Jus Nepal
शनिबार, माघ १२, २०८१ | January 25, 2025 |

मायाको बिधिशास्त्रीय रुप

बिधिशास्त्रीय रुपमा माया

माया शब्द आफैमा एउटा मिठो अनुभुतिको संगालो हो , यो एउटा यस्तो शब्दहो जस्ले जुन सुकै सन्दर्भमा जस्तो सुकै शब्दमा यदि कँहि कसैबाट माया मिश्रीत शब्दको उच्चारण हुन्छ भने त्यहाँ केहि सकारात्मक अनुभूतीका भावनाहरु सुन्दर परिकल्पना भएर तरंगित हुदारहेछन् ।

तर यि तरंगित भावनाहरु सँगै मायाँ के हो, यस्को आकार , प्रकार र कुन रुप , रंङ्गमा छ यो माया भन्ने प्रश्नको उत्तर छैन कसै सँग । अनुत्तरीत हुदा हुदै पनि मायामा यस्तो शक्ति छ जस्ले पलभरमै मान्छेलाइ तंरंगीत तुल्याइदिन्छ पलभरमै चंगाझै हजारौ मायलको उडान भरि दिन्छ ,पलभरमा जिवनका सबै आन्नदहरुको अनुभुति गराइदिन्छ । त्यसैले त अदृश्य , अतुलनिय छ यो माया ।

अनि यस्ले समाजमा एउटा प्रश्न उब्जाइ दिन्छ । के गर्दा माया हुन्छ ? के गरेको मायाँ हो? कोसंग गरेको मायाँ हो ? कति र कसरी गरेको बास्तवीक मायाँ हो ? को सँगको कुन कस्तो प्रकारको, कुन प्रकृयाले गरिएको कार्य मायाँ हो ? र कुन कुराले मायाँको सृजना गर्छ त्यसको कसैसंग ठोस जवाफनै छैन, सधै अनउत्तरीत छ यो प्रश्न ।

यस्तै अनिश्चित मायाँलाई मानिसले जुन रुपमा अनुभुत गर्छ र समाजले जसरी वुझेको छ त्यहि अर्थमा कानूनका विभिन्न विधिशास्त्रिय मान्यता र अवधारणामा रहेर प्रेमलाइ कसरी हेर्ने सकिन्छ ? यसरी कानुनका बिभिन्न मान्यतामा रहेर प्रेमलाइ बिभिन्न Approach आधारीत भएर हेरिएको छ ।

Natural law Approach:

कानूनको प्राकृतिक कानूनी सम्प्रदायले नैतिक आचरण, मानविय विवेक, प्रकृति प्रदत्त वा प्रकृतिकको नियम अनुरुपका कार्य नै प्रकृतिक कानून अनुरुपका कार्य हो भनि मान्दछ , जो विश्वब्यापी अपरिवर्तनीय हुन्छ भन्ने मान्यता राख्दछ ।

Valentine dayमायाँको सन्दर्भमा प्रकृतिक कानूनको मत के रहन्छ भने मायाँ भावनात्मक विषय जो मानविय अन्तस्करण वाट उत्पन्न हुन्छ जस्लाइ Eternal values based on morality पनि भनिन्छ । प्रकृतिको नियम र प्राकृतिक कानूनको औचित्यता पनि मानिसमा भएको विवेक जसले स्वस्फूत रुपमा सहि र गतल भन्ने पक्षको पहिचान गर्न सक्ने क्षता प्रदान गरेको गरिदिन्छ । सहिपक्ष प्रतिको मायाँ नै सुन्दर जिवन, सुन्दर भविश्य सानो समाज देखि विश्व समुदाय सम्मको सुन्दर वातावरण हो भन्ने माया प्रतिको यसको मत रहन्छ ।

मायाँ मानिसमा भएको विवेक, सत्विचार, मानवियता र मानिस मानिस विच रहे भएका नातागत सम्वन्ध, मानिस र अन्य प्राणी अनी प्रकृति प्रतिको स्नेह, मायाँ र मोहले निर्धारण गर्दछ जो परिवार प्रणाली भित्रका कुनै सम्वन्ध, अन्य मानवहरु र चराचर सृष्टिमा रहे भएका प्राणी जगत र स्वयम् प्रकृति संगको प्रेम संग पनि हुने पर्दछन ।

जव मानिसले प्रेमको आभाष गर्दछ तव उ सुन्दर प्रकृतिमा निलिप्त भएको, हराएको रमाएको परिकल्पना गर्दछ र वास्तव मै त्यस्तै सुन्दरताको खोजि पनि गर्दछ र प्रेमको अनुभतिलाई अनुभुत गर्दछ । जस्को अर्थ मायाँको अनुभूतिले मानिसलाइ प्रकृतिको सुन्दरतामानै लिन र अनुभुत गर्न चाहाना जगाइदिन्छ ।

प्रकृतिले सृजना गरेको विपरित लिङ्गी र यि दइ फक आत्मा विचको निकटताको प्रकृतिक स्वरुप सत्यता मिश्रीत यस्का विभिन्न आधारमा रहने निकता र आकर्षण नै मायाको रहस्य मिश्रीत गुण हो र यस्को प्रमुख आकर्षक हो । प्राकृतिक कानूनी सम्प्रदयाले परिकल्पना गरेको न्याय Good Human Conscience को प्रयोग र यसको प्रयोगमा निर्धारण हुने सिमाले नै यसमा सुन्दरता थप्दै त्यसले सन्तुलित राख्दछ भन्ने मत यस स्कुलको रहन्छ ।

 Analytical LAW Approach:

यस  Analytical LAW Approach लाइ कानूनी दृष्टिकोणमा मायाँ शब्द जो भावनासंग जोडिएको छ यसको कानून संग कुनै सम्वन्ध छैन भावनाका पक्षको कानूनमा कुनै पनि अर्थ रहन्न । जो सार्वभौमले वनाएको कानून छ र त्यसले परिवार प्रणाली र नातेदारी सम्वन्ध भित्रका पक्षलई जे जसरी हो वा होइन भनेको छ त्यो नै विभिन्न अन्तर सम्वन्ध भित्रका यदि छ र हो भने मायाँ र यसका निर्धारक तत्व हुन र मायाँको स्रोत पनि राज्यले निमाण गरेको कानून द्धारा प्रमाणित हुन अनिवार्य छ ।

मानविय भित्रि मनमा लागेका भएका भावना, अनुभुतिका पक्ष मायाँका निर्धारक पक्ष होइनन कानूनले भनेको सिमामा रहि सम्वन्ध र त्यस अनुरुपको आचरण अनिवार्य हो, सवैले त्यस अनुरुप कार्य गर्नु पर्दछ, नगरेमा राज्यले दण्डीत गरेर भए पनि आचरण र कानूनको पालना गराउदछ ।

मानव मनका अन्तरंगलाई मायाँ र यस संग सम्वन्धित कानूनको स्रोत भन्न नमिल्ने यस दृष्टिकोणको मान्यता रहेको छ भने मानविय मस्तिस्कमा लागे भएका पक्ष प्रति सकारात्मक देखिन्छ । मतलव मानव मनको र भावना भन्दा मानव मस्तिष्कको वाटो यसको स्रोत हुन सक्ने यो Approach को दावि रहन्छ ।
उदाहरणको लागि नेपालको सन्दर्भमा विवाहवारीको महल, लोग्ने स्वस्नीको महल, अंशवण्डाको महल, धर्मपुत्र पुत्रीको महल आदिले सम्वन्ध र नातागत सिमालाई कानूनतः सिमित र निर्धारित गरेको छ ।

Historical LAW Approach:

ऐतिहाँसिक सम्प्रदाय अन्तरगत मायाँलाई विश्लेषण गर्दा मायाँ कुनै वनावटी र सृजित पक्ष नभई परापुरर्वकाल देखी समाजमा चलिआएको मानविय आचरणमा आधारित संस्कृती, प्रथा, परम्परा आदी हो । यो समाजको विकास संगै क्रमिक रुपमा विकाश हुदै जान्छ । मायाँ र मानविय अन्तर सम्वन्धसंग जोडिएका कानून कसैले वनाउनु पर्ने वा यसबारेमा मान्छेले सोच्नु पर्दैन यो परापूर्वकाल देखि समाजमा चलिआएको सामाजिक अभ्यासमा हो जुन केहि परिमार्जित रुपमा आज पनि बिद्यमान छ । जो ब्यवाहारिक छन तिनिहरुलाई राज्यले कानूनी मान्यता प्रदान गर्नु पर्दछ ।

जस्तै पहिला जातियताको आधारमा गरिने विवाहावारी, हेला होच्याउने ब्यवाहार र अन्तर सम्वन्धमा भएको मायाँ विस्तारै परिवर्तन भएको पक्ष र छोरा र छोरिलाई वर्तमान समयमा विभेदी ब्यवाहरवाट विकाश भई वरावरको ब्यवाहार गरिने अभ्यास क्रमिक विकाशको पक्ष वा यस मान्यता अनुरुपको विकाश मान्न सकिन्छ ।

यस्ता परम्परागत अभ्यास समाजै पिक्षे फरक हुन सक्छन तर समय सँगै परिवर्तन सिल पनि हुन्छन । विधायीकाले कानून वनाउदा मायाँ संग जोडिएका ब्यवाहारिक प्रथा, परम्परा, मानविय आचरणका पक्ष लगायतलाई कानूनको रुपमा घोषण गर्नु पर्दछ भने , अदालतले समेत संस्कार संस्कृति, प्रथा र परम्परालाई प्रतेक निर्णयमा उतार्नु पर्दछ ।

Sociological Law  Approach:

यो Approach ले सामाजिक इच्छा अनुरुपको कानून वा समाजले मानविय अन्तर सम्वन्ध र सम्वन्धको सिमा जे जस्तो चाहान्छ र जसमा रहेर कार्य गर्दा सहजताको अनुभुति गर्दछ त्यस पक्षलाई प्राथमिकता दिने सामाजिक इच्छा अनुरुपको समाजमा अन्तरसम्वन्द्ध सुमधुर हुने कानूनको निर्माण नै मायाँ संग सम्वन्धीत हुने कानून वन्नु पर्दछ, यि नै Sociological Approach अन्तरगतका कानूनी पक्ष हुन भन्ने मान्यता राख्दछ ।

VALENTINE DAY .विधाइकाले कानून वनाउदा आफ्नो चाहाना हैन समाजको चाहानालाई र समाजको social harmony कायम गर्ने प्रकारको वनाउनु पर्दछ जसले समाजका मानिसमा अन्तर सम्वन्धमा मायाँ विश्वास र सहकार्यको वातावरण कायम गरि सुन्दर समाजको परिकल्पनागर्दे मानविय इच्च्छालाई गुरा गर्न जोडदिन्छ ।

अदालतले गर्ने हरेक निर्णणहरुमा Social Interest Reflect हुनु पर्दछ भन्ने मान्यता यस अवधारणले अदालतको कार्यको दृष्टिकोणमा लिन्छ ।

Realistic Approach:

यस मान्यताले Social Interest लाई चरमरुपमा अनुसरण गर्ने कुराको निश्चितता प्रदान गर्न society changes faster than law भन्ने सिद्धान्त अनुरुप Social interest लाई कानून मार्फत समयमानै सम्वोदन गर्न र त्यसको कार्यन्वयन विलम्व हुने हुदा अदालतलाई शक्तिसाली वनाउदै Social interest based Judgment वा अदालतले कानून नभएता पनि र भएता पनि Social interest हो भन्ने लागेमा त्यो अदालतले गर्न वा मान्यता दिन सक्छ भन्ने हो ।

Proposedकानूनको अभावमा सामाजिक अन्तरसम्वन्धको सकारात्मक र प्रगतिसिल पक्षमा कसैले दुविधामा रहन पर्दैन भन्ने मान्यता यसले राख्दछ । जहाँ दुविधा छ त्यहाँ अदालतले औपचारिकताको लागि सहयोग गर्दछ । सामाजिक सुसम्वन्ध कायम गर्ने अन्तर सम्वन्ध कायम गर्ने मायाँ र स्नेहको सन्दर्भलाई विकसित वनाउने पक्षलाई कार्यन्वयन गर्न कुनै कानून नभए पनि अदालतले आदेस दिए पुग्दछ भन्ने यसको मत रहन्छ ।

यसरी विभिन्न कानूनी मान्यता भएता पनि मायाँ भन्ने शब्द भावनात्मक पक्ष र प्रकृती प्रदत्त हुने हुदा मायाँले मानिस र मानिसको प्रकृती, जिव जनावर लगायत सम्पूर्णको मायाँ, मानिस मानिसमा भएको मानविय सम्वन्ध नातेदारी प्रणाली अन्तरगतको नातागत अर्थर त्यसको सिमामा रहेको मायाँ, प्रकृति प्रदत्त विपरित लिङ्ग विचको आकर्षण र मानविय विवेकले निर्धारण गरेको यसको सिमाका पक्षलाई हेर्दा मायाँ भन्ने शब्द प्रकृतिक कानूनी सम्प्रदायको विषय हो र यसलाई प्रकृतिको नियम र मानविय विवेकमा प्रयोग गर्नु नै एक अर्का विचको सार्थक, सुमधुर र सुन्दर सम्वन्ध, त्यस्तै सुन्दर परिवार प्रणाली का साथै नातेदारी प्रणाली हुदै सुन्दर समाजको आधार हो भन्ने प्रकृतिक सत्यता हो ।

यसरी मायाका भिन्न दृष्ट्रिकोण लाइ नियालेर हेर्ने हो भन्ने माया स्बच्छन्द रुपमा उत्पन्न हुने शृष्ट्रिको उच्चतम् भावना हो । तसर्थ आज देखि रिसराज त्यागी यो प्रेम दिबस बाट एउटा सुन्दर समाजको परिकल्पना गरौ यहाँहरु सबैलाई प्रणय दिबसको शुभकामना ।

 दिपक कार्की

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri