अधिवक्ता सिताशरण मण्डल : विवाह भनेको दुई आत्माको मिलन हो तर यो वर्तमान समाजमा विवाह दुई आत्माको मिलन नभएर विछोडको र पिडादायी दिनको सुरुवात हो जस्तो भान गराइरहेको छ ।
हाम्रो देशनेपालमा खास गरेर विवाह मंसिर महिनादेखि सुरु हुन्छ र असार महिनासम्म चल्छ तर खास गरेर विवाह फाल्गुन महिनादेखि असार महिनासम्म बढी मात्रामा भएको पाइन्छ । मंसिर महिनामा खास गरेर तराईमा कमै विवाह हुने गरेको देखिन्छ त्यसको कारण सीताजीको विवाह मंसिर महिनामा भएको थियो र सीताजीले धेरै दुःख पाइन् ।
त्यसैले तराईमा छोरी बेटीकोमंसिर महिनामा हत्पत विवाह गरिदैन । तर सीताजीले दहेज र तिलकको लागि दुःख पाएकी थिइनन् । उनका दुःखका छुट्टै कारण थिए । तरतराईका छोरी बेटीलेमंसिर महिनाबाहेक अन्यमहिनामा विवाह गर्दा पनि दुःख पाइरहेका छन् । त्यसकोमुख्य कारण दहेज र तिलक हो ।
खास गरेर दहेज र तिलकको यो समस्या तराईमा बढी देखिए पनि हिमाल पहाडमा पनि यो सामाजिक कुप्रथाको रूपमा जरा गाड्न थालेको देखिन्छ । दहेज भनेको विवाह पछि केटा पक्षलाई नगद बाहेक दिने चिज वस्तु हो भने तिलक भनेको विवाह अगाडि अर्थात जन्ती जाने दिन भन्दा अगाडि दिने नगद हो ।
दहेज र तिलक यति लिनुपर्ने यति दिनुपर्ने त्यसको कुनै खास मापदण्ड लेखा–जोखा छैन तर पाँच लाख देखि पचास लाख सम्म आ—आफनो गच्छे अनुसार लिने दिने गरेको पाइन्छ । केटी पक्षले कसैले स्वेच्छाले तिलक दिन्छ भने कसैले बाध्यताले म यति तिलक दिन्छु भनेर स्वीकार गरेको हुन्छ तर लिखित रूपमा कागज गरेको हँदैन ।
केटी पक्षले उक्त कबुलेकोे रकम केटा पक्षलाई नदिएमा केटा पक्षले सो रकम असुल गर्ने कुनै कानूनी व्यवस्था पनि छैन । केटा पक्षले उक्त रकम असुल गर्ने बाटोको रूपमा दुलहीलाई बिस्तारै बिस्तारै यातना दिन थाल्छ । दुलही जो अर्काको परिवारलाई आफ्नो भनेर आफ्नै रगत सम्बन्धको परिवार र त्यसको न्यानो मायालाई थाँती राखेर अनि आफ्ना भन्ने ठानेको श्रीमान्ले समेत जब साथ दिदैन र यातना नै दिन्छ तिनको अस्त्र मात्र नयाँ घर परिवारलाई दुवै हात जोडेर दिन–रात बिन्ती गर्नेमा सीमित हुनपुग्छ ।
यसमा मेरो के दोष छ ? बुबालाई कुनै मजबुरी होला भन्दा झन् ससुराली पक्ष उग्र हुने गर्दछ । हतपत यो कुरा छोरी बेटीले आफनो आमा बुबालाई सुनाउँदैनन् । कानुनी उपचार खोज्नेतर्फ पनि जाँदैनन् । बुबा र ससुराली दुवैतर्फको इज्जत जान्छ भनेर जति पनि दुःख सहेर बसिरहन्छन् ।
मुस्लिम समुदायमा केटा र केटी पक्ष बीच विवाह पूर्व एउटा सहमति कागज गरेको हुन्छ एक अर्कालाई छोड्दा यति रकम दिनु लिनु पर्छ । हुन त कानुनी व्यवस्था होइन तर पनि व्यवहारमा छ । सामाजिक व्यवहार (सुधार) ऐन २०३३ ले दहेज र तिलक लिने दिने कुरामा रोक लगाएको देखिन्छ ।
घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ ले पनि केही सजायको व्यवस्था गरेको छ । अर्को मु.ऐ. लोग्ने स्वास्नीको महल बमोजिम पति पत्नीले छुट्टै भिन्न भई बस्न चाहेमा अंश लिएर वा अंश नलिई सम्बन्ध विच्छेद गर्ने बाहेक कुनै ठोस ऐन कानुन छैन ।जसको परिणाम दिन दहाडै कसैले भैंसी दहेज नल्याएको रिसमा कसैले गाडी मोटरसाइकल नदिएको रिसमा महिला हिंसा हत्या गरिरहेका छन् । अझ पनि धेरै विवाह सुन्दर जिवान र सुखानुभुतिको पक्ष नभई मृत्युको वाटो वन्ने गरेका छन ।
राज्यले पनि गहन रूपमा सोच्ने बेला आएको छ । के गर्दा यो तिलक प्रथाको अन्त हुन्छ ? अन्यायको पिडामात्रहैन यसैकारण धेरैले ज्याननै गुमाउन परेको छ । विधायकहरू विकास निर्माणका नाममा बजेटको तानातानमा लागिरहेका छन् ब्यवस्थित समाजको लागि भन्दै विभिन्न कानूनको छलफलमा छन । तर साजको यस्तो विकराल समश्यादाई नियन्त्रण गर्ने विषयमा के पहल भएको छ ? उनीहरूले यो बुझ्नु जरुरी छ कि विकास भौतिक निर्माण मात्र नभएर व्यक्ति र समाजको सोचाइमा आउने आमुल परिवर्तन पनि हो यस अनुरुप सामाजिक परिवर्तन अन्याय र अत्याचारको अन्त्य गर्न आवाश्यक छ, यसतर्फ सबैको ध्यान जान आवाश्यक छ ।
Really Touchy !! how can We remove such problem from our society permanently ??
दुलही जो अर्काको परिवारलाई आफ्नो भनेर आफ्नै रगत सम्बन्धको परिवार र त्यसको न्यानो मायालाई थाँती राखेर अनि आफ्ना भन्ने ठानेको श्रीमान्ले समेत जब साथ दिदैन र यातना नै दिन्छ तिनको अस्त्र मात्र नयाँ घर परिवारलाई दुवै हात जोडेर दिन–रात बिन्ती गर्नेमा सीमित हुनपुग्छ ।
Oh !! sad totally wrong practice but it is not easy to control through law only, until they became aircrew it will not control
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन