Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

न्यायापालिकाको स्वतन्त्रतामाथि बलात्कार

अधिवक्ता : ओमप्रकाशअर्याल 
खिलराजरेग्मी प्रधानन्यायाधीश अर्थात् नेपालको स्वतन्त्र न्यायापालिकाका अभिभावक

 

अधिवक्ता : ओमप्रकाशअर्याल 
खिलराजरेग्मी प्रधानन्यायाधीश अर्थात् नेपालको स्वतन्त्र न्यायापालिकाका अभिभावक आज उनै अभिभावकले गरेका छन् न्यायापालिकाको स्वतन्त्रतामाथि बलात्कार । एकजना अभिभावकले आफ्नै सन्ततिको अस्मिता लुटेसरहकै अपराध उनले गरेका छन् ।

गत माघरफागुनको कुरा हो, जब उनले खुफिया शैलीमा न्यायापालिकाको स्वतन्त्रतामाथि राजनीतिक बलात्कारको दुश्प्रयास गर्दै थिए, न्यायकर्मी भैकन पनि राजनीतिको दाउपेचमा भाग लिइरहेका थिए, हामीले खबरदार खिलराजजी त्यस्तो अपराध नगर्नोस् भनी करायौं। तर, उनी बलात्कारको तयारीबाट पछि हटेनन् । बरु, आफ्ना एकजना सेवक मार्फत फागुन १४ मा विज्ञप्ति जारी गर्दै हामीलाई जवाफ फर्काए । उनले भने, बलात्कार गर्न पाउनु मेरो स्वतन्त्रताको विषय हो । किनकि, मैले विगत चार दशकदेखि लगातार यसको सेवा गरेको छु । मैले हालसम्म गरेको सेवाको प्रतिफलमा उसमाथि बलात्कार गर्न पाउँछु । साथै, आशय यो पनि थियो कि, असल शासक जन्माउनका लागि स्वतन्त्र न्यायापालिकाको गर्भाशयमा त्यसैका अभिभावक खिलराजले राजनीतिक गर्भाधान गराउन सक्छन् ।

 

उनको अपराधकर्म रोक्न हामीले शुरुमा भद्र अनुरोध गरेका थिर्यौं । तर, उनले सुनेनन् । जब उनले बलात्कारजन्य अपराधकर्मको तयारी उन्मादको शैलीमै गर्न थाले, तब हामीले त्यसलाई रोकथाम गर्न फागुनको दोस्रो र तेस्रो साता उनको क्रियाकलापविरुद्ध राज्यको सर्वोच्च न्यायिक अड्डा सर्वोच्च अदालतमा मुद्दाहरु दायर गर्यौं । तर, उक्त अड्डा स्वयं खिलराजको वैधानिक सत्ता थियो । सत्ताका साझेदार न्यायाधीश दाजुभाइहरु मध्ये खिलराज जेठा भएकाले त्यसको नेतृत्वको बागडोर पनि उनैको हातमा थियो । तसर्थ, त्यस अड्डाले खिलराजको तत्कालीन उदण्डतालाई रोक्न सकेन । किनकि, त्यतिखेरसम्म खिलराजले गुप्तरुप मै भए पनि राजनीतिक शक्ति पनि हासिल गरिसकेका थिए । तसर्थ, राजनीतिक रुपमा उदीयमान जेठा दाजु खिलराजको शक्तिका अगाडि भाइ न्यायाधीशहरुको आत्मबल पनि स्खलित भयो ।

भाइ न्यायाधीशहरुको आत्मा पवित्र नै थियो होला । तर, त्यसो भएर मात्र भएर के भो त रु खिलराजको उदण्डतालाई पर्ख र हेरको नीतिअनुरुप छाड्न विवश बनाइए । उनीहरुले समयमै लगाम लगाउन सकेनन् । त्यसैको फाइदा उठाई खिलराजको उदण्डताले छलाङ्ग नै मार्यो ।

 

अन्तत, स्वदेशी विदेशी शक्तिकेन्द्रहरुको उक्साहटमा राष्ट्रपति, प्रमुख दलका केही शीर्ष नेताहरु, आफ्नै न्यायापालिका परिवारका माइला भाइलगायतलाई साक्षी राखेर चैत्र १ गते बिहानै उनले नेपालको स्वतन्त्र न्यायापालिकाकाको अस्मिता लुटी छाडे । पवित्र न्यायालयभित्र फोहोर राजनीति भित्राए । वाहालवाला प्रधानन्यायाधीशकै हैसियतमा निर्लज्जतापूर्वक सरकार प्रमुखको सपथ लिए । लोकतन्त्रको धरोहर शक्ति पृथक्कीरणको पनि ढाड भाँचे । अब उनको अपराधकर्मले नयाँ उचाइ लियो । अड्डामा उनी विरुद्ध मुद्दाहरु भएर के भो त रु त्यहाँका अधिकारीहरुले तमासा हेरेर बस्नु बाहेक अरु केही गर्न नसक्ने वातावरण बनाउँदै गए । खिलराजबाट न्यायापालिकाको अस्मिता लुटिँदासमेत उनीमाथि हस्तक्षेप गरिएन । किनकि अपराधको उन्मादमा खिलराजको शक्ति झनै बढेको थियो । उनलाई उक्साउनेहरुले थपडी मारिरहेका थिए । तसर्थ, थप शक्तिशाली भएका न्यायापालिका परिवारका जेठा दाजु खिलराजमाथि उनका भाइ न्यायाधीशहरुको केही चल्न सकेन ।

 

शक्तिलाई सीमाबद्ध गर्ने सिद्धान्तले हो । त्यही सिद्धान्तको घाँटी रेटी हत्या गरेपछि खिलराजको शक्तिले क्रमभंग नै गरेको थियो । खिलराजको अनैतिक शक्तिले सार्वभौम नेपाल राष्ट्रका धरोहर, सिद्धान्त, मूल्यमान्यताहरु ढाल्दै गई विपत्ति ल्याउने क्रमको प्रारम्भ भएको थियो । वास्तवमा, राष्ट्र विप्लवको षड्यन्त्र गरिरहेका थिए खिलराजले । उनलाई राज्य विरुद्धको अपराधको अभियोगमा मुद्दा चलाउनु पर्दथ्यो । तर, विडम्बना देशको कार्यकारी, न्यायिक तथा विधायिकी सत्ताको बागडोर उनैको हातमा केन्द्रित हुन पुग्यो ।

खिलराजविरुद्ध फागुनै दायर मुद्दाहरुका बाबजुद चैत्र १ गतेको खिलराजको राजनीतिक सत्तारोहणको उन्मादलाई सर्वोच्च अदालतले रोक्न नसकेको जान्दाजान्दै पनि पुनः त्यही अड्डामा थप पूरक मुद्दाहरु पनि दायर गर्यौं। किनकि चैत्र १ गतेको बाधाअड्काउ फुकाउ आदेशका भरमा खिलराजले आफ्नो वीर्यबाटै स्वतन्त्र न्यायापालिकामा राजनीतिक गर्भाधान गराई त्यसउपर वैधानिक घुम्टो पहिर्याएका थिए । तर, त्यो लोकलाई पाच्य थिएन । त्यो सार्वभौम नियमहरुको विरुद्ध थियो । तर, आज खिलराजले उनीविरुद्धका मुद्दाहरुमा फैसला गर्ने न्यायाधीशहरुलाई भन्दैछन् क्यारे मेरो राजनीतिक वीर्यबाट जन्मने बालकले तिमी मेरा भाइ न्यायाधीशहरुको पनि सेवा गर्नेछ । एकपछि अर्को गर्दै क्रमगत रुपमा मेरा भाइ न्यायाधीशहरुलाई पनि सरकार प्रमुख बनाउनेछ । आखिर मैले जे गरेको छु त्यो मेरा लागि मात्र गरेको कहाँ हो र रु मपछि प्रधानन्यायाधीश बन्ने मेरा भाइ न्यायाधीशहरुका लागि पनि हो । किनकि म त अर्को साल जेठ महिनामा उमेर हदका कारण प्रधानन्यायाधीश पदबाट हट्नेछु, त्यसपछि प्रधानन्यायाधीश बन्ने मेरा माइला भाइ न्यायाधीश नै पदेन सरकार प्रमुख बन्ने हो ।

 

तसर्थ, अहिले कतिपयलाई खिलराजको अपराधकर्मको चिन्ताभन्दा पनि उनको बलात्कारबाट न्यायापालिकाको गर्भाशयमा विकसित हुँदै गरेको राजनीतिक भ्रुणको माया लाग्न थालेको हुन सक्छ । न्यायापालिका परिवारका भाइ न्यायाधीशहरु आफ्ना दाजु खिलराजको अपराधकर्मबाट न्यायापालिका परिवारको अस्मिता गुमेकोमा चिन्ता लिनेभन्दा पनि स्वतन्त्र न्यायापालिकाको गर्भाशयमा हुर्कंदै गरेको राजनीतिक भ्रुणको विकासमा सहयोगी बन्न लागेको सर्वत्र आशंका बढ्न थालेको छ । विभिन्न बाहानामा खिलराजको भविश्यसंग जोडिएका मुद्दाहरुको सुनुवाइलाई टार्नु वा विलम्व गर्नुलाई यस पृष्ठभूमिमा मूल्यांकन गर्नुपर्ने माग बढ्दै गएको छ ।

 

खिलराजबाट न्यायापालिकाको अस्मिता लुटिएको थियो । साझै हेर्दा पीडित न्यायापालिका परिवार थियो । पीडक यसैका प्रमुख खिलराज थिए । यस्तो अवस्थामा हामीले सचेत नागरिकको हैसियतमा पीडित न्यायापालिकाको लुटिएको अस्मिता जोगाउनका लागि अड्डामा मुद्दा दायर गरेका थिर्यौं। तत्काल पीडितले न्याय पाउनुपर्छ र पीडकलाई कारवाही हुनुपर्दछ भन्ने माग राखेका थियौं । तर, पीडित न्यायापालिकाभित्रको सत्तारुढ वर्गले यसलाई आफ्नो घरायसी मामिलाको विषयजस्तो सम्झियो क्यारे । हाम्रा मुद्दाउपर तदारुकताका साथ कारवाही अगाडि बढाइएन । हामीलाई पराईको रुपमा व्यवहार गरेको आशंका गर्ने ठाउँ पनि दिइयो । यदि पीडित नै पीडकसंग मिली उजुरीकर्ताको विरोधमा लागेको हो भने यसलाई अदालती भाषामा होस्टाइल भएको भनिन्छ । आज, पीडित न्यायापालिका हामीसँग होस्टाइल भई पीडक खिलराजसँग पो साझेदारी गर्दैछ कि रु पीडकले देखाएको प्रलोभन, डर, त्रार वा जालझेलमा परी कतिपय फौजदारी मुद्दामा पीडित पक्ष नै पीडिकसँगै मिली उसलाई न्यायिक उन्मुक्ति दिलाउन खोज्दछन् र न्यायिक पुर्पक्षको क्रममा अपराधको उजुरी गर्ने व्यक्तिको नै विरोध गर्दछन् । हाम्रा मुद्दामा चाहिँ त्यस्तो नहोस् । यद्यपि, हामीको आस्थाको धरोहर पवित्र न्यायालयका न्यायमूर्तीहरुलाई भने पूर्णतः शंकाको सुविधा दिनु नै पर्छ ।

 

अपराधको अनुसन्धान गर्दा त्यसको तयारीको चरणदेखि नै गरिनुपर्दछ । तर, हाल आएर सर्वोच्च अदालतले खिलराजको अपराधको तयारी चरणमा दायर मूल मुद्दाहरुलाई अलग गरेर, पन्छाएर केवल अपराधिक कर्मको उपजका रुपमा रहेका चैत्र १ गते जारी बाधा अड्काउ फुकाउ आदेशसम्बन्धी मुद्दाहरुलाई मात्र सुनुवाइका लागि आगामी साउन १७ गतेका लागि पेशीमा चढाएको छ । फागुनमा दायर खिलराज प्रकरणका मुद्दाहरुको अन्तिम सुनुवाइ चैत्र १ गते गर्ने भनेर तोकिएको थियो, तर ती मुद्दाहरुको सुनुवाइ सकेसम्म टार्दै गइयो । उता, त्यसै दिन चैत्र १ गते नै खिलराजको सत्तारोहण भयो । पछि ढिलै भए पनि असार ६ गते खिलराज प्रकरणका ती पूर्ववर्ती मुद्दाहरुले सर्वोच्चका ९ जना न्यायाधीशहरुको बृहत इजलास बोलाइएको थियो । तर, आज तिनै जरियाका मूल मुद्दाहरुलाई पन्छाउन र औचित्यहीन सावित गर्न खोजेको भनी आलोचनाका स्वरहरु आउन थालेका छन् ।

वास्तवमा खिलराजको नेतृत्वमा आज जे भै रहेको छ, त्यो स्वतन्त्र न्यायापालिका र शक्ति पृथकीकरणसम्बन्धी सिद्धान्तहरुको हत्या हो । यदि यस्ता सार्वभौम सिद्धान्तहरुको हत्यालाई वैधता दिने हो भने भावी प्रधानन्यायाधीश वा न्यायाधीशहरुले पनि न्यायापालिकाको अस्मितालाई दाउमा राखेर आफ्नो राजनीतिक यात्रा तय गर्नेछन् । त्यसो गर्नुलाई आफ्नो स्वतन्त्रता भनी दाबी गर्नेछन् । नेपाल राष्ट्रको सार्वभौमिकताको धरोहर हो स्वतन्त्र न्यायापालिका । यसको चिरहरण गर्नु भनेको राष्ट्र विप्लवको षड्यन्त्र गर्नु हो । त्यसैले खिलराज रेग्मी आधुनिक नेपालका सर्वाधिक वेइमान राष्ट्रघाती खलनायक हुन् । यिनको पतन हुनु नेपाल राष्ट्रको सार्वभौमसत्ता र नागरिक स्वतन्त्रताको रक्षाका लागि अपरिहार्य छ । अन्तमा, नागरिक स्वतन्त्रता र नेपालको सार्वभौमसत्ता जोगाउन नेपालको न्यायापालिकाको स्वतन्त्रता जोगाऔं भनी अपिल गर्दछु ।

 

खिलराज प्रकरणलाई न्यायपालिका पनि स्वयंले पर्ख र हेरको रणनीतिबाट व्यवहार नगरी त्योभन्दा अगाडि बढी यसको तत्काल न्यायिक निरोपण गरोस् । न्यायपालिकाको स्वतन्त्रता जिन्दावाद !

{loadposition relativebox}

 

{loadposition relativebox}        

 

{loadposition facebookbox} {jcomments on}

 

 

प्रतिक्रिया

One response to “न्यायापालिकाको स्वतन्त्रतामाथि बलात्कार”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri