हरिप्रसाद मैनाली, अधिवक्ता
मनिसको रुपमा जन्मिएकै आधारमा हामी ब्यक्ति होइनौ । सबै मानिस ब्यक्ति हैनन् तर सवै ब्यक्ति मानिस भने हुन् । योे कानूनले गरेको परिभाषा र ब्यवहार हो, र विश्वमा नै हुने गरेको कानूनी अभ्यास पनि यही नै हो । नेपालमा पनि कानुनका दृष्टिमा मान्छेबाट जैविक जन्म भएकाकै आधारमा कोही व्यक्ति हुन सक्तैन । हुन लागेको निर्वाचन र सहभगिताको सन्दर्भमा हामीले म अफू ब्यक्ति हो वा होइन ? मानिस मात्र हो वा व्यक्ति पनि ? भन्ने कुरा वुझ्ने वेला आएको छ ।
कानूको परिभाषाले भन्छ प्रकृतिक व्यक्ति बन्नको लागि मानिसमा काुननी हक अधिकार र उपभोग गर्ने र दायित्व वहन गर्ने क्षमता अनिवार्य छ । प्रत्येक नागरिकलाई सम्वन्धित राज्यले राज्यको संविधान वा अन्य कानून मार्फत हक, अधिकार र दायित्वहरु प्रदान गरेका हुन्छन । प्रत्येक नागरिकले राज्यको कानून वुझ्न अनिवार्य छ र कानूनले प्रदान गरेको हक, अधिकारलाई उपभोग गर्ने र कानूनी दायित्व वहन गर्न सक्ने क्षमता हुनु पर्दछ र यो सवै व्यक्तिमा हुनै पर्दछ तब मात्र त्यो मानिस व्यक्ती हो । जोसंग यस्तो क्षमता हुन्न कानूनले त्यस्ता मानिसलाई व्यक्ति मान्दैन । ब्यक्ती वन्नका लागि मानिससंग राज्यले प्रदनगरेका हक अधिकार र दायित्व पालन र वहन गर्ने सक्षमता हुन अनिवार्य हुन्छ ।
प्रसंग हो आसन्न संविधान सभाको उपनिर्वाचन, जनताको मताधिकार र यसका सिलशिलामा पैसाले मत किन्ने, भोजभतेर अयोजना गरेर प्रभावित वनाउने, गलत आश्वासन देखाएर, डरधक धम्की लगायतबाट कसैलाई मत हाल्न लगाउने वा वाध्य गराउने हाम्रा राजनीतिक दलहरुको गलत राजनीतिक संस्कार र कार्यलाई तिरस्कार नगरी यस्तै आधारमा मतहाल्ने मतदताको कार्य । नेपालमा हुदैआएका विभिन्न निर्वाचनको विश्लेषण गर्दा मत किन्ने, भोजभतेर लगउने गरेका प्रसं¨ खुलरुपमा नै चर्चामा आएका छन् । यो निर्वाचनका सन्दर्भमा हामी व्यक्ति हो वा होइन भन्ने छुट्याउने आधार भनेकै यिनै विषय हुन् ।
हामी राज्यको संविधन निर्माण गर्ने र राज्यको कानून समेत निर्माण गर्ने संविधान सभा र ब्यवस्थापिका संसदको एकै पटक हुने निर्वचनको संघारमा आएका छौं । संविधन सभाको निर्वाचनमा हामीलाई प्रदन गरिएको मताधिकर राज्यले हमिलाई आफ्नो देशको संविधन निर्माण गर्ने र राज्यको आवाश्यक कानून निर्मँण गर्ने संस्थाको गठन गर्ने अधिकार हो । हामी मतदान मार्फत हाम्रो सर्वभौमिक अधिकरको प्रयोग गर्दैछांै र राज्यको लागि सबैलाई समेट्न सक्ने, स्थिर र उपयुक्त संविधन निर्माण गर्न सक्ने प्रतिनिधिलई प्रत्यक्ष मतदान प्रणलीमा र उपयुक्त राजनीतिक दलालाई समानुपातिक प्रणलीमा निर्वाचित गर्ने अधिकर हामीमा रहेको छ । कानूनले अधिकार प्रदान गर्दा राज्यले हामी नागरिकमा गरेकाको विश्वास आफ्नो राज्यको संविधान निर्माण गर्ने सभाको गठन गर्न सही प्रतिनिधी र राजनीतिक दलको चयन गर्न जनता सक्षम छन र आफ्नो क्षमता र विवेकको सही ढंगले प्रयोग गर्दछन् भन्ने नै हो ।
मत बेच्ने वा पैसा पाएको भरमा मतहाल्ने मानिस राज्यले प्रदन गरेको कानुनी अधिार प्रयोग गर्न असक्षम हो त्यसकारण त्यो मानिस मानिस हो तर ब्यक्ति होइन भने पैसामा र भोज भतेरमा मत लिन खोज्ने राजनीतिक दल भनिएकाहरु राजनीतिक दल नभएर राजनीतिक दलाल मात्र हुन् । यस्तो प्रलोभनमा पार्न खोज्नेलाई केहि लिए वापत मतदान गर्न तयार हुनु भनेको आफुनो अधिकारलाई वुझ्ने क्षमता नभई कुनै वस्तु वा जनावार जस्तै विक्रि हन तयार हुनु हो । जनावरहरुले जस्तै अपराध गरेता पनि सजाय गरिन्न र ब्याक्ती वन्ने योग्यता नभएका मानिसलाई पनि तिनै जनावार जस्तै दण्डमा छुट हुन्छ । उनिहरुलाई यस्तो ब्यवाहार गर्नु सुविधा नभई तिनिहरुलाई ब्यक्ती नमान्नुनै हो । यस्तो प्रकारको राजनीतिक दलालकै पछि लागेर हामी आफू गैर व्यक्ति बन्ने वा राजनीतिक दलका दलालिका सामग्री वन्ने ? यो विषय हाम्रै हातको कुरा हो । वास्तवमा राजनीतिक दलले आफ्नो रजनीतिक विचारधारा कार्य पद्धति निर्वाचनको उद्देश्य र उक्त उद्देश्य प्राप्तीको लागि आफ्नो पार्टीले लिएका कार्यदिशा लगायतको जनता समक्ष जनकारी गराई यस्कै लोकप्रियताको आधारमा जनतासमक्षको हैसियत वनाउनु पर्ने हो तर यस्को विपरित जनताको वहुमसल्य अधिकारलाई किनमेलको लेखाजोखा गर्नु दलले जनतालाई जनावरको मुल्याङ्कन गर्नु हो ।
नेपालको अन्तरिम संविधन २०६३ को प्रस्तावनामै र धारा २ ले नेपालको सार्वभौमिकता र राजकीय सत्ता नेपाली जनतामा निहीत रहने छ भन्ने व्यवस्था गरेको छ । यो राजकीय सत्ताको अधिकार जनताले पैसा र भोजभतेरमा प्रभावित भएर प्रयोग गर्न सक्छन भन्ने नभई आफ्नो उपयुक्त नेतृत्व चयन गर्ने क्षमता जनतामा छ भन्ने आधारमा नै प्रदान गरिएको हो । त्यसैगरी कानूनले प्रदान गरेको हक, अधिकर र दाइृत्व वहन गर्न असक्षमलाई कानूनको दृष्टीमा व्यक्ति मानिन्न उदाहरणको लागि नेपालमा रहेको केहि कानूनी प्रवधानमा कानून विपरित कार्य गरेता पनि मानसिक सन्तुलन गुमाएका, मादकपदार्थ सेवन गरेको अवस्थाको मानिस, वालक, अर्काको संरक्षणमा रहेको मानिस आदि कानुन अनुसार पूर्ण व्यक्ति मानिदैन । त्यसैले उनीहरुलाई कानुनी दायित्वहरु समेतबाट उन्मुक्ति दिइएको छ । मतदान गर्ने योग्यता वा वालिग मतदाताको अवधारणा पनि यही नै हो कि वयस्क मानिसले मात्र आफ्नो कानूनी अधिकार, राज्यका अवयवहरु र राजनीतिबारे वुझ्न सक्छ । त्यसैले आफूलाई वास्तविक व्यक्ति वनाउने हो भने प्रत्येक मानिसमा कानूनले प्रदान गरेको हक, अधिकार र दायित्व वहन गर्न र सदुपयोग गर्न सक्ने क्षमता हुनै पर्दछ ।
मानिस मात्र नभई कानूको परिभाषको समेत ब्याक्तीको हैसियत प्रत गर्न आफ्नो मत आफ्नो वझाई र विेिकमा योग्य ब्यक्तीको रोजाइृमा पैसा र अन्य कुनै प्रभावमा नपरि स्वतन्त्र रुपमा राज्यलाई सावाट निकाश दिने क्षता भएका ब्यक्ती र दलालाई निर्वाचित गराउनु पर्दछ र गलत राजजीतिक अभ्यासमा रहेका दललाई समेत सहि मागमा आउन वाभ्य गराउन सक्नु पर्द छ । पुनर प्रकाशन
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन