विश्व कै महिलाहरु २०औ शताब्दीको शुरुवातसम्म पनि दोश्रो दर्जाका नागरिक मानिन्थे । उनीहरुलाई मतदान गर्ने र राजनितिक नेतृत्व गर्ने अवसर दिइदैनथियो । युरोप मै पनि नेपोलियनले महिलालाई बच्चा जन्माउने मेसिन भनेबाट तत्कालिन सभ्य समाजमा गनिएको युरोपको तत्कालिन महिलाप्रतिको दृष्टिकोण प्रष्ट हुन्छ ।

शताब्दीको पहिलो आधा सतकसम्म महिलाहरु घरेलु दास कै रुपमा रहेका थिए । दोश्रो विश्वयुद्धपछि विस्तारै महिलाको हक अधिकारको लागि आवाज उठ्न थाल्यो । यस क्रममा फ्रान्सेली दार्शनिक सिमोन डी बौवाले नारीवादी आन्दोलनमा ठुलो भुमिका खेलेकी थिइन् । उनको ‘The second sex ‘ भन्ने पुस्तक निकै चर्चित र विचार उत्तेजक रहेको हामी सबैलाई थाहा नै छ । विश्व राजनीतिको इतिहाँस हेर्नेहो भने महिला राजनीतिका विषयवस्तु नै थिएनन, अराजनीतिक प्राणी थिए त वर्तमान समयमा विश्वका धेरै राजनीतिक नेतृत्व लिएका चलाएका छन ।

विश्व राजनीतिको इतिहाँस हेर्नेहो भने महिला राजनीतिका विषयवस्तु नै थिएनन, अराजनीतिक प्राणी थिए त वर्तमान समयमा विश्वका धेरै राजनीतिक नेतृत्व लिएका चलाएका छन ।

यसप्रकार द्धितिय विश्वयुद्ध पश्चात् उदाएको नारीवादी आन्दोलनले विस्तारै राजनितिक रुप लिई त्यसले युरोप, एशिया र अमेरिकामा नयाँ तरंगहरु ल्यायो । सोही क्रममा दक्षिण एशियामा सर्वप्रथम श्रीलंकाको सीरामायो बन्दरा नायकेले राजतितिक नेतृत्व सम्हालिन् । त्यसपछि इन्दिरा गान्धीले भारत जस्तो विशाल र क्षेत्रिय शक्ति राष्ट्रको रुपमा उदाएको राष्ट्रको कार्यकारी प्रमुख प्रधानमन्त्री पद सम्हाल्न पुगिन् । त्यसको केही समय पश्चात् बेलायतमा Conservative Party को विद्दायक Lady Margaret  Thatcher ले सफलताका साथ प्रधानमन्त्री पद सम्हाली ठुलो आर्थिक सुधार गरिन् । 

त्यसकारण उनलाई आजसम्म पनि लौह नारी ( Iron Lady) को रुपमा पुकारिन्छ । त्यस पश्चात् दक्षिण एशियामा महिलाको राजनैतिक नेतृत्वको बाढी नै आएको मानिन्छ । वेनेजिर भुट्टो, शेख हसिना बाजेद,चन्द्रिका बन्दरा नायके कुमारातुगां देखि भारतको प्रथम महिला राष्ट्रपति प्रतिभा पाटेल समेत सबै दक्षिण एशियाकै राजनैतिक नेतृत्वहरु हुन ।

हालसालै संसारकै राजनैतिक नेतृत्व विस्तारै महिला वर्गले सम्हाल्दै आएका छन । जर्मन चान्सलर एन्जीला मार्केल जर्मनको मात्र नेतृ नभई पुरै युरोपको De-facto नेतृत्वको रुपमा उदाएकी छन । उता ल्याटिन अमेरिकामा ब्राजिलियन राष्ट्रपति डिलसा रुसुफको क्षेत्रिय दबदबा बडेकै देखिन्छ । पूर्वी एशियामा दक्षिण कोरियाली राष्ट्रपति र्पाक हुईले पनि सफल नेतृत्व गरेको देखिन्छ । अमेरिकामा पनि भावी नेतृत्वको लागि डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टन प्रतिस्पर्धामा उत्रिएकी छिन ।

त्यसैगरी आउदो २०७३ साल वैशाखबाट नेपाली न्यायलयको सुशिला कार्कीले गर्दैछिन । यो अवसर नेपाली महिलाको लागि मात्र नभई सम्भवत विश्वकै महिलाको लागि पहिलो हो ।

यसै माहोलमा नेपालमा पनि माहिला नेतृत्व सर्वत्र उदाएको देखिन्छ । भर्खरै संसदको सभामुखमा रोल्पाकी ओनसरी घर्ती मगरले नेतृत्व सम्हालेकी छिन । त्यसैगरी राष्ट्र प्रमुख पदमा विद्या देवि भण्डारीले निर्वाचन लडी ३२७ मत प्राप्त गरी विजयी भएकी छिन । उनको जितले समग्र नेपाली महिलाहरुको राजनैतिक, आर्थिक र सामाजिक उन्नतिको र्माग प्रशस्त गरेको छ । यो जितले सम्पुर्ण नेपाली महिलामा हर्ष र खुशी मात्र हैन कि लागि परे जे पनि गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाएको छ ।

त्यसैगरी आउदो २०७३ साल वैशाखबाट नेपाली न्यायलयको सुशिला कार्कीले गर्दैछिन । यो अवसर नेपाली महिलाको लागि मात्र नभई सम्भवत विश्वकै महिलाको लागि पहिलो हो । नेपाली महिलाहरुले अर्को दुर्लभ सु–अवसरलाई स्वागत गर्न तम्तयार भएर बस्न पाउनु थप खुशीको कुरा हो ।

भोजपुर जिल्लाको माने भञ्ज्याङमा जन्मिई विभिन्न राजनितिक आरोह अवरोहमा खरो उत्रदै आउनु भएकी विद्या भण्डारीको जितलाई लिएर केही परम्परागत सोच र लैंगिक पुर्वाग्रहले ग्रसित विचारहरु सतहमा आएका छन । त्यस्ता सोच र विचारहरु समयको अन्तरालसगै विस्तारै हराउदै गई उनीहरु कै घर परिवारमा एकदिन बुहारी चेलीहरु उन्मुक्त हुन र सार्वजनिक क्षेत्रमा खुलेर आउने छन । इला, पिंगलाको राज्य भनी असन्तोष पोखी पुरुषवादी पुर्वाग्रही विचार पोख्नुको कुनै अर्थ छैन ।

बगंलादेश र पाकिस्तानमा पनि शेख हसिना बाजेद र बेनेजिर भुट्टो प्रधानमन्त्री बन्दा कट्टरपन्थी मुल्लाहहरुले एक छाक खानै छोडेको दृष्टान्त ताजै छ । त्यस्तै हाम्रा पुर्वाग्रही सोच भएकरुले पनि त्यही प्रवृत्ति नदोहोराउन उपयुक्त होला ।

बगंलादेश र पाकिस्तानमा पनि शेख हसिना बाजेद र बेनेजिर भुट्टो प्रधानमन्त्री बन्दा कट्टरपन्थी मुल्लाहहरुले एक छाक खानै छोडेको दृष्टान्त ताजै छ ।

किनभने विद्या भण्डारीको जित एउटा प्रगतिशिल कदम हो जसले अहिले असन्तुष्टी व्यक्त गर्ने मानिसहरु कै बुहारी चेलीलाई पनि मनभित्र एउटा खुशी, गर्व र केही गर्न सकिन्छ भन्ने आत्मविश्वाश पैदा गराइदिएको छ जसलाई देख्न सक्नु र नसक्नुमा सकारात्मक र नकारात्मक सोच मात्रै कारक छ ।बगंलादेश र पाकिस्तानमा पनि शेख हसिना बाजेद र बेनेजिर भुट्टो प्रधानमन्त्री बन्दा कट्टरपन्थी मुल्लाहहरुले एक छाक खानै छोडेको दृष्टान्त ताजै छ ।

पुर्विय समाज र सभ्यतालाई पनि हेर्ने र हाम्रो समाजले अंगिकार गरेको धार्मिक मान्यता लगायतको पक्षवाट पनि हेर्नेहो भने महिलाहरुको अवस्था सम्मान जनक नै छ । हिन्दु धर्म शास्त्र र यसले महिलाहरुलाई शक्तिको स्रोत र देविको रुपमा सम्मान गर्ने गरेको नै छ ।

हाम्रो समाजिक मान्यता अनुरुप र पुरानो मान्यता र अभ्यासका आधारमा महिलार पुरुषलाई समाजले प्रदान गरेका सामाजिक र संस्कृतिक जिम्मेवारिहरु पनि वर्तमान समाजको विकाश र कामहरुको स्वरुपमा परिवर्तन र विकाश संगै परिवर्तन भएको पाइन्छ । जसमा हाम्रो समाजका पुरुषहरुले पनि महिलाहरुलाई रुपान्तरित रुपमा विश्व समाजमा र हाम्रै समाजमा समेत रहेको पुरुष हैकमवादी अभ्यास र अवस्था भन्दा माथिनै उठेर समान हैसियतमा कार्यगर्ने अवसर र सहजता प्रदान गरेको पक्ष पनि त्यतिकै महत्वपुर्ण छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri