Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

मैले अहिलेसम्म एउटा त्यस्तो हिन्दू देखेको छैन,

  • जो अर्कोको धर्म परिवर्तन गराइदिने ‘मिसन’ बोकेर हिँडेको होस्

कृपया तपाईले पोपले शासन गरेको कुरा सुन्नुभएको छ ?  इटाली, बेलायत आदि त्रिश्चियन धर्म–सापेक्ष राष्ट्र होइनन् ? साउदी अरब आदि इस्लाम धर्म–सापेक्ष होइनन् ? जापान आदि बौद्ध धर्म–सापेक्ष छैनन्   ?

subid guragai

सुविद गुरागाईँ साहित्यकार

….
विश्वको एक मात्र हिन्दू धर्म–सापेक्ष राष्ट्रको पहिचान मेटाएर हामी कुन र कस्तो निरपेक्षताको वकालत गरिरहेछौं  ? यसमा म फेरि पनि भन्छु, विश्वमा कुनै पनि समाज, कुनै पनि राज्य धर्म–सापेक्ष हुन्छ । मानव व्यवहार, सभ्यता, धर्म वा अनुशासन, कानुन आदि जे भन्नुस् ती सबै निश्चित समाज, समय र वातावरण–सापेक्ष रूपमा विकसित र परिमार्जित भइरहेका हुन्छन् । दुनियाँमा निरपेक्ष को छ ? के छ ? शून्यमा कुनै अस्तित्व सम्भव छ । शून्य अक्षर हुन पनि एउटा गोलो सरलरेखाको सापेक्षता नभइहुन्न

अर्को कुरा, मैले धेरै क्रिश्चियनहरू, धेरै मस्लिम मित्रहरू भेटेको छु, जो अरूलाई प्रेम, विवाह, उपचार, सहयोग, जागिर, जातीय भेदभाव नगर्ने आदि–इत्यादि बहानामा धर्म–परिवर्तन गराइदिन लालयित भएर बजारमा घुमिरहेका छन् । तर, मैले अहिलेसम्म एउटा त्यस्तो हिन्दू देखेको छैन, जो अर्कोको धर्म परिवर्तन गराइदिने ‘मिसन’ बोकेर हिँडेको होस् …

सारमा, यो राष्ट्र हिन्दू धर्मसापेक्ष हुनुपर्छ कि पर्दैन भन्नेमा जनमत–सङ्ग्रह गरौं न !सक्की गो नि, तपाई हामी किन विवाद गरिबस्नु !

मैले जनजीवन पढ्दा बुझेको हिन्दू धर्मको उदारता, सजिलोपन र आफू हिन्दू भएकोमा आनन्द लाग्ने कुरा
१ . तपाई गाईको मासु खानुहोस् वा नखानुहोस् ।
२. तपाई ढुङ्गा पूजा गर्नुहोस् वा नगर्नुहोस् ।
३. तपाई आफूलाई हिन्दू हुँ भन्नुहोस् वा नभन्नुहोस् ।
४. तपाई चर्च, गुम्बा, मन्दिर, गुरुद्वारा आदिमा जानुहोस् वा नजानुहोस् ।
५. तपाई छोरीलाई खुट्टा ढोगाउनुहोस् वा आफू छोरीको खुट्टा ढोग्नुहोस् ।
६. तपाई हिन्दू धर्मलाई समर्थन गर्नुहोस् वा विरोध गर्नुहोस् ।
७. तपाई टुप्पी पाल्नुहोस् वा टुप्पी काट्नुहोस् ।
८. तपाई भगवान् छ भनेर मान्नुहोस् वा छैन भनेर मान्नुहोस् ।
९. तपाई जनै लगाउनुहोस् वा नलगाउनुहोस् ।
१०. तपाई लास गाड्नुहोस् वा डढाउनुहोस् वा पानीमा बगाउनुहोस् ।
११. तपाई एक ईश्वरवादी हुनुहोस् वा अनेक ईश्वरवादी ।
१२. तपाई गीता पढ्नुहोस् वा नपढ्नुहोस् ।
१३. तपाई किताबहरूको ¥याकमा गीतालाई सबैभन्दा माथि राख्नुहोस् वा कुरान, बाइबल, त्रिपिटक आदि किताबले थिचेर राख्नुहोस् ।
१४.तपाई क्रिश्चियनले ‘आमिन वा जय मसी १’ र इस्लामले ‘या अल्लाह १’ भने जस्तो ‘हे ईश्वर १’ भन्नुहोस् वा नभन्नुहोस् ।
१५. तपाई जन्मले हिन्दू हुनुहोस् वा कर्मले हिन्दू हुनुहोस् ।
१६. तपाई हिन्दू भएकोमा गौरव गर्नुहोस् वा नगर्नुहोस् ।
…..

यी सबै अवस्थामा तपाई हिन्दू हो ।

subid sir

प्रतिक्रिया

2 responses to “मैले अहिलेसम्म एउटा त्यस्तो हिन्दू देखेको छैन,”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri