जाहेरी दरखास्त कसले दिने ?
सरकारी मुद्दासम्वन्धी ऐन २०४९ को अनुसूची १ मा उल्लेखित कुनै पनि अपराध कहिकतै भएको वा भइरहेको वा हुन लागेको छ भन्ने थाह पाउने व्यक्तिले उक्त अपराधको जाहेरी दरखास्त दिन सक्ने छ ।
जाहेरी दरखास्त कहाँ दिने ?
जाहेरी दरखास्त नजिकको जुनसुकै प्रहरी कार्यालयमा पनि दिन सकिने छ तर त्यस्तो जाहेरी दरखास्त अपराध भएको स्थलको सम्वन्धित जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय मातहत तोकिएको अन्य प्रहरी कार्यालयमा दर्ता हुने छ ।
कुनै अपराध अर्को प्रहरी कार्यालयको क्षेत्रभित्र भएको वा भइरहेको वा हुन लागेको सूचना प्राप्त गर्ने प्रहरी कार्यालयले त्यस्तो सूचना लिई आवश्यकता अनुसार सूचना दिने व्यक्ति समेतलाई यथाशीघ्र सम्वन्धित प्रहरी कार्यालयमा पठाउनु पर्दछ ।
यदि तोकिएको प्रहरी कार्यालयहरुले जाहेरी दरखास्त लिन वा दर्ता गर्न इन्कार गरेमा दरखास्तवालाले सम्वन्धित प्रमुख जिल्ला अधिकारी वा दर्ता गर्नु पर्ने प्रहरी कार्यालयभन्दा माथिल्लो प्रहरी कार्यालयमा गई उक्त जाहेरी दरखास्त दिन सक्ने छ र यसरी प्राप्त हुन आएको उजुरी तथा जाहेरी दरखास्तलाई उक्त कार्यालयहरुले आवश्यक निर्देशन सहित अनुसन्धान तथा कारवाहीको लागि सम्वन्धित प्रहरी कार्यालयमै पठाउने छ ।
जाहेरी दरखास्त कहिले दिने ?
प्रत्येक अपराधको हकमा उक्त अपराधका लागि कानूनले तोकेको हदम्याद भित्र यथासक्य चाडो जाहेरी दरखास्त दिनु पर्दछ।
जाहेरी दरखास्त कसरी दिने ?
अपराधको सूचना तत्काल दिदा लिखित, मौखिक जे जस्तो रुप वा ढाँचामा दिए पनि त्यस्तो सूचनालाई पछि जाहेरी दरखास्तको ढाँचा वमोजिम लिखित रुपमा नै दिनु पर्ने प्रचलित कानूनी व्यवस्था रहेको छ । तर जाहेरी दरखास्तमा अपराध गर्नेको नाम, थर, वतन तथा हुलीया किटान नभएकै कारण त्यस्तो जाहेरी दरखास्त अस्वीकार्य हुने छैन यद्यपि जाहेरी दरखास्तमा सकेसम्म अपराध तथा अपराधीको वारेमा बढीभन्दा बढी सूचना समावेश गर्नु राम्रो मानिन्छ ।
दस्तुर रु १० को टिकट टाँसेर ढाँचा बमोजिमको जाहेरी दरखास्त दरखास्तवाला आफै वा नीजको वारेस वा कुनै कानून व्यवशायी मार्फत जुनसुकै साधन ९हस्त लिखित, टाइप वा कम्प्युटर आदिद्धारा कालो मसी प्रयोग गरी कानूनी साइजको नेपाली कागजमा स्पष्ठ वुझने गरी लिपिवद्ध गर्नु पर्दछ ।
यसरी तयार पारीएको जाहेरी दरखास्त सम्वन्धित प्रहरी कार्यालयमा दरखास्तवाला आफै उपस्थित भई वा हुलाक वा अन्य कुनै माध्ययमद्धारा पनि दिन सकिने छ तर हुलाक वा अन्य कुनै माध्ययमद्धारा पठाइएको जाहेरी दरखास्तको सम्वन्धमा दरखास्तवाला सम्वन्धित प्रहरी कार्यालयमा यथासक्य चाडो उपस्थित भई सनाखत गर्नु पर्दछ ।
नोट :
मैखिक जाहेरी दिएमा प्रहरिले सो जाहेरिलाई लिखित गराई संबन्धित व्यतिलाई सुनाई सहिछाप गरि जाहेरी दरखास्त दर्ता गर्नुपर्दछ ।
जाहेरी दरखास्त दर्ता भएपछि जाहेरवालाले भरपाई लिन पाउँछ ।
जाहेरी दरखास्त दर्ता गर्ने र मुद्दा अनुसन्धान गर्ने कार्य काठमाडौँ उपत्यकामा महानगरीय प्रहरी परिसर र वृत सम्मले गर्दछ उपत्यका बाहिर जिल्ला प्रहरी कार्यालय बाहेक अधिकार प्राप्त इलाका प्रहरी कार्यालयले समेत गर्दछ ।
प्रहरीले जाहेरी दरखास्त दर्ता नगरेमा सो प्रहरी कार्यालय भन्दा माथिल्लो प्रहरी कार्यालय वा संबन्धित जिल्लाको प्रमुख अधिकारीसमक्ष निवेदन गर्न पाइन्छ ।
पर्याप्त आधार हुदाँहुदै जाहेरी दरखास्त दर्ता नगरेमा संबन्धित क्षेत्रको पुनरावेदन अदालत वा सर्वोच्च अदालतमा निवेदन गर्न पाईन्छ ।
जाहेरी दरखास्तको ढाँचा :