हाम्रो देश नेपाल विविध जाति, भाषा, संस्कृति, धर्म र परम्परा, रितिरिवाजको विविधता भएको सुन्दर साझा फुलवारी हो ।
सबै जाति, भाषा, धर्म, संस्कृति र परम्परालाई एकतामा बाध्न सक्ने हामी नेपाली हौ । पुर्व मेची–पश्चिम महाकाली, उत्तर हिमाल र दक्षिण तराईमा बस्ने सबै जातजातीहरुले हाम्रो देश नेपालमा स्वाभिमान पुर्वक नेपाली भएर बाच्न सिक्नु पर्छ र बचाउन सक्नुपर्छ ।
किनकी देशको अस्तित्व रहेमा मात्र हामीले यसको स्वामित्व ग्रहण गर्न सक्दछौ नत्र भुगोल विनाको घुमन्ते हुदै हामी कसैको दास बन्ने छौ । अब हामीले हिजोको एकतन्त्रीय र निरङकुश सोच र शैली होइन, अग्रगामी र लोकतान्त्रीक सोच र शैली बाट जनताले जनताको हक, स्थान सुरक्षित हुने विधि अपनाउनुपर्छ । सबैले सबैलाई मान सम्मान, इज्जत दिन सक्नु पर्छ ।
हामी नेपाली कसैको दास, कमारा होइन, अब स्वाभिमानी भई बाच्न सिक्नुपर्छ । नेपालीको एकताले नेपाली भुमी रक्षा गर्ने जान्नु पनि पर्छ । सुन्दर शान्त र विशाल नेपाललाई विश्व सामु पहिचान दिन सक्नु पर्छ । आज हाम्रो गरिबि अविकसित र पछौटेपनको फाइदा लिएर हाम्रा पुर्वीय सभ्यताका विरुद्धमा साम्राज्यवादले छोडेको सभ्यताको लडाई र धर्म विस्तारका प्रयासहरुले तिव्रता लिएका छन् ।
ती यहाँको राजनितिक अन्योलतापुर्ण वातावरणको कुहिरो भित्र पसेर अराजनितिक र असमाजिक क्रियाकलापका साथ हाम्रो समाज र त्यसका तन्तु विरोधी क्रियाकलापहरु तिव्रताको साथ सञ्चालन गरिरहेका छन् भने हाम्रो देशको एकतालाई फुटाउन हाम्रो विरासत र सम्मानलाई समाप्त पार्न विस्तारवादी इन्डियन शासन र त्यसका तथाकथित दलाल अनि पाल्तु कुकुरहरुले रोटी बेटीको सम्बन्ध जुराउदै तराईको मनोविज्ञानलाई आफ्नो पक्षमा पार्दैछन भने अर्कोतिर हिमाल र पहाडबाट झरेकालाई टोपिवालको संज्ञा दिदै र तराइका देशभक्त नेपालीहरुलाई धोतीवालको संज्ञा दिदै धोती र टोपी विचको विभेद रेखा कोराउदै नेपाली नेपाली विचको लडाइलाई चम्काउदै तराइलाइ आफ्नो पक्षमा पार्ने विस्तारवादी प्रयत्न गरिदैछ ।
न त हामी हिमाली हौ न त पहाडी न त मधेशी हामी केवल नेपाली हौ मात्र नेपाली । तसर्थ समाजवादका धार्मिक गतिविधि र विस्तारवादका जाती विरोधी भुगोल विरोधी हर्कतका पछाडी लाग्यौ भने एक दिन हामी धोती र टोपी धारीका सन्तान धोती र टोपी विचको लडाईको कारण हामी एक दिन धोती न टोपीका पराधिन हुनेछौ र देश विर्सजन बाटोमा लाग्ने छौ ।
