Jus Nepal
मङ्लबार, माघ १, २०८१ | January 14, 2025 |

म बच्ने प्रयास गर्दा नै मारीन सक्थे

ढोका लगाई कसैलाई आउन नदिई तेरो घरमा आतङककारी कतिजना आउँछन्, के गर्छन, कति जना पालेर राखेका छौ, अहीले कहाँ छन देखा भन्दै गाली गरे । म चुपचाप कातर बनेर सही रहे, बोल्नै नजान्ने झै या आवाज नै ननिस्कीने मान्छे झै ।

उनी सोध्दै थिए म डरले काप्दै आखाभरी टिलपिल आसु पार्दै टोलाईरहे, मानौ बाघबाट भागेर बचेको हरिण लुकेझै उभिई रहे । एक्कासी उ मेरो शरीर, तिघ्रा, स्तन समेत समाउन थाल्यो । बुझ्ने भईसकेकी कुन चाही नारी अनुमान गर्न सक्दैन र उसको आशय के थियो ?

भाग्ने कराउने ईच्छा त आफ्नो रक्षकालागि र आफ्नो ज्यान बचाउन कुन चाही प्राणी प्रयास गर्दैन होला । लाग्थ्यो म जति निरीह कुनै अरु प्राणी छैन जो गुहार माग्न र भाग्ने प्रयास गर्न आट सम्म गर्न सक्दैन ।

बच्नका लागि केही गर्न नै आट आएन, किन कि म बच्ने प्रयास गर्दा नै मारीन सक्थे । मेरो अघि पेस्तोल थियो जुन उसको प्रयोग कुरीरहेको थियो । उसले मलाई त्यही पेस्तोल देखाउदै हल्लीन र आवाज निकाल्न सम्म दिएन । अन्तिम हुदा त अरु चिज भन्दा त ज्यानकै माया लाग्दो रहेछ ।

त्यही रात उनी बलात्कृत भईन । बर्दी लगाएको राक्षसी पुरुषको सिकार भईन । रात भर रुदै त्यही बित्यो, पिडामै बित्यो सही नसक्नु दुखाईमै बित्यो । उठन सम्म सकीनन, आजको रात हिमालीका लागि भुत नै आयो । अहीले उनलाई लाग्छ राक्षस भनेका मान्छ नै हुदा रहेछन ।

जब उज्यालो भयो सबै गाउ भरीका मान्छे नातेदार रातको पिडा पोख्दै थिए, रुदै थिए कस्ले के गर्दैछ पत्तै थिएन मात्र सबैमा डर थियो । तर हिमालीको पिडा, बेदना, रातको घटना भन्नै आट आएन र भन्नै गाह्रो लाग्यो उनलाई तर अन्त्यमा आमालाई सुनाईन र घटनाले सबैलाई रुवायो, परिवार, आफन्त र गाउँ पुरै । रिस उठ्यो आट थिएन केही गर्न तर सहनै नसकीने थियो त्यो पल ।

एकाएक प्रहरी गाउँमा प्रवेश गरे सबैका घरहरुमा खोज तलास भयो । गाउ भरी कसैलाई थाहा थिएन कि ति निर्दोश जनताका घरमा के लुकेको थियो र के खोजी गर्दै थिए तर यति बुझेका थिए की मान्छेलाई कुटदै, धकेल्दै, पछार्दै घर भित्र छिर्नेहरु सरकारका सिपाहीहरु थिए ।

माओबादी र सरकार बिच चलेको १० बर्षे युद्धको बेला जनताले अनेकौ सास्ती पाए, दुबै पक्षबाट दुब्यबहार, कुटाई, र मृत्यु सम्म पाए । यस्तै एक घटना मिति २०५६।२।२६ गते रात १२।२५ बजे हिमालीको घर र गाउ दोलखाको गैरीपुदीमा घट्यो ।

मिति २०५६।२।२६ गते बेलुका उनका बुबा राम बहादुर तथा बहिनी दिदी नविना समेत खाना खाएर सुतिरहेका थिए । । रातीको १२ बजेतिरको समयमा घर बाहिरबाट मानिसले बोलाएको सुनियो । उनका बुवा उठेर ढोका खोले, हेर्दा प्रहरीको पोशाक लगाएका मानिसहरु थिए ।

प्रहरीले माओवादीलाई पाल्छौं अरे भन्दै उनका बुबालाई कुट्न थाले र परिवारका अन्य सदस्यहरूलाई पनि सोधपुछ गर्दै थिए ।हिमालीलाई पनि सोधपुछ गर्ने भन्दै बोलाएर काका सुत्ने कोठामा लगे । उनलाई बस भने, उनी डरले चुप लागि बसीन । परीवारका अन्य ब्यक्ती कहा कता पुगे, बुबालाई कता लगी राखे, उनलाई थाहा नै थिएन।

उनी त्यहा बन्द थिईन, रुदै डरमा स्याक्क स्याक्क गर्दे बसीरहेकी थिईन । रातीको ३ बजेको थियो, एक जना बर्दीधारी प्रहरी उनी भएको कोठामा आए । ढोका बन्द गरे, कसैलाई आउन नदिई तेरो घरमा माओवादी कतिजना आउँछन्, के गर्छन् आदी सोध्दै उनको शरीर, तिघ्रा, स्तन समेत समाउन लागे र कराउन भाग्न खोज्दा पेस्तोल देखाई बोल्न चल्न नदिई उनलाई जबरजस्ती गरे । यस्तो राक्षसपना देखाउने ब्यक्ति त्यस बेलाका दोलखा जिल्लामा कार्यरत प्र।स।नि।राकेश कुमार सिंह थिए जस्को नाम र पद उनले भोली पल्टमात्र थाहा पाईन ।

उनी राती डरैडरमा रुदै त्यही बसीन करणीको पिडाले उठ्न नसक्ने अबस्थामा थिईन । कपडा च्यातिएको र साह्रै पिडामा देखीने हिमाली बिहान सबै सामु आईन र आमालाई भनिन । उनले त्यो समयमा सुरक्षा दिने प्रहरीबाटै बलात्कारमा परेको भन्दै मिति २०५६।२।२६ मा हिमालीले राकेशका नाममा जाहेरी दिईन ।

निकै अनुसन्धान र प्राप्त प्रमाणका आधारमा जाहेरवाली हिमाली गोलेलाई डर धाक देखाई बोल्न चल्न समेत नदिई जबरजस्ती करणी गरेको सिद्ध हुन आएकोले निज प्रतिवादीले जबरजस्ती करणीको १ नं. विपरीत अभियोग दावीको कसूर गरेको देखिँदा निजलाई सोही महलको ३ नं. बमोजिम कैद बर्ष ४ हुने तथा ऐ. को १० नं. बमोजिम प्रतिवादीको आधा अंश जाहेरवाली पीडितलाई दिलाई दिनुपर्ने भनी दोलखा जिल्ला अदालतले मिति २०५७।११।९ मा फैसला सुनायो ।

तर बलात्कारी राकेशले आफुले बलात्कार नगरेको भनी पुनराबेदन गरे । तर दोलखा जिल्ला अदालतको फैसला मिलेकै भनी पुनरावेदन अदालत पाटनले उक्त फैसला नै सदर हुने २०५८।८।१९ मा फैसला सुनायो ।

फेरी पनि राकेशले मुद्दा दोहोर्याई पाउ भनी सफाई दावी सहीत सर्बोच्चमा पुगे । तर सर्बोच्चले जिल्ला अदालत र पुनराबेदनको फैसलामा केही फरक मत सहीत फैसला सुनायो ।

नागरीकहरूको घर भित्र प्रवेश गर्न जायज कारण र आधार चाहिन्छ ।

बेलायतबाट सुरु भएको नागरिकका घरमा विना कारण प्रहरी प्रवेश गर्न नपाउने गोपनियताको हक छ । हाम्रो संविधानले पनि यही हक संरक्षित गरेको छ ।

पुनरावेदकको उक्त कार्य अर्थात विना कारण जाहेरवालीको घरमा प्रवेश गरी जाहेरवालीको परिवारलाई कुटपिट गर्ने कार्य प्रहरी ऐन, २०१२ को दफा ३४ (ढ) को समेत कसूर भएको र त्यस्तो कार्य जवरजस्ती करणीको अपराध भन्दा भिन्दै र अर्कै अपराध भएको र प्रहरी ऐन, २०१२ बमोजिम सजाय हुने व्यवस्था भएको देखिन्छ ।

यस तर्फ महान्यायाधीवक्ता आफै सजग भै उचित कानूनी कारवाही अगाडि बढाउन पर्छ, त्यसो भएको देखिएन । प्रहरीबाट भएको यस्तो गम्भीर मानव अधिकार हननमा पुनरावेदकलाई कारवाही नहुने हो भने यस्ता अपराधलाई बढवा दिएको भन्न पर्ने हुन्छ तर यस अदालतले त्यसो हुन दिदैन ।

तसर्थ पुनरावेदकले आफ्नो ओहदाको आडमा पीडित जाहेरवालीको परिवारको मानव अधिकारको गम्भीर हनन गरेकोले पुनरावेदकलाई मानव अधिकारको हननको अपराधमा प्रहरी ऐन बमोजिम कारवाही गर्नु साथै जवरजस्ती करणीको महलको १० न. कार्यन्वयन गर्नु पर्ने र कार्यान्वयनको सम्बन्धमा यसलाई जवरजस्ती करणीको महलको १० नं. को ब्याख्या मानी यही अनुसार गर्नु भनी फैसला सुनायो ।

यो फैसलाले हिमालीलाई न्याय दियो तर यस्ता समस्या भोगेका कयौ नेपाली नागरिक अहीले सम्म न्याय खोज्न भौतारीई रहेकाछन । यो फैसला संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. र माननीय न्यायाधीश श्री ताहिरअली अन्सारीले २०६४ साल बैशाख २३ गते गरेका थिए ।

फैसलामा स्थापित केहि मान्यता:

जवरजस्ती करणीको व्यवस्था अन्तर्गत प्राप्त हुने अंश अंशियारको हैसियतले नैसर्गिक अधिकार स्वरुप अंश वण्डाको महल बमोजिम सम्पत्ती पाउने होईन । जवरजस्ती करणीबाट पीडित भएको कारण पीडितलाई मानवीय, मनोवैज्ञानिक, शारीरिक, पेशागत, चारित्रिक, बौद्धिक,सामाजिक, आर्थिक लगायत जीवनको विभिन्न पक्षमा परेका दुरगामी असरलाई ध्यानमा राखी क्षतिपूर्ति स्वरुप प्राप्त हुने सम्पत्ती हो ।

कानूनमा नलेखिए पनि अन्तिम फैसला भएपछि जिल्ला अदालतले आफैले पीडित जाहेरवालीलाई फैसलाको जानकारी गराई अदालत आफैले फैसला कार्यान्वयन गरी आधा अंश दिलाई दिनु पर्छ तब मात्र पीडितले अदालतबाट न्याय पाउन सक्छ । त्यसैले फैसला कार्यन्वयन गरी आधा सम्पत्ती दिलाई दिनु पर्ने ।

यो फैसला प्राप्त भएपछि दोलखा जिल्ला अदालतले जाहेरवालीलाई झिकाई जाहेरवालीलाई यो फैसला उपलव्ध गराउनका साथै जवरजस्ती करणीको तत्कालिन व्यवस्था अनुरूप पुनरावेदकको भागको सम्पत्तीबाट जाहेरवालीले आधा अंश पाउने निजको कानूनी अधिकार भएको कुरा जानकारी गराउनु पर्ने ।

यो फैसला भएको मिति पछी पुनरावेदकले आफ्नो अंश लाग्ने सम्पत्ती अंशियार मध्येको कसैलाई कुनै व्यहोराले हक छाडी दिएको भए पनि ति कागजहरूलाई मुद्दा परेपछी श्रृजना गरेको कागज मानी त्यसलाई मान्यता नदिई यो मुद्दा यस अदालतबाट अन्तिम फैसला भएको मिति सम्मको पुनरावेदकको भागको आधा सम्पत्ती जाहेरवालीलाई दिलाई दिनु ।

पुनरावेदकको वतन सर्लाही जिल्ला भन्ने देखिएकोले पुनरावेदकको सम्पत्ती सर्लाही वा अन्य जुनसुकै जिल्लामा रहेको भए पनि ती जिल्ला अदालत र अन्य कार्यालयहरूले प्रस्तुत मुद्दा आफ्नै जिल्लामा परे सरह गरी दोलखा जिल्ला अदालतलाई सहयोग गर्ने ।

नागरिकहरूको जीउ धन ज्यानको सुरक्षाको लागि अपराधी पक्रनको लागि अनुसन्धान गर्नको लागि प्रहरी कानून बमोजिम नागरिकहरूको घर भित्र प्रवेश गर्न सक्छ त्यसमा विवाद हुँदैन । तर विना कारण नागरिकको घरमा प्रवेश गरी प्रहरी आफैले अपराध गर्ने अधिकार प्रहरीलाई प्राप्त नहुने ।

आफ्नो ओहदाको आडमा पीडित जाहेरवालीको परिवारको मानव अधिकारको गम्भीर हनन गरेकोले पुनरावेदकलाई मानव अधिकारको हननको अपराधमा प्रहरी ऐन बमोजिम कारवाही गर्नु भनी महान्यायाधीवक्ता र प्रहरी महानिरीक्षकलाई यो फैसलाको एक प्रति पठाई दिने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri