कुनै समयमा बोकाहा भनेर चिनिने र ब्यवसाय गर्ने वर्तमान समयका कानून ब्यवसायीमा केही अन्तर छैन भन्दा अत्युक्ती नहोला ।
बोकाहा नेपालमा कानून ब्यवसायको इतिहाँसको शुरुवातको समयमा कानून ब्यवसायीलाई परिचय गराउने शब्द थियो । जोबेलामा कानून ब्यवसायी बन्नको लागी कुनै ठुलो मिहेनत गर्नुपर्ने वा पढेर प्रमाणपत्र लिनु वा विज्ञता हाँसिल गर्नु पर्दैन थियो । सामान्य निवेदनमा टिकट टाँस गरी विन्ती गरेमा वहस गर्ने हैसियत हुने चलन पनि थियो, तर वर्तमान समयका हामी विश्वविद्यालयवाट उत्पादन गरिएका कानून ब्यवसायी हौ ।
त्यस समयका कानून ब्यवसाय गर्ने ब्यवसायीलाई बोकाहा भनिन्थ्यो, सिम्पल कारण यो थियोकी कानून ब्यवसायीको काम झगडीयाका मुद्दा बोक्ने थियो वा मुद्दा बोक्ने भएका कारण नै पाएको उपाधी हो । त्यस्तै मुद्दाका पक्षलाई त्यसवेला झगडिया भनिन्थ्यो, मतलव मुद्दाका पक्षको काम र पहिचान भनेको झगडा गर्ने र अदालत आउने भन्ने सामान्य बुझाई थियो ।
समय परिवर्तन भएको छ अदालतमा झगडा गर्ने र गर्न आउने होइन, अन्याय पर्नेहरु न्याय प्राप्तीका लागी आउने हो । अदालतमा आउनेहरु झगडा गर्नेहरु वा झगडियाको रुपमा चिनिदैनन अहिले न्याय प्राप्तिको प्रकृयाका लागि आएका अधिकार बुझेका सचेत नागरिक हुन ।
बर्तमान समयमा बोकाहाकै भूमिकाकोे सन्दर्भलाई जोड्ने हो भने कानून ब्यवसायीमात्र होइन विचौलिया र अन्य पक्ष पनि छन भन्ने कुरालाई पनि विभिन्न समयका कानून ब्यवसायी र न्यायधिसहरुका संम्मेलनका निश्कर्षलाई अध्ययन गर्ने हो भने स्पस्ट नै जस्तो देखिन्छ ।
हामीमा पुरानो पन अथावत छ, संस्कार र नेतृत्वको प्रयोग र दुरुपयोगमा कुनै अन्तर छैन, कानून ब्यवसायीलाई सामाजिक स्तरमा हुने र पाउनु पर्ने सम्मानको खिल्ली उडेको यस अवस्थामा मैले अहाँ भनेको छु: कुनै समयमा बोकाहा भनेर चिनिने र ब्यवसाय गर्ने वर्तमान समयका कानून ब्यवसायीमा केही अन्तर छैन भन्दा अत्युक्ती नहोला । के वार डे को दिन यसप्रकारको कार्यको शुरुवात गर्न सक्दैन नेपाल वारले ? जवाफको प्रतिक्ष रहिनै रहने छ ।
खैर, यो पक्ष जे भएता पनि कुनै समयका बोकाहा र बर्तमानका कानून ब्यवसायीमा अन्तर के त ? यो प्रश्नको अन्नयोल पूर्ण छलफलको निर्कयोल पूर्ण जवाफको खोजी कानून ब्यवसायीले नै गर्नुपर्ने वेला आएको छ ।
नेपालको संविधान घोषणा संगै प्राविधक, राजनीतिक, कुटनीतिक वा अन्य कुनै कारण हुन, घोषणा गरिएको संविधान उपर विमती राख्दै तराई मधेसमा एक समुदायले आन्दोलन चलाई रहेको छ । उक्त आन्दोलनमा संलग्न भई आन्दोलन गर्ने क्रममा झडपमा परि मृत्यु भएकाका परिवारलाई जिज्ञासा राख्दा धेरैलाई नेपालको प्रधानमन्त्रीको नाम समेत थाहा नभएको प्रसंग पनि आएको छ ।
मतलव तराईमा संविधानको असन्तुष्टिमा उठाईएको आन्दोलनको विषय वस्तु के हो र के का लागि भन्ने आन्दोलनमा संलग्न धेरैलाई थाहानै छैन भन्ने सहज अनुमानको विषय हो ।
मधेसमा रहेका वर्तमान समयमा आन्दोलनरत पक्षमात्र होइन अधिकांश जनताहरु जो आन्दोलनमा छैनन तिनिहरु पनि संविधान वुझेर अधिकार संम्पन्न छु भन्ने लागेर आन्दोलनमा नआएको भने हुदै होइन । फरक यतीमात्र हो, अनविज्ञताको अवस्थामा भ्रमको खेती कहाँ भयो र कहाँ भएन ?
मतलव यी सवै भूमिकाको पछाडी र राज्को संविधान धोषणा गर्ने तर संविधानमा के छ भनेर पढ्न मन लागेर नागरिकले पढ्न चाहेमा किन्न समेत पुग्नेगरी नछपाउने सरकारको आलोचनाको पक्ष एकठाउँमा होला तर वर्तमान कानून ब्यवसायी बोकाहा कानून ब्यवसायी होइनन र हुनु हुदैन थियो भन्ने हो, जस्ले पक्षको मुद्दा वोक्ने खेपलाउने काम गर्दथ्यो भन्ने आधार र पहिचन वोक्दछ ।
कानून ब्यवसाय सेवामुलक पेशा हो, वर्तमान समयमा कानून ब्यवसायी र न्यायधिसलाई समाजको प्रतिनिधीको रुपमा चिनिन्छ र भनिन्छ : “Lawyer and Judges are real representative of society” यो बुझाई सार्थक भएको छ वा छैन र छैन भने के हामी वर्तमान बुझाई अनुरुपका कानून ब्यवसायी बन्न आवाश्यक छैन त ?
अझ स्पस्ट पर्दै जाने हो भने कानून ब्यवसायीहरुको छाता संगठन नेपाल वार एशोसिएसन र यसको माताहतमा देशब्यापी रुपमा रहेका जिल्ला र पुनरावेदन वार छन । वारएशोसिएसन अन्र्तरगत कयौ कानून ब्यवसायीहरु आवद्ध छन, प्रत्येक वारहरुमा कार्यसमिती र नेपाल वार एशोसिएसन छ संम्पूर्ण वार र कानून ब्यवसायी हरुको छाता संगठनको रुपमा ।
नेपाल वारएशोसिएसनले आव्हान गर्ने हो भने कुन जिल्ला र पुनरावेदन वारले अस्विकार गर्लान र कुन कानून ब्यवसायीले ठिक हैन भन्छन होला ? धोषणा भएको संविधान शिक्षा जनचेतना कार्यक्रम संचालन गरौ भन्दा । मलाई लाग्छ राज्यका लागि यती योगदान गर्न इच्छा र संकल्प नभएको कानून ब्यवसायी खासै छैनन । हामी राज्यको औपचारीक संविधानको प्रचारक वन्नमा कुनै लाज मान्नु पर्ने र धकाउनु पर्ने पक्ष पनि छैन । म तयार छु राज्यलाई यसप्रकारको सहयोग गर्नमा र लाग्छ अरु धेरै म भन्दा फरक छैनन ।
अझ स्पस्ट पारौ नेतृत्व के को लागी बनाइन्छ ? के अवसर र स्वार्थको लागि मात्र हो ? नेतृत्व प्रभावकारी योजना तर्जुमा र त्यसको कार्यन्वयनको औपचारीक सवरुप भनिन्छ, के नेतृत्वलाई प्रोफायल वनाउने र निहित गतिविधी गर्ने साधनको रुपमा प्रयोग गर्न मिल्छ, गर्नु हुन्छ ? कानून ब्यवसायीको नेतृत्व कानून ब्यवसायीको संगठन कानुन ब्यवसायको हक हितमा सिमित हुन आवाश्यक छैन, किनकी कानून ब्यवसायी आफै आर्काको हक अधिकारको वकालत गरेर हिडेको नियमित जिन्दगी हो, तसर्थ समजकेन्द्रित हुन आवाश्यक छ ।
वर्तमान समयमा वारएशोसिएसनका भूमिकाहरु, पार्टीप्यालेसमा खाजा नास्ता र मोजमस्तीमा सिमित हुनु हुदैन । मोरो ब्याक्तिगत घोषणा वारले संविधान शिक्षाकोलागि परिचालन गर्ने कार्यक्रम ल्याएमा उक्त कार्यक्रमलाई सफल पार्नै एक अभिआनता वन्ने छु । कानून ब्यवसायीहरुको नेतृत्वले प्रोफायल वनाउन, अन्य गतिविधी र संकुचित तहभन्दा माथि उठी समाजलाई सोचोस सामाजलाई यहि हो अन्तिक एक वाक्यमा सार ।
हामीमा पुरानो पन अथावत छ, संस्कार र नेतृत्वको प्रयोग र दुरुपयोगमा कुनै अन्तर छैन, कानून ब्यवसायीलाई सामाजिक स्तरमा हुने र पाउनु पर्ने सम्मानको खिल्ली उडेको यस अवस्थामा मैले अहाँ भनेको छु: कुनै समयमा बोकाहा भनेर चिनिने र ब्यवसाय गर्ने वर्तमान समयका कानून ब्यवसायीमा केही अन्तर छैन भन्दा अत्युक्ती नहोला । के वार डे को दिन यसप्रकारको कार्यको शुरुवात गर्न सक्दैन नेपाल वारले ? जवाफको प्रतिक्ष रहिनै रहने छ ।
नेताले सहि नेतृत्व प्रदान गरे त्यसै अनुरुपको जिम्मेवारीता, परिपक्वता, सार्थकता प्रतेक ठाउमा मिल्दछ । तसर्थ नेतृत्वलाई कानून ब्यवसायीको अनुरोध हामी बोकाहा होइन कानून ब्यवसायी वन्न चाहान्छौ ।