कतिपय सजाय कानुनले नै गर्न दिदैन कतिपय ठाउमा अझै यस्ता परम्परागत दण्ड सजाय गरिन्छ जुन गरेमा कानुनले उल्टै सजाय गर्छ ।
नेपालको प्रचलित कानुन ‘ केही फौजदारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिनाहा दिने ऐन, २०२०’ बमोजिम गर्न नहुने सजायहरु :
(क) मुड्ने,
(ख) खोप्ने,
(ग) दामल गर्ने,
(घ) जात पतित गर्ने,
(ङ) अभक्ष खुवाउने,
(च) जनै झिकिदिने,
(छ) टाङमुनी छिराउने,
(ज) पैताला चटाउने,
(झ) पतिया वा प्रायश्चित गराउने,
(ञ) तीर्थ घुम्नु पर्ने, र
(ट) गाउँ वा शहर बाहिर निकाला गर्ने ।