हामीले बुझ्न जरुरी छ की हामी तिनै मुनि र बुद्धका सन्तान हौ जसले सधैको धोतीको पहिरनमा विश्व जगतलाई आदर्शको पाठ सिकायो । र विश्व सामु हाम्रो पहिचान अनि सभ्यतालाई फैलायो भने अर्कोतिर हामी ती वीर गोरखालीका सन्तान हौ । जसले गोरखालीको सान टोपी र खुकुरी आत्मसम्मान भनै झै बहादुरीका साथ साम्राज्यवादका विरुद्धमा लडाई लडे अनि हामी विच भिन्नताको केको साच्चै हो भन्ने भने हामी पहिला धोतीवाल त्यसपछि टोपीवाल वीर स्वाभिमानी नेपालको सन्तान हो । यो कुरा हामीले बुझ्न जरुरी छ ।
धोतीवालाले इन्डियन र टोपीवालाले नेपाली भन्ने भावना जसरि जागृत गर्न खोजिदै छ यो नै देशको समाप्तीको बाटो हो भन्ने कुरा बुझ्न जरुरी छ । खासमा न त हामी हिमाली हौ न त पहाडी न त मधेशी हिमाल पहाड र तराइ त मात्र हाम्रो भुगोल हो, हामी त मात्र नेपाली हौ । यसले तपाइ हाम्रो जीवन महत्वपुर्ण होइन देशको जिवन महत्वपुर्ण हो ।
सम्वृद्धि विनाको स्वधिनता हिमाल हेरेर पेट भर्नु जस्तै हो । वीरताले मात्र स्वधीन भइदैन । भौगोलिक प्राप्तीले मात्र पेट भरिदैन । त्यसकारण हाम्रो लडाई आर्थिक सम्वृद्धिको लडाई हुनुपर्छ । स्वभिमानी भएर बाच्नको लागि त पाखुरा चलाउनु पर्छ पहाडलाई फोड्नुपर्छ, नदीलाई तर्नुपर्छ र तराईलाई गोड्नुपर्छ । सम्वृद्धि त पौरखले ल्याउने हो ।
विदेशीको अनुदानमा विकास देखेपछि स्वधिनताको सपना देख्नु मुर्खता हो । विकास कसैको दानमा हुदैन । यसलाई त पौरखले आर्जन गर्नुपछ । न त छिमेकीलाई गाली गर्दैमा स्वाधिनता चुलिन्छ । यसले हामी सबै भाइ एक ढिक्का भएर अघि बढ्न जरुरी छ ।
जबसम्म हामी जातजाती बिभाजित रहन्छौ , तब सम्म त न देशको कल्याण हुन्छ न त तपाई हाम्रो नै । म प्रश्न गर्न चाहान्छु तपाई हामी देश छोडेर बाहिर जादा कसैले राई, लिम्बु, मगर, बाहुन, क्षेत्री, तामाङ, नेवार थारु, मधेशी आदी इत्यादी भनेर चिन्छ ।
तर मलाई लाग्छ चिन्दैन चिन्छ त मात्र नेपाली भनेर । यदि त्यसो हो भने न त हामी हिमाली हौ न त पहाडी न त मधेशी हामी केवल नेपाली हौ मात्र नेपाली । तसर्थ समाजवादका धार्मिक गतिविधि र विस्तारवादका जाती विरोधी भुगोल विरोधी हर्कतका पछाडी लाग्यौ भने एक दिन हामी धोती र टोपी धारीका सन्तान धोती र टोपी विचको लडाईको कारण हामी एक दिन धोती न टोपीका पराधिन हुनेछौ र देश विर्सजन बाटोमा लाग्ने छौ ।
यति मात्र होइन हामी आन्तरिक जातीयता राष्ट्रियता र भौगोलिकताको नाममा विभाजित भएर बस्यौ भने भोली हाम्रो अस्तित्व खोज्न कुटो कोदालो बोकेर नालापानीको किल्लाहरु उत्खनन् गर्नु पर्ने दिन नआउला भन्न सकिदैन ।
जय नेपाली स्वाभिमान ।
लेखक नेत्र प्रसाद मैनाली
नेपाल स्वाभिमान राष्ट्रिय अभियानका अभियान्ता हुन ।