Jus Nepal
मङ्लबार, माघ १, २०८१ | January 14, 2025 |

आन्दोलनका नाममा परिचालित ताण्डव नृत्य देखाउने मनुवाहरुलाई चेतनाहोस

Dipak Manral

दिपक मनराल

के तराईलाई पहाडले शोषण गरेकै हो त ? के तराई पहाड भन्दा पिछडिएकै हो त ? बास्तविकता के हो ?

माथीका प्रश्नहरूका उत्तरहरूका बारेमा धेरै मानिसहरूमा भ्रम रहेको पाईएको छ। खुद पहाडी मुलका नेपालीहरू माझ, अझ आफूहरूलाई निक्कै बुझेका छौं भन्ने ठान्ने पहाडी “बुद्दीजीबी” मित्रहरूमा यी प्रश्नहरू बारेमा ठुलो भ्रम रहेको पाईएको छ। यस्ता पहाडी “बुद्दीजीबी”हरू तराईका बारेमा आफुमा रहेको अल्पज्ञानको बारेमा अलिकता पनि सोच्ने फुर्सद र चिन्तन नभएको भेटिएको छ।

यस्ता बिषयबस्तुहरूका बारेमा अल्प र अधुरो ज्ञान र जानकारी भएका मनुवाहरूलाई हामीहरूले “बुद्दीजीबी” भनेर मानिदिनु रु यी तथाकथित बुद्दीजीबीहरू अहिले तराईका जमिन्दार शामन्ती ठग छेत्रीयताबादी र पृथकताबादी मुखियाहरूले भारतीय सहयोग र निर्देशनमा तराईमा भ्रम छरेकै भरमा उनीहरूको भ्रम र हल्लालाई “हो हो” र “बिचरा” भन्दै आफ्ना खोटो र अपूर्ण अभिमतहरू प्रस्तुत गर्दै आएका छन्।

सर्ब प्रथम “मधेश” भनिने शब्द प्रयोग गरेर सम्बाद गर्नु नै गलत हो। हामीहरूले हाम्रो तराईलाई मधेश भन्ने होइन। मधेश भनिने भूभाग नेपालमा कहीं पनि छैन। यो शब्द आयातित र दुराशययुक्त छ। तर, हाम्रा बिगतका अदुरदर्शी राणा र शाह बंशी शासकहरूले यो शब्द धेरै प्रयोगमा ल्याए। अहिले यो शब्दको दुरुपयोग भएको छ।

सर्ब प्रथम “मधेश” भनिने शब्द प्रयोग गरेर सम्बाद गर्नु नै गलत हो। हामीहरूले हाम्रो तराईलाई मधेश भन्ने होइन। मधेश भनिने भूभाग नेपालमा कहीं पनि छैन। यो शब्द आयातित र दुराशययुक्त छ। तर, हाम्रा बिगतका अदुरदर्शी राणा र शाह बंशी शासकहरूले यो शब्द धेरै प्रयोगमा ल्याए। अहिले यो शब्दको दुरुपयोग भएको छ।

त्यही कारणले तराईमा अहिले आन्दोलनको नाममा आतंक, यातना, हिंशा र भौतिक बिनाशहरूको तान्डाब नृत्य गरिरहेका जमिन्दार शामन्ती ठग छेत्रीयताबादी र पृथकताबादी मुखियाहरूले आजभोली यो शब्दको दुरुपयोग गरिरहेका छन्। हामीहरूले तराईलाई तराई नै भन्नु पर्छ, तर मधेश होइन। तराईमा बस्ने सबै बासिन्दाहरू मधिशेहरू होइनन। मधिशे भनिनेहरू एउटा सानो समुदाय मात्र हुन्, जसका पुर्खाहरू आजभन्दा १५० देखि २०० बर्ष अघी भारतको “मध्य देश” भनिने ठाउँबाट आएका थिए।

त्यो मध्ये देश अहिले भारतमा नै अस्तित्वमा छैन। त्यो छेत्र विभाजित भएर अहिलेको बिहार, उत्तर प्रदेश, मध्ये प्रदेश र महाराष्ट्र प्रदेशहरूमा गाभिन पुगेको छ। हुँदै नभएको “मधेश” लाई के को मधेश भन्दै कुर्लंदै हिंडछन् हँ ? यी “नेताहरूरु” जबर्जस्ती “मधेश” भन्दै हज्जार पटक झुट बोल्दैमा नभएको चिजलाई सत्य साबित गर्न मिल्छ र रु त्यसकारण, हामीहरू सबैले अब उप्रान्त “मधेश”र “मधिशेू” जस्ता शब्दहरू आफुले बोल्दा वा लेख्दा प्रयोग गर्न छोडौं भन्ने सबै नेपालीहरू समक्ष मेरो हार्दिक अनुरोध छ।

बरु, ति शब्दहरूका सट्टामा “तराई र तराई(आधारित)”भन्ने शब्दहरू सबैले प्रयोग गर्न थालौं।
अब म “के तराईलाई पहाडले शोषण गरेकै हो त ? के तराई पहाड भन्दा पिछडिएकै हो त ?” भन्ने प्रश्नहरूका उत्तर बारेमा छोटो चर्चा गर्छु। सर्बप्रथम तराई र पहाडका बीच रहेका भिन्नताहरू बारेमा चिन्तन गर्ने हो भने, माथी उल्लेखित प्रश्नहरुका उत्तरहरू स्वत:भेटिने छन्।

तराईलाई जाना जानी र उद्देश्यमुलक ढंगले कुनै पनि पहाडी समुदायले सामुहिक ढंगले तराईकै कुनै पनि समुदायलाई कहिले पनि शोषण गरेको छैन। त्यहाँ जे जस्तो शोषण भएको भन्ने आरोप लगाईएको छ, त्यस्तो शोषण ब्यक्तीगत स्तरमा भएका छन्। त्यस्तो शोषण पहाडमा पनि छ, त्यसरी शोषण गर्नेहरू पहाडमा पनि थिए र छन्। तराईमा जे जस्तो शोषण भएको छ, त्यो शोषण त्यहाँका त्यहाँका जमिन्दारहरूले नै त्यहाँका मध्यम, निम्न मध्यम, गरिब किसान, कृषी मजदूर र अरु उत्पीडित जनताहरूमाथी गर्दै आएका छन्।

त्यस्ता शोषकहरू मध्ये अधिकांश अहिले तराईमा उत्पात मच्चाईरहेका जमिन्दार शामन्ती ठग मुखियाहरू र यिनीहरूका पिता-पुर्खाहरू हुन्। त्यस्तो शोषण गर्ने पहाडी मुलका जमिन्दारहरू नगन्य छन्। यीनै र यस्तै जमिन्दार शामन्ती ठग मुखियाहरू र यिनीहरूका पिता(पुर्खा)हरू मध्ये हजारौं नेपाल राज्यको शासन र प्रशासनको उच्च पदहरूमा आसिन हुँदै आएका छन्। तिनीहरू मध्ये धेरै व्यक्तीहरू नेपालको उपप्रधानमन्त्री लगायत अन्य मंत्री पदमा एउटै ब्यक्ती कैयौं पटक मंत्री भएका छन्।

अहिले पनि त्यसरी मंत्री भएका यी जमिन्दार शामन्ती ठग मुखियाहरूले भ्रष्टाचार गरेर करोडौं रुपियाँहरू राज्यकोषबाट लुटेर धनी भएको कसलाई थाहा छैन र रु तराईकै मानसिहरू नेपाल राज्यको विभिन्न संबैधानिक अंगहरू र प्रशासनिक निकायहरूका उच्च पदस्त व्यक्तीहरू बन्दै आएका छन्। यसरी मौका नेपाल राज्यको शासन र प्रशासनको उच्च पदहरूमा आसिन हुने मौका पाएका हज्जारौं जमिन्दार शामन्ती ठग मुखियाहरू मध्ये बिरलै कुनै चोखा होलान।

जमिनदार शामन्ती ठग मुखियाहरूलाई तराइको त्यत्ती धेरै चिन्ता र चासो भएको भए बिगत ६९ बर्षको अबधीमा हाम्रो तराईको लाखौं बिघा जमिन बिस्तारै बिस्तारै भारतले कब्जा गर्दै आइरहेको तथ्य बारेमा किन एक शब्द बिरोधको स्वर निकाल्दैनन ? त्यसैले यिनीहरूलाई नेपाल र तराईको माया लागेर यस्तो आन्दोलनको नाटक गरेको होइन, बरु यो आन्दोलन त आफ्नो जमिन्दारी अझ बलियो बनाएर तराईका जनतामाथी आफ्नो शोषण अझ धेरै शोषण गर्नको लागि नै हो।

अर्कोतर्फ़, यी जमिनदार शामन्ती ठग मुखियाहरूलाई तराइको त्यत्ती धेरै चिन्ता र चासो भएको भए बिगत ६९ बर्षको अबधीमा हाम्रो तराईको लाखौं बिघा जमिन बिस्तारै बिस्तारै भारतले कब्जा गर्दै आइरहेको तथ्य बारेमा किन एक शब्द बिरोधको स्वर निकाल्दैनन ? त्यसैले यिनीहरूलाई नेपाल र तराईको माया लागेर यस्तो आन्दोलनको नाटक गरेको होइन, बरु यो आन्दोलन त आफ्नो जमिन्दारी अझ बलियो बनाएर तराईका जनतामाथी आफ्नो शोषण अझ धेरै शोषण गर्नको लागि नै हो।

तराई छेत्रमा भारतले नेपालको सिमा मिच्दै आएको थुप्रै घटनाहरूका बारेमा यी आफुलाई तराईको मुक्तीदाता भनाउन चाहने यी तराई आधारित छेत्रियताबादी “नेताहरू” भारतको त्यस्तो बिस्ताबादी ब्यबहारहरूका बिरुद्ध कहिल्यै एक शब्द बोल्दैनन, जब कि यिनीहरू त्यही तराई कै “नेताहरू” हुन्। अनि यिनीहरूले “पहाडेहरूले तराईको शोषण गरेको” भन्न सुहाउँछ ? अनि हामी यिनीहरूको आरोपमा बिश्वास गर्दै “हो, हो” भन्दै हिड्ने ? हामीहरू कस्ता “बुद्दीजिबिहरू” रहेछौं त ? यी “नेताहरू” तराईमा लामो समय देखि “तराईको मुक्ती”को नाममा सशश्त्र शंघर्ष गर्ने नाममा हिंशा, अपहरण र फिरौती माग आदी जस्ता समस्याहरू खडा गरिरहेका सशश्त्र समूहहरू बारेमा एक शब्द बोल्दैनन। बरु, कतिपय तराईका नेताहरूको ति सशश्त्र समूहहरूसंग बहुत मित्रतापूर्ण सम्बन्ध रहेको कुरा पत्र पत्रिकाहरूमा बेलाबेलामा प्रकाशित हुँदै आएका छन्।

यी तराई आधारित नेताहरू तराईमा बर्षेनी ब्यापक बिनाश गर्दै आएको बाढी, आगलागी, बन बिनाश बारेमा कहिले पनि आवाज उठाउँदैनन्। कोशी बाँधले गरेको र गर्ने बिनाश बारेमा केहि बोल्ने हिम्मत गर्दैनन्।

अब म “के तराई पहाड भन्दा पिछडिएकै हो त ?” भन्ने प्रश्न बारेमा छफल गर्छु। यो बहुप्रचलित “पिछडिएको” भन्ने शब्दले दूइवटा स्थितीहरूलाई संकेत गर्छ। पहिलो, भौतिक रुपमा पिछडिएको भन्ने तथ्य बारेमा बुझुनु पर्ने हुन्छ। अहिले तराई र पहाडको भौतिक बिकाश र उन्नतीको बिचमा तुलना गर्ने हो भने आकाश जमिनको फरकहरू पाउनेछौं।

जनसंख्या पहाड र तराई बीच बराबर छ। तर, तराईमा अहिले जत्ती संख्यामा बिध्यालयहरू, अस्पतालहरू, कलेजहरू, बिश्वबिद्यालयहरू, आदी खुलेका छन्, त्यसको तुलनामा पहाडमा केहि पनि छैनन्। अहिले तराईमा जत्ती संख्यामा मोटर बाटोहरू, सिंचाईका लागि नहरहरू, बिजुली वितरण, सरकार सम्रछित बनजंगलहरू छन्, त्यसको तुलनामा पहाडमा केहि पनि छैनन। ति सुबिधाहरू बाहेक, तराईमा ठाउँ ठाउँमा पहाडमा भन्दा बढी संख्यामा हवाईयातायत, जलयातायातको सुबिधाहरू बिध्यमान छन्। तराईमा रेलमार्गहरू समेत छन्, जुन पहाडमा छैन। तराईमा बिकशित र उन्नत कृषी ब्यबशाय लागि जती सुबिधा राज्यले दिएको छ, त्यस्तो सुबिधा पहाडमा नगन्य छ। अनि, हामी बुद्दीजीबी भनाउँदाहरू यी जमिन्दार शामंतीहरूको स्वरमा स्वर मिलाउंदै “हो, तराईलाई पहाडले शोषण गरेकै छ” भनेर बोल्ने र लेख्ने काम किन र कसको हितमा गर्दैछौं ?

हो, तराईका बारेमा कुरा गर्दा हामीहरूले सबैले बुझ्नु पर्ने एउटा तथ्य छ। तराई सामाजिक रुपमा पहाड भन्दा निक्कै नै पिछडिएको छ। त्यस्तो सामाजिक पछौटेपन पहाडमा पनि छ, तर, हाम्रो तराईमा धेरै बढी छ। त्यस्तो सामाजिक पछौटेपनका लागि राज्य भन्दा पनि त्यहाँको सामाजिक संरचना बढी लिम्मेवार हुन्छ। राज्यले त त्यस्तो पछौटेपनको अन्त्य गर्न सहयोग चाहिं अबश्य गर्न सक्छ र गर्नु पर्छ। तराईमा त्यस्तो पछौटेपन त्यहाँको समाजको हरेक अंग र छेत्रमा ब्यापक मात्रामा छ। त्यस्तो सामाजिक पछौटेपन जारी रहनुमा तराईमा बिध्यामन जमिन्दारी प्रथामा आधारित शामन्ती प्रथा र त्यसमा आधारित बर्गीय शोषण नै मुख्य कारण हो।

तराईमा अहिले २१ औं शताब्दीमा समेत तराईमा छोरा र छोरीहरू बीच ठुलो भेदभाव, महिला र पुरुष बीच ठुलो भेदभाव, दाईजो प्रथा, गरिब र असहाय महिलाहरू माथी बोक्सी भएको भनेर आरोप लगाउंदै समाजले गर्ने ब्यापक अमानवीय दुर्ब्यबहारहरू, सामाजिक छुवाछुतपूर्ण व्यवहारहरू, बालबिबाह, असिमित हदसम्मको घुशखोरी, समय समयमा हुने मानब बलि दिने चलन, आदी, ईत्यादी अन्य सयौं सामाजिक कुरिती र अन्धविश्वासमा आधारित पछौटेपन छ र यसरी तराई पिछडिएको छ।

के यी तराईका जमिन्दार शामन्ती ठग मुखियाहरूले यस्तो पछौटेपनका बिरुद्ध अहिलेसम्म कुनै कदम चालेका छन् त र ? अहँ, अबश्य छैनन् र यिनीहरूले कहिले पनि त्यसो गर्ने छैनन भन्ने कुरामा मलाई १००५ बिश्वास छ। अनि त्यसको लागि काठमाडौँ र पहाडलाई दोष दिने  ?

यसरी तराई बारेमा त्यहाँका जमिनदार शामन्ती ठग छेत्रीयताबादी र पृथकताबादी मुखियाहरूले फैलाएका भ्रमहरूका बारेमा सत्य तथा तथ्यमा आधारित मेरा धारणाहरू र बास्तविकता यिनै हुन्।

यो विचार दिपक मनरालको फेसबुक बाट लिईएको हो ।

neya nepalko naya sambidhan

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri