Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

लगानी बिनाको व्यापार भएको छ. . .

आजको मानवअधिकार

—रामकृष्ण काफ्ले
—रामकृष्ण काफ्ले

—रामकृष्ण काफ्ले

शहरका हुने खाने सम्भ्रान्तहरुः
आफ्ना शरीरमा हात्ति पाली
अरुका शरीरको जुम्रा देख्ने
स्वनामधन्य सर्वज्ञहरुको
स्थायी जागिर भएको छ
आजको मानवअधिकार ।

नवधनाड्य हुन शहर पसेकाहरुको
माछो नखाने प्रायश्चित्त सहित
बकुल्लाव्रत बसेकाहरुको
बेलाबखत जप्ने मन्त्र भएको छ
आजको मानव अधिकार ।

लम्बेचौडे कागजी नाटक रच्नेहरुको
खल्तीमा दलका झन्डा बोकी
स्वतन्त्र वुद्धिजीवी भनाउनेहरुको
अरुलाई जोताउने,
आफु कुम्ल्याउने मेलोभएको छ
आजको मानव अधिकार ।

राजनीतिबाट उम्केर,
जागिरबाट लुकेर,
बेलाबखत फाइदा खाने
लगानी बिनाको व्यापार भएको छ
आजको मानव अधिकार ।

आफु संस्था प्रमुख,
योजनामा छोरा, प्रतिवेदनमा छोरी
लेखामा साली, प्रशासनमा सालो,
जनसम्पर्क र विभागीय प्रमुखमा
पत्नी, जेठान, भान्जाभान्जी छन् १
आफन्तलाई जागिर खुवाउने थलो भएको छ
आजको मानव अधिकार ।

गर्नु नपर्ने, अह्राए हुने
लाग्नु नपर्ने खटाए हुने
काम अन्त दाम यता,
बदनाम अरु सुनाम आफू
विदेशी पैसाको स्वदेशी दाँई
बाघको छालामा स्यालको रजाँईं भएको छ
आजको मानव अधिकार ।

पुस्तकालय दिवश २०६५ । काठमान्डौ


—रामकृष्ण काफ्ले

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri