Jus Nepal
शुक्रबार, माघ ११, २०८१ | January 24, 2025 |

अन्जु दिदी अर्काको धर्मको अपहेलना किन गर्नु भयो ? खुला पत्र

आदरणीय दिज्यू

अभिवादन

हिजो आज सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती आउने गरेका तपाईका समाचार र तपाईले बोलेका धर्म विरोधी अभिव्यक्तिहरु सुन्दा साह्रै दुख लाग्यो ।

Bishnu Neupane

दिज्यू आज हाम्रो देश नेपाल कानूनतः धर्म निरपेक्ष भैसकेको अवस्था छ । यहाँ हरेक व्यक्ति आफूले चाहेको धर्म मान्न स्वतन्त्र छन् । नेपालको अन्तरिम संविधान, २०६३ ले धर्म सम्बन्धि हकलाई मौलिक हकको रुपमा स्थापित गरेको छ । दिज्यू तपाईले चाहेको धर्म अबलम्वन गर्न पाउनु तपाईको नैसर्गिक अधिकार हो । यसमा तपाईलाई हस्तक्षेप गर्न कसलेै पाउँदैन र गर्दैन पनि । कदम कथाचीत भएमा पनि कानूनी उपचार पाउन सक्नुहुन्छ । यसमा कसैको दुई मत छैन । नेपाल कानूनी सर्वोच्चता भएको मुलुक हो , यहाँ कानून भन्दा माथि कोही हुन सक्दैन । तर दिज्यू आफ्नो हक अधिकारको प्रयोग गर्दा अर्काको अधिकारमा ठेस पु-याउने अधिकार त छैन होला कसैलाई । तपाई जस्तो वुद्धिजिवी , देश विदेश घुमेको कलाकार यति कुरा नजान्नु भएको त पक्कै नहुनु पर्ने ।

दिज्यू चाहे तपाई क्रिश्चियन धर्म मान्नुस् चाहे हिन्दु धर्म मान्नुस् त चाहे बौद्ध धर्म नै किन नहोस् तपाई स्वतन्त्र हुनुहुन्छ र यो आम नेपालीको सरोकारको विषय पनि होइन । केबल सरोेकारको विषय त यो हो की तपाईले किन हिन्दु धर्मको अपमान गर्नु भो ? त्यो अधिकार तपाईलाई कसले प्रत्यायोजन ग-यो ?

दिज्यू तपाई भन्न सक्नुहुन्थ्यो म मेरो धर्म भन्दा फरक भाव झल्किने खालका गीतहरु गाउन सक्दिन । त्यसमा तपाईलाई कसैले बाध्य पार्न सक्दैनथ्यो किनकि गीत गाउने वा नगाउने तपाईको ईच्छाको कुरा हो । तपाईको ईच्छा विपरित हुन सक्ने कुरा होइन । तर अर्काको धर्मको अपहेलना किन गर्नु भयो ? त्यस्तो दुस्शाहास तपाईमा कसरी पलायो ?

अझ तपाई भन्नुुहुन्छ कि मैले धर्म विराधी कुरा गरेको छैन मलाई बद्नाम गर्न खोजिएको हो, जुन बेला तपाईले बोलेका आवाजमा कैद गरिएका तपाईको सक्कली रुप देखाउने भिडियोहरु प्रमाणको रुपमा सामाजिक सञ्जालहरुवाट छ्यापछ्याप्ती बाहिर आईरहेका छन् ।

दिज्यू तपाईको सक्कली भिडियो नहेर्दा सम्म त म पनि भ्रममा रहेछु । मलाई पनि लागेको थियो तपाई जस्तो मान्छेले त्यस्तो अभिव्यक्ति दिन सक्नुहुन्न तर मान्छेको असली रुप देख्न गाह्रो पर्दो रहेछ । तपाईले डीसी नेपालमा दिएको भिडियो हेर्दा पनि भ्रममै रहेछु । त्यहाँ तपाई भन्दै हुनुहुन्थ्यो मैले धर्मलाई जोडेर होईन अस्वस्थताको कारणले गीत गाउन अस्वीकार गरेकी हुँ ।

तर जब युट्युबमा तपाईको मण्डलीमा तपाईले बोलेको आवाज र भिडियो हेर्दा तपाईको असली रुप पाएँ र तपाईप्रति घृणा जागेर आयो । दिज्यू तपाई आफै भन्नुहुन्छ म अर्काको शब्द परिवर्तन गरेर आफ्नो शब्दमा गीत गाएँ । के यो अधिकार तपाईमा छ ? अझ आसुको साहाराले आफूलाई निर्दोष सावित गर्ने प्रयत्न गर्नुभो त्यो त झन् तपाईको नामर्दीपन र काँतरपन हो र तपाईको सुन्दर भविष्यको बाधक पनि ।

दिज्यू यदि तपाई निर्दोष हुनुहुन्थ्यो र तपाईको अपमान भएको महशुस गर्नुभएको थियो त तपाईले कानूनको सहारा लिन सक्नुहुन्थ्यो । किन आँसूको सहारामा सहानुभुती बटुल्ने दुस्प्रयास गर्नुभयो । कानूनी बाटो रोज्न किन हिचकिाउनु भयो ?

दिज्यू धर्मको नाममा विश्वमा कैयौँ युद्धहरु भैसकेका छन् , कैयौँ धनजनको क्षती भएको छ । त्यो त तपाईलाई पनि थाहा नै होला । एघारौँ शताब्दीमा युरोपमा इस्लामिक र क्रिष्चियन बीचमा भएको युद्ध, साह्रौँ शताब्दीमा फ्रान्समा भएको प्रोटेस्टेन्ट र क्याथोलिकको बीचमा भएको French Wars of Religion, बीसौँ शताब्दीमा लेवनाममा सुन्नी, सिटी र क्रिष्चियनको बीचमा भएको Lebanese Civil War, ईस्लाम र क्रिष्चियन बीच सुडानमा भएको Scond Sudanese Civil War लगायतका युद्धहरु धर्मकै आधारमा भएका युद्धहरु हुन् । त्यसैले दिज्यू तपाई पनि कतै त्यस्तै मनसाय भएका हरुबाट परिचालित त होइन ?

दिज्यू आफ्नो व्यवसायलाई धर्मसँग जोडेर धरासयको बाटो नरोज्नुस् । म जस्ता लाखौँ तपाईको स्वरका प्रशंसकलाई निराश नबनाउनुस् । तपाई सबैको कलाकार हो । तपाईलाई माया गर्ने तपाईका पारखीको मन कुड्याउने अधिकार तपाईमा छैन । खोली तर्दा सहारा लिएको लठ्ठी खोला तरीसकेपछि मिल्काउनु उपयुक्त होइन । तपाई भन्नुहुन्छ ‘म त ईश्वर चिनिसकेको मान्छे’, तपाईको ईश्वरले पनि अर्काको धर्मलाई अर्काको ईश्वरलाई अपमान गर्नुपर्छ भनेर त पक्कै पनि सिकाउनुभएको छैन होला । त्यती गहन कुरा तपाईले कहाँवाट सिक्नुभयो त्यो पनि ईश्वर चिनिसकेको मान्छेले ?

हिजोका दिनमा जे भए पनि आफ्नो गल्ती कमजारी स्वीकार गरी अबका दिनमा नेपालमा रहेको धार्मिक सहिष्णुतालाई खलल पार्ने कुनै किसिमका काम नगरी सबैलाई समान व्यवहार गर्न सके तपाईको लागी र तपाईका शुभेच्छुकहरुका लागी पनि राम्रो हुने थियो कि ?

तपाईको कलाको प्रशंसक
विष्नु न्यौपाने

अन्जु पन्तले विभिन्न धर्मको विपक्षमा वोलेको भिडियो हेर्न क्लिक गर्नुहोस

माफ मागेको भिडियो हेर्न क्लिक गर्नुहोस

प्रतिक्रिया

One response to “अन्जु दिदी अर्काको धर्मको अपहेलना किन गर्नु भयो ? खुला पत्र”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri