एकजना महिलाले भन्नु भयो सर यहाँ त र हुनपर्ने गल्ती भएछ नी मैले न त गल्ती भएको स्विकार गर्न सके नत गल्ति होइन भन्न नै । केहिछिन पश्चात मैले भने हैन यो यस्तै हो, उहाँले पुनः थप्नु भयो राज्य पनि नागरिकको विरुद्धमा भन्ने हुन्छ ? हेर्नुहोस त सर । म वाल्ल परे किनकी त्यो त्यही थियो, गलत थिएन तर मैले सहि हो भन्न सकिन ।
कुनै गहन छलफलको लागि घुमौरो टेवलमा वरिपरी विषयगत विज्ञ लगायत वसेका थिए, टेवलमा पानीका वोतल, एक–एक वटा कार्य पत्र, खाली साना रोल वेरिएका कापी, पेन अनी सरकार वादी भएको एक मुद्धाको पुर्ण पाठको प्रतिलिपी थियो सवैका हात हातमा । यस्तो कार्यक्रम शुरु हुनु भन्दा अगडी मेरो नजिकै रहनु भएको महिला सहभागिले गरेको प्रश्न हो यसलेखको पहिलो प्यारेग्राफ, उहाँ भन्दै हुनुहुन्थ्यो यो गल्ती भए छ यहाँ र हुनुपर्ने, त्यो गल्ति थिएन तर पनी सहि भन्न सकिन, म निरुत्तर थिए ।
उहाँ भन्दै हुनुहुन्थ्यो यो गल्ती भए छ यहाँ र हुनुपर्ने, त्यो गल्ति थिएन तर पनी सहि भन्न सकिन, म निरुत्तर थिए ।
महिला सहभागिलाई गलत भयो भन्ने लागेको शब्द विरुद्ध थियो र उनको बुझाईमा त्यो र हुनु पर्दछ लेखनमा वा कुनै प्राविधिक कारण र वा अन्य कुनै शब्द हुनुपर्नेमा गलत छापिएको हो, छ ।
मैले त्यतिवेलै मनमा विभिन्न धारणा वनाएर उनको कुरालाई आफैमा छलफल चलाए र निश्कर्ष निकाले उनको बुझाइमा सामान्य समाज थियो न की कुनै अज्ञानता, उनको बुझाइमा शाब्दिक यथार्थपुर्ण अर्थ थियो ।
उनलाई न्यायलय भन्ने संस्था सुन्नासाथ उनमा न्यायपाउने, सुन्दर, स्वच्छ मन भएका विध्वानहरुको संस्था जहाँ शुद्ध आचरणवान, सवैलाई आनन्द र न्यनय अनुभूतिगराउने कार्य हुन्छ र त्यहाँ सुन्दर शब्दहरुको मात्र प्रयोग गरिन्छ । यस्ले मानसिकतामा अन्याय अनुभुत हुन दिदैनहोला अनि मानिसका मानसिकता विभाजित गर्दैन होला । यस्तै यस्तै सत्यता र समाज लुकेको थियो वा हुन सक्छ उनको त्रुटिपुर्ण दाविमा ।
यस्तै एकजना कानूनी परामर्शमा म संग आएका एक ब्यवसायीको प्रसंड पनि सम्झिए मैलेः
उलने एकजना साथि संग २ वटा कम्पनीमा साझेदारी ब्यापार गरेको रहेछन । काम गर्दै जादाँ एउटा कम्पनीमा केहि समश्या परेको कारण विवाद पर्यो, विवाद पनि साझेदार साथि मद्देवाट नभई ब्यवस्थापनको पक्षवाट विकाश भई विवाद अदालतमानै जानु पर्ने नत्र अधिकार जोख्खिममा पर्ने भएछ ।
उनले मलाई हदम्याद भित्र फिराद दायर गर्न मिल्ने गरी मुद्दा ड्राफ्ट गर्न भने तर संगै भनेका थिए सर भाषा सरल वनाउनु होला है … ।
उनले भने झै गरे पनी तर म असमर्थ, वाध्य थिए मुद्दाको शुरु उठानमा विरुद्ध लेख्न र निजको साथिलाई ठाउँ ठाउँमा विपक्षी भनेर सम्वोधन गर्न ।
मैले ड्राफ्ट सकाएर अफिसमा वोलाए र उनलाई पढेर सुनाउदै थिए उनले सुरुमानै रौकदै भने “ए वकिल साव यो ‘विरुद्ध’ अलि कडै भयो अरु के र राख्दा हुदैन ?” मैले उनको उत्तर दिन भन्दा पनि पहिले तिनै एक महिलाले उठाउनु भएको प्रश्न पुनः अगाडी उभियो ।
म नवोल्दै उनले भने उहाँ सँगको विवाद त यसमा न हो अरु कम्पनीमा त केहि समश्यानै आएको छैन पछि उसलाई पनि मन दुख्ला दुस्मनिकै भाषा प्रयोग गर्ने भन्ला यस्तै यस्तै ….. थियो उनको मनको कुरो र चाहाना ।
कानून ब्यवसायीको पेसाभने पनी सेवा भनेपनी कानूननी साहायतामा आएकाहरुको यच्छा अनुरुपको मुद्दा प्रकृया अघिवढाउनु र कुनै विषयमा विवादमा जटिलता भन्दा पनि सहजताको खोजि गर्नुहो र मैले उनले म संग भनेको शिष्ट भाषा प्रयोग गर्नुहोलाहै सर भनेको सम्झदै लेखेको थिए । उनले भने झै गरे पनी तर म असमर्थ, वाध्य थिए मुद्दाको शुरु उठानमा विरुद्ध लेख्न र निजको साथिलाई ठाउँ ठाउँमा विपक्षी भनेर सम्वोधन गर्न ।
उनले आफ्नो ब्यवसायको वारेमा ब्यवसायिकताको कुरा के पनि वताएका थिए भने क्लाइन्ट र उनको पर्टनरको असहमती यसै कम्पनी समवन्धी र कम्पनीमा मात्रहो तर अर्को कम्पनी र अरु कुनै पनि भेटमा, कार्यमा कतै समश्या थिएन र छैन पनि । यस कम्पनीको विषयको बैठकमा चर्काचर्की गरेका हामी त्यसै दिन बसेको अर्को कम्पनीको बैठकमा पुरानो आत्मियतामा कुनै कमी छैन र स–सम्मान कुरा शुरु र सम्पन्न गर्दछौ । मतलव उनि कानूननी हकवाट वन्चित नहुन सचेत छन भने पाटनर संगको संवन्धमा अझ सचेत छन तर उनले बुझेको र चाहेको नम्र ब्यवाहारिक शब्द प्रयोग अदालतको नियमित प्रयोगको भाषामा रहेनछ ।
हामी कानून ब्यवसायी, न्यायधिसहरु र अदालती अभ्यासमा अभ्यस्तहरु सामान्यताया चलन चल्ती र नियमित ब्यवाहार र कार्यलाई बुझ्द छौ, त्यसमै अभ्यस्त भएका हुन्छौ र त्यसलाई सामान्य मात्र ठान्दैनौ त्यो अकाट्य, सत्य हो भन्न पनी पछि पर्दैनौ, तर समाज र हाम्रो ब्यवाहार मान्यता अभ्यास कहिले काहि विलकुल विपरित परेका हुन्छन जो हामीलाई ख्याल, मतलव हुदैन, जो विकल्प विहिन छ भन्ने लाग्छ तर समाजले त्यो मान्दैन र बुझ्दैन ।
अदालतको उदेश्य समाजमा भएका विवादको निरुपणका नाममा औपचारिक निर्णय फैसला दिनु होइन, अदालतले त विवादको निरुपण संगै ध्यान दिनु पर्ने पक्ष त्यो रहन्छ अदालतका हेरक कार्य ब्यवाहार र फैसला निर्णयहरुका कारण समाजान रहेका मानिसहरुको सामजिक एकताको भावनामा उच्चता आभास होस, सामाजिक स्थाइत्व, सकारात्मक भावना अभिबृद्धीको केन्द्रमा रहेर कार्य गर्नु पर्दछ । अदालत नै विग्रिएका सम्वन्धलाई पुनर स्थापित गर्ने मध्यम वन्नु पर्दछ न कि अदालत गएकै कारण मानिसहरुमा भएको सम्वन्धमा दरार आउनु हुदैन दरार उत्पन्न भएका मनहरु फराकिला वनेर पुनः साधारण सम्वन्ध हैन अझ आत्मिय वन्न सक्नु पर्दछ ।
अदालत नै विग्रिएका सम्वन्धलाई पुनर स्थापित गर्ने मध्यम वन्नु पर्दछ न कि अदालत गएकै कारण मानिसहरुमा भएको सम्वन्धमा दरार आउनु हुदैन दरार उत्पन्न भएका मनहरु फराकिला वनेर पुनः साधारण सम्वन्ध हैन अझ आत्मिय वन्न सक्नु पर्दछ ।
अदालतको समाज प्रतिको र मानविय सम्वन्धको औचित्यता र सान्दर्भिकता त्यतिवेला मात्र पुष्टि हुन्छ जति वेला अदालत गएका कारण नै विग्रिएको संवन्ध सुमधुर वन्छ र विग्रन लागेको सम्वन्धमा स्पस्टता आउदछ ।
अदि अदालतकै भाषा प्रयोग, प्रकृया, कार्यविधी, औपचारिकता लगायतका पक्ष सामाजिक सम्वन्धकम्जोर वनाउने, समवन्धमा दरारता पार्ने वा कम्जोर वनाउने प्रकरको हुन्छ भने त्यो औपचारिक अदालतको नाममा समाजमा असहजता सृजन गर्ने राज्यवाट मान्यता प्राप्त संस्था हो भन्नुमा अन्यथा हुदैन ।
अवका अदालत समाजिक इच्छा र आवाश्यक्तामा चल्नु र हुनु पर्छ भन्ने मान्यता विकाश भएको वर्तमान विश्व परिस्थितीमा के अदालतले प्रयोग गर्ने भाषामा शिष्टता आवाश्यक छैन? के प्रतेक फैसला र सामाजिक आवाश्यक्ता र इच्छाका पक्षको तादम्यता आवाश्यक छैन ? अव पनि अदालत प्रणाली राज्यको औपचारिक प्रणाली वनेर हुन्छ त भन्ने प्रश्नलाई न्यायपालीका स्वयम र सम्वन्धीत सवैले सोच्ने वेला आएको छ ।
यो प्रश्न विश्वमानै अभ्यास गरिएको न्यायलयको औपचारिकताका पक्ष संग अमिल्दो छ तर के हामी यस्ता कम्जोरीलाई सवैतिरको मान्यता पाकै आधारमा निरन्तरता दिनै पर्छ भन्ने मत राख्न आवाश्यक छ ?
अधिवक्ता हरिप्रसाद मैनाली