Jus Nepal
शनिबार, माघ १२, २०८१ | January 25, 2025 |

तपाईँकी प्रेमिकाले गर्भ पतन गरे जस्तै तपाईँलाई आमाले गर्भमै तुहाइदिनु पर्दथ्यो

एकजना नचिनेको व्यक्तिले मसँग भर्चुअल्ली दुखेसो पोख्दै आफूले आत्महत्या गर्न लागेको बताए । कारण रैछ कुनै केटीले उनलाई धोका दिइन् रे । सम्पर्क भएपछि

images_editirol_swagatगर्भ रहेकोमा बच्चा पनि आफ्नो अनुमति बिना ती नानीले पतन गराइन् रे । मैले सोझै भनेँ ठीक गर्न लाग्नुभयो । तपाईँकी प्रेमिकाले गर्भ पतन गरेर फालेजस्तै तपाईँलाई पनि तपाइँकी आमाले गर्भमै तुहाइदिनु पथ्र्यो, तपाइलाई जन्मँदानै नजन्मिएको बच्चाको त्यति माया लाग्दो रैछ, तपाईलाई बाबा आमाले त्यति माया गरेर यत्रो बनाएपछि तपाईँ ती सबैलाई माया मारेर एउटी केटीको लागि आत्महत्या गर्नुहुन्छ भने तपाईकी आमाको लागि तपाई गर्भमै तुहिनु पर्दथ्यो ।

त्यस्ताले समाज, देश त के परिवारका लागि पनि अझ भनौँ त्यही केटीका लागि पनि केहि गर्दैन बाँचे पनि, आफ्नो स्वार्थ मात्र पूरा गर्छु भनिदिएँ । उनले आफू सडकको अवस्थामा रहेको र तिनै केटीको कारणले आफ्नो लाइफु राम्रो भएको पनि बताए । मैले भनिदिएँ जसको कारणले लाइफ राम्रो भयो त्यो सँगै विवाह गर्न पाइनँ भने मर्छु भन्ने हो ? त्यसो त गुरुआमाको कारणले लाइफ राम्रो हुन्छ अब गुरुआमालाई विहे गर्ने हो  ? जसको कारणले लाइफ राम्रो भएको हो उसैमाथी स्वार्थ खोज्ने  ? स्वार्थी हो तपार्इ । यदि उसको कारणले लाइफ राम्रो भएको हो भने उसलाई सम्मान गरेर उसले भनेको मान्नु पर्यो नि । उसको कारणले तपाईको लाइफ राम्रो हुने अनि उसैलाई मन नपरेको तरिकाले लाइफ विताउन लगाउने ?

केही फरक पर्दैन, जो आफ्नो आमा बाबा सबलाई छोडेर एउटी केटीको लागि मर्छु भन्छ त्यस्तो स्वार्थी मान्छे मरे हुन्छ । यो समाजमा धेरै जन्मिन्छन् अरु । एउटी केटीको लागि मर्ने काँतर, हुतिहारा, नामर्द, लाछी , त्यस्ताले के गर्छ ? तपाइँ बाँच्ने हो भने पनि भोलि फेरि सानो कुराले मर्छु भनेर भन्ने मान्छेलाई म कसरी बाँच्नैपर्छ भन्छु रु तपाईँ बाँच्नुभयो भने पनि तपाईको त्यो अस्ती गर्भ पतन गरेको बच्चा जुन भन्नुभयो नि, त्यो पनि तपाईँजस्तै मथ्र्यो होला नि ।

तपाईलाई जन्मिँदै नजन्मेको बच्चाको माया लाग्ने, अनि तपाइँचाहिँ मर्छु भन्ने ? अनि तपाइचाहिँ किन जन्मिएको ? तपाई त्यो केटीलाई भेट्नु भन्दा पहिला नै त्यो केटीलाई पाइनँ भने मर्छु भनेर जन्मिएको हो ? यति भनेपछि मैले आज ठूलो शिक्षा पाएँ भन्दै सम्पर्क विच्छेद भए । तपाईँको उनीसँग विवाह भएकै थियो भने पनि बच्चा जन्माउने कि नजन्माउने भन्ने पहिलो अधिकार र गर्भस्थ हुने कि नहुने भन्ने ति महिलाको शरीरमाथिको पहिलो अधिकार ती केटी मान्छेकै हो । तपाई त्यहाँ आफ्नो अधिकार मात्र खोज्नु हुन्छ भने तपाइँले उहाँलाई सम्मान र माया गर्नु हुन्न । त्यो हिसावमा तपाई महिला अधिकारविरोधी पनि हो । तपाइँको यो सोचले त भोलि तपाइँसँग विवाह भएपछि उनले आत्महत्या गर्नुसम्मको पीडा तपाइँले दिनुहुन्छ । योग्यता पुगेन विवाह गर्ने समेत भने पछि उनी अलि आफैँप्रति झस्किएको मैले पाएको थिएँ ।

आत्महत्या यतिधेरै हुँदैछन् नेपालमा तर राज्यको कुशासनको विरोधमा अनसनबाट हाराकिरी भएको एकजना अधिकारीको उनको सहादतमा आँसु नखसाउने समाजले आत्महत्याकारीको के मतलब ? जापानी आक्रमणको विरोधमा कोरियालीहरुले आफ्नो पेट आफैँ चिरेर गरेको हाराकीरीले कहिलेकाहीँ बाँच्नेहरुको आन्दोलनमा साहस थप्छ । त्यो इजिप्टको आन्दोलन एक युवाले आत्मदाह गरेरै गरेका थिए जसले सत्ता पल्टाइदियो । त्यस्तो होस् न बरु युवाको आत्महत्या…..आशा यी युवाले सोच्नेछन् र मैले नचिनेका उनले मलाई फेरि सम्पर्क गर्नेछन् ।

अधिवक्ता स्वागत नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri