Jus Nepal
मङ्लबार, माघ १, २०८१ | January 14, 2025 |

अल्पआयुमा यसरी मर्दैछन नेपाली समाजका बैवाहीक सम्बन्ध

Marriage, Divorce, prisionसम्बन्धबिच्छेद सम्बन्ध टुक्र्याउनु हो । खासगरी लाग्नेस्वास्नीको सम्बन्ध सास्कृतिक वा कानुनि रुपमा विवाह गरी बसेको जोडी बिच बिबिध कारणबस दरार आई कुनै पनि सम्बन्ध नरहने गरी सबै प्रकारले सामुहिक अधिकार र जिम्मेवारी समेतबाट छुट्टीने गरी कानुनी रुपमा सम्बन्ध समाप्त पार्ने काम नै सम्बन्ध बिच्छेद हो ।

यसलाई नेपाली समाजमा पारपाचुके, छोडपत्र आदी नामले पनि बुझ्ने गरीन्छ । नेपाली समाजमा पनि यसको संख्यामा बृद्धी तिब्र गतिमा भईरहेको छ । खास गरी स्वच्छ भावनात्मक सम्बन्धको कमि, सम्बन्धमा बिबिध भौतिक कारण र स्वार्थपुर्ण चाहानाले स्थान पाउनु, लोग्ने स्वास्नी आपसमा टाढा रहनु पर्ने बाध्यता र अहिलेको आधुनिक जिवनसैलीको अनुसरण नै नेपाली समाजमा सम्बन्ध बिच्छेदको प्रमुख कारण हो ।

हरेक सम्बन्धको सुरुवातको कारक आवश्यकता नै हो । भौतिक स्वार्थ बिनाका सम्बेगात्मक भावनात्मक आवश्यकता र भौतिक, आर्थिक तथा बिलाशिताका ईच्छा पुर्तिका आवश्यकता नै समग्र सम्बन्धका उदगमका कारण हुन ।

लोग्ने स्वास्नीको सम्बन्ध भनेको प्रेमको मुटुको र भावनाको सम्बन्ध हुनु पर्ने हो । तर आज सम्बन्धलाई स्वार्थ र भौतिक आवश्यकता पुर्ति गर्ने आधारमा लिने चलन बढेको पाईन्छ । यो सम्बन्धको आधुनिक बनावट हो भन्दा हुन्छ ।

हाम्रो समाजका बैबाहिक सम्बन्धहरु एक त संस्कारका प्रचलन हुन भने अर्कातिर अस्तीत्वको निरन्तरता नै हो । तर हालको केही बिकृत मानसीकता अलि फरक पनि पाईन्छ, जस्मा प्रत्यक्ष फाईदा केन्द्रीत र स्वार्र्थीपनाले सम्बन्धको आयु घटाएको छ, र अल्प आयुमा सम्बन्धहरु मर्ने कारण बनेको छ , त्यसैको कारण पनि सबै बैबाहिक सम्बन्धहरु सुखमय र दिगो हुन सकेका छैनन ।

अहिले संसार भर बैबाहिक सम्बन्ध बिच्छेद हुनु सामान्य मान्न थालिसकीएको छ। यसबारे विश्वव्यापि एक नतिजा यस्तो छ ।

विश्वमा गरिएको एक तथ्याङकका अनुसार करिव ४२ प्रतिशत विवाहरत सम्बन्धहरु विच्छेद हुन्छन्, भने ३४ प्रतिशत विवाहित जोडी त विवाहको २० वर्ष नपुग्दै सम्वन्धविच्छेदको संघारमा पुग्छन ।

विश्वकै चर्चित सम्बन्ध परामर्शदाता एवम् सेक्स थेरापिस्ट पिटर सादिगंटनका अनुसार सम्बन्ध विच्छेद हुने ९ कारणहरुलाई यसरी उल्लेख गरेका छन ।

१. पर–सम्बन्ध-  यदि कोहि व्यक्ति विवाहित हुँदाहुँदै पनि परसम्बन्ध राख्दै हिँड्छ भने । आफ्नो पार्टनरसँग सुमधर र लामो सम्बन्ध कायम गर्न मुस्किल हुन्छ । परसम्बन्धले आफ्नो विवाहित सम्बन्धमा विश्वाश गर्ने वातावरणको अन्त्य गरिदिन्छ । त्यसैले सम्बन्धमा इमान्दारिता नै सबैभन्दा बलियो खम्बा हो ।

२. आर्थिक कमजोरी-  आर्थिक स्थर कमजोर हुँदै जाँदा पनि सम्बन्ध खस्किँदै जान्छ । एक जना कमाइरहने अर्काले चाहिँ चाहिने नचाहिने कुराहरुमा पैसा उडाइरहने बानीले गर्दा सम्बन्धमा विवादहरु उत्पन्न हुँदै गइ अन्यमा सम्बन्ध नै तोडिएको थुप्रै उदाहरणहरु छन् ।

३ं. पूर्व–प्रेमीको हस्तक्षेप-  जतिसुकै कसिलो सम्बन्धमा पनि यदि कुनै एक जनाको पूर्व–प्रेमीको हस्तक्षेप बढ्दै गएमा सम्बन्ध बिग्रदै जान्छ । साथीको नाममा पूर्व–प्रेमीसगँको हेलमेल बढाउने सम्बन्धहरुको आयु त्यति लामो नभएको एक अध्ययनले पनि देखाएको छ ।

४. कामुकतामा फरक-   जोडीमा बराबर यौन इच्छा हुने सम्बन्धहरु बढि टिकाउ हुन्छन् । तर, एक जना अति नै धेरै कामुक र अर्को बम कामुक भएमा सम्बन्धको सन्तुुलन बिग्रन्छ ।

५. बच्चा भएकासँग सम्बन्ध-  कसैले पहिले नै बच्चा भएकासँग सम्बन्ध गाँसेका हुन्छन् । यस सम्बन्धमा बच्चैका कारण उतावचढाब आइरहन्छन् । जसले जति नै भने पनि अरुका बच्चलाई आफ्नै सम्झेर व्यवहार गर्ने नसक्ने प्रवृत्तीले सम्बन्धका डोरीहरु खुकुलो बनाइदिन्छन् र अन्यमा सम्बन्ध नै विच्छेद हुने कारण बन्न पुग्दछन् ।

६. अविभावकको हस्तक्षेप-  कोही आफ्नो जीवन साथीलाई भन्दा अविभावकलाई बढि महत्व दिने खालका हुन्छन् । जीवन साथीसँग भन्दा आमाबाबुसँग बढि समय बिताउने बानीले वैवाहिक सम्बन्धमा असर पार्दछ । यसले जोडीबीचको घनिष्टता कम हुँदै जाने र अन्त्यमा सम्बन्ध नै विच्छेद हुने कारण बन्न पुग्दछ ।

७. मुखाले बानीस् कोही हरेक कुरामा तर्क र प्रतिवाद गर्ने प्रकृतिका हुन्छन् । यस्ता मान्छेका सम्बन्ध सोझा र शालिन प्रकृतिका व्यक्तिसँग गाँसिन्छ भने त्यो सम्बन्ध लामो समयसम्म टिक्नै सक्दैन । सम्बन्ध बचाउने जति नै कोसिस गर्दा पनि अन्तत यस्ता सम्बन्ध तोडिएर गएको एक अध्ययनले देखाएको छ ।

८. अरुसँग बढि घनिष्टता-   सामान्यतया सबैका लागि आफ्नो जीवन साथीभन्दा बढि घनिष्ट साथी अरु कोहि हुँदैन । तर, जीवन साथीलाई भन्दा अरु कोहि साथीसँग बढि घनिष्टता राख्ने बानीले सम्बन्धहरु बिगार्छन् । केहि मात्रामा ठिकै मान्न सकिएला तर, लामो समयसम्म यस्ता बानी नत्याग्ने हो भने यो नै सम्बन्ध अन्त्य गर्ने कारण बन्न पुग्दछ ।

९. गोपनियता-  श्रीमान श्रीमती विचका गोप्य कुराहरु आफ्ना नजिकका साथीहरुसँग खुलेर भन्ने बानीले सम्बन्धहरु बिग्रन्छन् । कपिय कुराहरु श्रीमान–श्रीमतीबीच मात्र सिमित राख्नुपर्ने हुन्छ । तर, अन्जानमै त्यस्ता व्यक्तिहरुसँग सेयर गर्ने गर्नाले सम्बन्ध विच्छेद भएका घटनाहरुपनि प्रशस्तै रहेका छन् ।

नेपाली समाजमा पनि सम्बन्ध टुक्रीनुको कारण लगभग यस्तै नै हुन । तर हाम्रो समाज अलि पुरुषimages प्रधान छ साथै महिलामा समानताका लागि र अस्तीत्वको लागि एक किसीमको पुरुष संग अप्रत्यक्ष द्वन्द छ । जस्को कारण सम्बन्ध बिच्छेदका कारणहरुमा सामान्य फरक हुन सक्छ । नेपालका हरेक समाजमा आजभोली सम्बन्धबिच्छेदका मुद्दाहरु प्रत्यक अदालत सम्म पुगिरहेका पाइन्छन । कानुन बारे पुर्ण जानकारी नहुदा कतिपय घटना आबेगकै कारण अदालत पुग्छन र पछि पश्चाताप हुदै फेरी पुनर्मिलनमा पुगेका पनि भेटिन्छन । कतिपय घटनाहरु जिवन भरका पिडाका कारण र भएको सबै सम्पति ह्रासका कारण बनेको पाईन्छ । सम्बन्ध बिच्छेद गर्नु समस्याको क्षणिक समाधान त होला, केहि फाईदा र बेफाईदामा गएर टुङगीएला तर भावनात्मक आनन्द र खुसी नदीएका कयौ घटना छन ।

लोग्ने स्वास्नी तथा सम्बन्ध बिच्छेद बारे नेपालको कानुन के छ त ?

मुलुकी ऐन ,’लोग्ने  स्वास्नीकोमहल’, १२ नं. मा यस्तो लेखिएको छ ।

सम्बन्ध विच्छेद गर्नु परेमा कारण खोली निवेदन गरी अड्डाबाट निर्णय भएपछि सो निर्णय बमोजिम मात्र सम्बन्ध विच्छेद हुन सक्तछ ।

निम्न कारणहरु हुदा सम्बन्धबिच्छेद गर्न मिल्छ ।

लोग्नेले  दाबि गर्न पाउने अबस्था:
स्वास्नीले लोग्नेलाई निजको मन्जूरी बेगर लगातार तीन वर्ष वा सो भन्दा बढी समयदेखि छोडी अलग बस्ने गरेमा व लोग्नेको ज्यान जाने, अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल प्रपन्च गरेमा व स्वास्नीलाई निको नहुने यौन सम्बन्धी कुनै रोग लागेमा वा स्वास्नीले परपुरुषसंग करणी गराएको ठहरेमा त्यस्ती स्वास्नीसित लोग्नेले आफनो सम्बन्ध बिच्छेद गर्न पाउँछ  ।

स्वास्नीले दाबि गर्न पाउने अबस्था:
लोग्नेले अरू स्वास्नी ल्याएमा वा राखेमा वा स्वास्नीलाई घरबाट निकालेमा वा खान लाउन नदिएमा वा स्वास्नीको खोज खबर नलिई हेर बिचार नराखी लगातार तीन वर्ष वा सो भन्दा बढी समयदेखि स्वास्नीलाई छोडी अलग बस्ने गरेमा वा स्वास्नीको ज्यान जाने, अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल प्रपन्च गरेमा वा लोग्ने नपुंसक हुन गएमा वालोग्नेलाई निको नहुने यौन सम्बन्धी कुनै रोग लागेमा वा लोग्नेले परस्त्रीसंग करणी गरेको ठहरेमा वा लोग्नेले स्वास्नीलाई जबर्जस्ती करणी गरेको ठहरेमा त्यस्तो लोग्नेसित स्वास्नीले आफनो सम्बन्ध बिच्छेद गर्न पाउँछे  ।

माथिका कारण बाहेक अरू अवस्थामा दुवै थरीको मन्जूरी भएमा पनि लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गर्न हुन्छ  ।

कसरी गर्ने सम्बन्ध बिच्छेद / कानुनि प्रक्रीया:
सम्बन्ध बिच्छेद गर्न चाहने पक्षले दुबैको मन्जूरीले सम्बन्ध बिच्छेद गर्न चाहेमा लोग्ने स्वास्नी दुबैले सम्बन्धित गाउँ विकास समति वा नगरपालिकामा निवेदन गर्नु पर्नेछ र गाउँ विकास समिति वा नगरपालिकाले पनि दुबै थरिलाई भरसक सम्झाई बुझाई मेलमिलाप गराई दिनुपर्छ । त्यसरी सम्झाउँदा बुझाउँदा पनि मेलमिलाप हुन नसकेमा र विवाह कायम राख्नुभन्दा सम्बन्ध विच्छेद गराउनु श्रेय भएमा निवेदन परेको एक वर्षभित्र आफनो राय समेत संलग्न गरी प्राप्त निवेदन सम्बन्ध विच्छेद गर्न अधिकार भएको सम्बन्धित जिल्ला अदालतमा पठाउनु पर्छ ।

स्वास्नीको अर्को संग विवाह भएमा : स्वास्नीले अर्कोसंग विवाह गरेमा त्यस्तो लोग्ने स्वास्नीको सम्बन्ध स्वतः विच्छेद हुन्छ ।

बच्चा भएमा, बच्चा कस्को हुने रेखदेख कस्ले गर्ने:
लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद भएको मितिले दुईसय बहत्तर दिनभित्र जन्मेको सन्तान अन्यथा प्रमाणित नभएमा सो सम्बन्ध विच्छेद भएको लोग्नेकै सन्तान ठहर्छ । त्यस्ता सन्तान र पाँच वर्ष नपुगेका वा पाँच वर्षदेखि माथिका नावालक पाल्ने विषयमा देहाय बमोजिम हुन्छ । नावालकलाई आमाले आफै पाल्न चाहेमा निजैले र निजले पाल्न नचाहेमा बाबुले पाल्नु पर्छ तर आमा बाबु दुवैको मन्जूरी भएमा त्यस्तो नावालकलाई आमा बाबु मध्ये कुनैले वा आलो पालो गरी पाल्न पाउँछ आमा बाबुमध्ये जोसुकैले पाले पनि नाबालकको अहित हुने अवस्था वा त्यस्तो अहित हुने मनासिब आशंङका नभएमा पाल्ने आमा बाबुले नपाल्ने आमा वा बाबुलाई बीच बीचमा नाबालकसंग भेटघाट गर्ने मौका दिनुपर्छ । त्यस्तो मौका अर्को विवाह गर्ने आमाले पनि पाउँछ ।

खर्च कस्ले बेहार्ने:
आमाले पाल्दा बाबुले आफनो इज्जत आमद अनुसार नाबालकलाई खान, लाउन, शिक्षा र औषधी उपचार समेतको मनासिब खर्च दिनु पर्छ । आमाले नपाली बाबुले त्यस्तो नाबालक पालेको रहेछ र बाबुभन्दा आमाको आयस्ता बढी रहेछ भने अड्डाले अवस्था विचार गरी आदेशद्वारा तोकिदिए बमोजिम त्यस्तो स्वास्नी मानिसले पनि नाबालकको खान, लाउन, शिक्षा र औषधी उपचारको खर्च व्यहोर्नु पर्छ ।

सम्पति सम्बन्धी प्राबधान:
सासु ससुरा समेत भै वा लोग्नेले मात्र खान लाउन नदिई घरबाट निकाला गरेको वा बराबर कुटपीट गरी दुःख दिने गरेको वा लोग्नेले अरू स्वास्नी ल्याए वा राखेकोमा त्यस्ती स्वास्नीले लोग्नेको अंशबाट आफनो अंश छुट्याई लिन पाउँछे । त्यस्ती स्वास्नी मानिस मरेमा वा निजले अर्को विवाह गरेमा उसले खाई लाई बाँकी रहे जति हकवालाको हुन्छ । सासू ससुराले मात्र निकाला गरेकोमा इज्जत आमद अनुसार खान लाउन दिनुपर्छ ।

अंशबण्डा कसरी हुन्छ ?
लोग्ने र स्वास्नीको सम्बन्ध विच्छेद हुने भएमा अदालतले निजहरूबीच अंशबण्डा गर्न लगाएर मात्र सम्बन्ध विच्छेद हुने निर्णय गर्नु पर्छ । सम्बन्ध विच्छेद हुने लोग्ने मानिसले नै अंश लिई नसकेको अवस्थामा अदालतले तायदाती माग गरी अंशियारहरूबीच अंशबण्डा गर्न आदेश दिई त्यस्तो लोग्ने मानिसको भागमा पर्ने अंश र सो अंशबाट सम्बन्ध विच्छेद गर्ने स्वास्नी मानिसले पाउने अंशको अन्जाम गरी अंशबण्डा नभएसम्मको लागि त्यस्ती स्वास्नी मानिसको जीविकाको निमित्त मासिक रूपले खर्च भराई दिनु पर्छ । अंशबण्डा भैसकेपछि सम्बन्ध विच्छेद भएकी स्वास्नी मानिसको अंशमा परेको सम्पत्तिमा निजको हक हुनेछ । त्यस्ती स्वास्नीमानिसले अर्को विवाह नगरेमा वा अर्को विवाह गरेको भए पनि कुनै सन्तान नभएमा निजको शेषपछि निजले पाएको त्यस्तो सम्पत्ति अघिल्लो लोग्नेपट्टिका सन्तान भए त्यस्ता सन्तानले र त्यस्ता सन्तान नभए अघिल्लो लोग्नेले पाउनेछ ।

मासिक खर्च बेहोर्नु पर्ने:
सम्बन्ध विच्छेद हुने स्वास्नी मानिसले अंश नलिई सो बापत लोग्नेसंग वार्षिक वा मासिक खर्च भराई लिन चाहेमा अदालतले त्यस्ती स्वास्नी मानिसलाई लोग्नेको सम्पत्ति र आयस्ताको आधारमा वार्षिक वा मासिक खर्च भराई दिनु पर्छ । लोग्नेले त्यस्तो खर्च त्यस्ती स्वास्नी मानिसले अर्को विवाह नगरेसम्म मात्र भर्नु पर्छ ।

स्वास्नीको दाइजो पेवाको के हुने:
स्वास्नीको दाइजो पेवा मास्ता अंश नभई एकाघरसंग बसेका अरू अंशियारहरू समेत रहेछन् भने अंशको हकदार सोह्र वर्ष नाघेका सबैका मन्जूरीको लिखत भएमा मात्र सो मासेको दाइजो पेवा लेनदेन व्यवहारको महल बमोजिम सबै अंशियारहरूको गोश्वारा धनबाट भर्ना हुन सक्छ । लेखिए बमोजिमको रीत नपुयाई मासे दिएकोमा अरू अंशियारहरूको मन्जूरी नभएमा अंशियारहरूले बेहोर्न र गोश्वाराका धनबाट भर्ना हुन सक्तैन ।

हदम्याद:
एक वर्षभित्र नालिस नदिए लाग्न सक्तैन ।

कुनै सम्बन्ध टुक्र्याउन लाई होइन । सके सम्म कायम सम्बन्धबाट खुसी खोज्नु पर्दछ । हरेक सम्बन्ध खुसी को लागि हो तोडनका लागि होइन । त्यसमा पनि झन बैवाहिक सम्बन्ध त सयौ जुनिको बन्धनको रुपमा हाम्रा धर्म परम्पराले मान्दै आएकोछ । आधुनिक जीवनशैलीले र आधुनिक मानविय चेतनाले झन सम्बन्धको मृत्यु होईन सम्बन्धका बिभिन्न आयामहरु खोज्नु पर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri