धादिङ राहुल डाँडा गाविसकी सम्झना तामाङ्गलाई काम नगरेको, धेरै बोलेको, घर छोडेर हिँडेको
धादिङ राहुल डाँडा गाविसकी सम्झना तामाङ्गलाई काम नगरेको, धेरै बोलेको, घर छोडेर हिँडेको निहुँमा श्रीमान कुट्नेपिट्ने गरेर धेरै दुःख दिए ।
सम्झना र उनका श्रीमान्ले चारपाँच बर्षसम्म तरकारी खेतीबाट बचाएको एक लाख रुपैयाँ लिएर मलेकुमा होटेल र किराना पसल गर्दा ग्राहकले उधारो खाइदिएर पैसा डुबेपछि तनाबका कारण सम्झनामा मानसिक समस्या शुरु भएको उनका भाइ सुरेन्द्र तामाङ्ग बताउँछन् ।
मानसिक समस्या महसुस गरेकी दिदी मत चुर्लुम्म डुबेँ भनेर एक्लै बर्बराउने गरेको बताउँदै उनका भाइ सुरेन्द्र भन्छन् ” उहाँलाई कसैको चासो हुन्न थियो । दिदी आप्mनो पारामा बर्बराउँदै कहिले माइत त कहिले घर गर्न थाल्नु भएछ । त्यही निहँमा भिनाजुले दिदीलाई माया ममता होइन यातना दिन थाल्नुभयो । “
भिनाजुको पीटाइको डरले कहिले माइतमा आउनु हुन्थ्यो त कहिले पाटीमा नै सुत्ने पनि गर्नु हँुदोरहेछ । भिनाजुले अर्काे विवाह गरेपछि त उहाँमा झनै समस्या बढ्यो र दिदी एक्लै बर्बराउँदै सडकमा नै पुग्नुभयो । तर भाग्यवस मानसिक समस्या अनुभव गरेकाहरुको सहयोगका लागि स्थापित संस्था कोषिश नेपालको सहयोगमा सोही संस्थाको ट्रान्जिट होम ललितपुरमा दुई वर्ष पहिले १८ दिन बसेर निःशुल्क उपचार गरेपछि दिदी ठीक हुनुभयो । अहिले उहाँ माइतमा नै हुनुहुन्छ ।
मानसिक समस्या अनुभव गरेकी सम्झना भन्छिन्, “मेरो श्रीमान्ले मलाई डाक्टरी जाँच नगराई पागल भनेर कुटपीट मात्र गरेनन् उनले हेला गरी अर्काे विवाहसमेत गरे । सौता र लोग्नेको व्यवहारले म झनै विरामी भएछु । हाम्रो जीवन जुठेल्नाको टपरी सरह रहेछ । श्रीमान् विरामी हुनुभएको भए म अर्काे विहे गर्दिन थिएँ । उनले आँखा भरी आँशु पारिन् ) अहिले म ठीक छु । “
मानसिक समस्या अनुभव गरेकी अर्की ताप्लेजुङ्गकी बालकुमारी खड्का १५ महिनाकी छोरी काखमा बोकेकी उनी मलिन अनुहार पार्दै आप्mनो विगत यसरी स्मरण गर्छिन् २०४७/०४८ सालतिर होला ताप्लेजुङ्गमा खानेपानी योजनाका ओभरसियर (गुरुङ्ग सरले)ले मलाई कहिले लुगा, चप्पल,नेलपोसि मिठाइ दिएर पटक पटक नराम्रो काम (यौन शोषण) गर्नुभयो पछि मैले पेट बोकेछु । गाउँका भद्र भलाद्मीले हाम्रो विहे गराई दिए । त्यो प्रोजेक्ट सकिएपछि पोखरामा मलाई डेरामा लुकाएर राख्नु भयो । तर त्यहाँ आएपछि मलाईभन्दा जेठी श्रीमतीलाई नै समय दिनुहुन्थ्यो । त्यही बीचमा मैले २०५३ मा अर्की छोरी पनि जन्माएँ । त्यो छोरी पनि दिदीे (सौता)ले लानु भयो । जेठो सन्तान छोरो थियोेँ कहाँ गयो थाहा नै छैन । उहाँहरुले राति मेरो कोठामा धेरै केटाहरु पठाइ दिनुहुन्थ्यो । तिनीहरुले मलाई सारै दःुख (बलात्कार) दिन थाले अनि म कोठा छाडेर भागेकी । तर, म मानसिक रोगी होइन नि उनी स्पष्ट गर्छिन् ।
पीर परेर पो यस्तो भएकी काखकी छोरीलाई हाँस्दै म्वाई खाँदै उनले भनिन् “यो पनि मैले रहरले पाएको होइन । देखेपछि माया लाग्छ उनी मुसुुक्क हासिन् । कोठाबाट हिँडेपछि कही माग्थेँ कहीँ मल बोक्ने कामगरेर खाँदै हिड्थेँ । त्यही बेला स्यांजाको काउले भन्ने ठाउँमा घाँस काट्न बस्दा आधारातमा सुतेको ठाउँमा आएर मलाई (घरि घरबेटीले घरी लामा थरका अर्कै व्यक्तिले ) बलात्कार गर्यो । पेट बोकेको थाहा पाएपछि त्यो घरबाट पनि निकाले ।
अनि मैले यो छोरीलाई बाटोमा जन्माएँ । छोरी जन्मेको एक महिनामा मलाई कोशिष नेपालको ट्रान्जिट होममा ल्याइयो । योभन्दा पहिले सडकमा जन्माएको छोरा थियो । त्यो त कसले लग्यो मलाई केही थाहा छैन । अब म कहाँ जाने होला यहाँ बसेको पनि १५ महिना भयो ,यहाँ त आनन्द थियो । अव घर जानुपर्छ भन्नुहुन्छ । यसको (छोरी)बाबुले पनि मलाई राख्छन् कि राख्दैनन् । सडकमा बस्दा फेरि केटाहरुले रातभरि छोड्दैनन् अनि पेट बोकीहाल्छु । आप्mनो एउटा ज्यान त पाल्न गाह्रो हुन्छ छोरा छोरी कसरी पाल्नु ……… अनि म यस्ती हुन्छु पीरले (लामो सास तानेर छोरीको कपाल मिलाउँदै ) । रातैभरी तिनीहरुले (केटाहरुले) मलाई सुुत्न नै दिँदैनन् । पेटमात्र नबोके पनि हुन्थ्यो नि (उनका आँखा रसाए) ।”
कोशिष नेपालका क्लिनिकल साइकोलोजिष्ट लिला खनाल हामीले उद्धार गरेको समय उहाँमा कडा खालको मानसिक समस्या (साइकोसिस) थियो । यहाँको नियमित परामर्शले उहाँमा अहिले डिप्रेसन मात्र छ । औषधिको नियमित सेवन र उचित हेरचाह पाए उहाँ अब ठीक हुनु भयो ।
सम्झना र बालकुमारी त प्रतिनिधि पात्र मात्र हुन् । यस्ता महिलामाथि हुने विभेदका कारण मानसिक समस्या भोग्ने थुप्रै महिलाहरु छन् । पुरुषका तुलनामा महिलाहरुमा मानसिक समस्या बढी हुनुको कारणसमेत महिला भएकैले उनीहरुविरुद्ध हुने आर्थिक, सामाजिक, राजनीतिक ,धार्मिक, सांस्कृतिक, विभेद हो भन्ने देखिएको छ । कानुनले नै श्रीमतीलाई मानसिक समस्या भएमा अर्को विवाह गर्ने कानुनी अधिकार पुरुषलाई दिएको कारण मानसिक समस्या अनुभव गरेका महिला झनै पीडित हुने गरेको पनि पाइएको छ ।
बैदेशिक रोजगारिमा गएर फर्किएका महिलाहरुको संस्था पौरखी नेपालका केन्द्रीय अध्यक्ष मञ्जु गुरुङ्ग मानसिक समस्या व्यक्तिको मनमा पुग्ने चोटको कारण सिर्जित समस्या हो भन्नुहुन्छ । अध्यक्ष गुरुङ्गका अनुसार मानसिक समस्याको मूल जड नै हिंसा हो । चाहे त्यो घरेलु हिंसा, यौन हिँसा वा अन्य हिंसा नै किन नहोस् ।
बच्चालाई जन्म दिइसकेपछि एकसय सुत्केरी मध्ये २५ जनालाई पोष्मार्टमा साइकोसिस हुने बताउँदै कोशिष नेपालका नर्स शोभा गुरुङ्ग मानसिक समस्यया अनुभव गरेको अवस्थामा मायालु वातावरण दिनुको सट्टा हेला गर्ने गर्नाले पनि महिलामा मानसिक समस्या झन बढ्ने जानकारी दिँदै गुरुंग मानसिक समस्याको एउटा प्रमुख कारण घरेलुहिंसा पनि हो भन्नुहुन्छ ।
अधिवक्ता शुभराज शिल्पकारका अनुसार नेपालको मुलुकी ऐनको विहावारी महलको ९ नम्बर बमोजिम विवाह गर्न स्वास्नी निको नहुने गरी बौलाएको र अंश लिई भिन्न बसेकोमा बाहेक अन्य अवस्थामा स्वास्नीको सहमति लिनुपर्नेछ भनिएको छ । यसैलाई टेकेर नै मानसिक समस्या अनुभव गरेका महिलाका श्रीमानले सहजै अर्काे विवाह गर्ने वा सम्बन्ध विच्छेद गर्ने गर्छन् ।
शिक्षित परिवारमा पनि श्रीमतीलाई मानसिक समस्या भएको थाहा पाएपछि दश बीस हजार खर्र्च गरेर उपचार गर्नुभन्दा दुई अढाई लाख खर्च दिएर श्रीमानहरु डिभोर्स गरी अर्काे विवाह गर्न तयार हुने गरेको बताउँदै कोशिष नेपालका अध्यक्ष मात्रिका देबका भन्नुहुन्छ “तर त्यही परिवारमा पुरुष विरामी भए घरखेत सबै बेचेर उपचार गरिन्छ । “
उहाँका अनुसार कडा मानसिक रोगिमध्ये दुई भाग महिला र एक भाग पुरुषहरु छन् । मानसिक समस्या भएका महिलालाई परिवारले थप हिंसा दिने कारण कडा मानसिक रोगीको संख्या पुरुषको तुलनामा महिलाको बढी भएको हो ।
आजपनि मानसिक रोगिलाई देउता रिसाए भनेर धामी झाँक्री लगाउने अनि निको नभएपछि घरमा बाँधेर राख्ने गरेको जानकारी दिँदै कोशिसले त्यस्ता धेरै महिला पुरुषको निःशुल्क र सफल उपचार गरिसकेको उहाँ बताउनुहुन्छ ।
मानसिक अस्पताल लगनखेलका मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारीका अनुसार नेपालमा कूल जनसंख्याको १० देखि २० प्रतिशत जनसंख्या कुनै न कुनै रुपमा मानसिक रोगबाट पीडित छन् । महिलामा मानसिक समस्या बढी देखिनुमा बायोलोजिकल,सामाजिक ,मनोबैज्ञानिक लगायतका कारण छन् ।
क्लिनिकल साइकोलोजिष्ट शुश्मिरा अर्यालका अनुुुसार मानसिक समस्या साइकोसिस (कडा प्रकृतिको) र न्यूरोसिस् (सामान्य प्रकृतिको ) हुन्छ । साइकोसिसमा मेनिया र सिजोफेनिया दुईप्रकारको समस्या हुन्छ । मेनियामा आपूmलाई ठूलो ठान्ने खालको लक्षण देख्न्छि भने सिजोफेनियामा कानमा आवाज आउने , बढी संका गर्ने लगायतका लक्षणहरु देखा पर्छन् । न्यूरोसिसमा खिन्न हुने जस्ता समस्याहरु देखिन्छन् अर्थात डिप्रेसनमा पुगेपछि त्यस्ता रोगीलाई सही परामर्श दिइएन भने कि आत्महत्या गर्छ कि त सडकमा पुग्छन् । उनीहरुको समस्या बुझी म्युजिक, डान्स आदि थेरापीबाट करिब ३ देखि चार महिनासम्म परामर्श दिएपछि सामान्य अवस्थामा ल्याउन सकिन्छ ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन