Jus Nepal
मङ्लबार, माघ १, २०८१ | January 14, 2025 |

कर्णाली र सप्तकोशी फुत्किने हो भने नेपाल जलश्रोतको धनि हैन कंगाल बन्नेछ

नेपालको उर्जा उत्पादन शक्तिको २ तिहाइ भाग कर्णाली र सप्तकोशी बेसिनले ओगटेको छ । यी दुइ बेसिन बिद्युत उर्जा उत्पादनको निम्ति भारतले आँखा लगाउनुको प्रमुख कारण यहि हो । यी दुइ बेसिन हाम्रो हातबाट फुत्किने हो भने नेपाल जलश्रोतको धनि हैन कंगाल मुलुक बन्नेछ ।

हाम्रा शासक प्रशासकका मगजमा यी बिषय प्रवेश गरेका छन् कि छैनन् होला मलाइ थाहा भएन, तर मोदीले नेपालको संसदमा पानि र बिजुली किन्छु भन्ने देखि बिहारको चुनावमा पटक पटक उठाएको बिषय छ “नेपालको पानि र बिजुली ल्याएर भारतको युपी बिहार सिंचाई तथा बिजुली उपलब्ध गराउछु ।”र मधेश आन्दोलनको नाममा आज जे भैरहेको छ यसको अंतर्यको बिषय यहि हो, नाकाबन्दीको चुरो कुरा पनि यहि हो ।

अब ग्यास र पेट्रोल भारतबाटै चाहियो, अहिले उत्तिखेर सहज चाहियो, खोक्रो रास्ट्रबाद चाहिएन भन्नेहरुको रास्ट्रबादि लडाइ के मा छरु प्रश्न गम्भीर छ ।

मधेशी जनता मोहरा बनाएको छ मोदीले, मधेशी जमिन्दार कुर्सिको लडाइमा छन्,।  नेपाल रास्ट्रको अस्मिता, स्वाभिमान, आत्म सम्मान मात्र हैन, श्रोत साधन समेत जोखिममा परेको छ ।

यो लडाई चानचुने लडाई होइन, अहिले भारतको इशारामा मधेशमा जे भएको छ त्यसले सार्थकता पाउने हो भने मधेशी जनताका खेत पटपटि फुटेका हुनेछन, तिनका झुपडी अन्धकारमा हुनेछ । बिहार झिलिमिली र हराभरा हुनेछ । कोशी बाँधमा देखिने तस्विर हेर्दा कुन नेपालीको मन रुदैनरुरु हजारौ बिघा नेपालि जग्गामा पानि घांश उम्रेको छ, बर्षामा हाम्रा खेतमा कोशीको भेल छोड्छ र खेति वस्ती डुबाउछ, बिहारमा सिंचाई । ekoshi.com

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri