Jus Nepal
शनिबार, माघ १२, २०८१ | January 25, 2025 |

प्रतिउत्तरपत्र : व्यहोराको प्रतिवाद

तमेल भएपछि म्यादमा उल्लेखित अवधिभित्र आफै उपस्थित भई वा कानून बमोजिम वारेर राख्न पाउनेमा वारेस मार्फत् आफ्नो भएको व्यहोराको प्रतिवाद गर्नुपर्दछ ।  आफ्नो काबु बाहिरको परिस्थिति परी तोकिएको म्यादमा प्रतिवाद गर्न नसकिए मुद्दाको प्रकृति अनुसार म्याद थामी प्रतिवाद गर्न पाइन्छ । त्यसरी उपस्थित नभए वादीले पेश गरेको प्रमाणको मात्र मूल्यांकन गरी मुद्दाको एकतर्फी सुनुवाई हुन्छ । यस्तो प्रतिवादीले पुनरावेदन गर्ने अधिकार समेत गुमाउँछ ।

प्रतिउत्तर पत्र दर्ता गर्न रु ५०।– दस्तुर लाग्छ । कोर्ट फि लाग्दैन ।  प्रतिउत्तर पत्र जिल्ला अदालत नियमावली, २०५२ ले तोकेको ढाँचामा लेखिनु पर्दछ ।

प्रतिउत्तर पत्रमा उल्लेख हुनुपर्ने कुराहरु :

  • समाह्वान वा इतलायनामा पाएको मिति,
  • म्याद थामी प्रतिउत्तर पत्र दर्ता गर्नुपर्ने भए सोको व्यहोरा,
  • फिराद पत्रमा लिइएको दाबी खण्डन गर्नुपर्ने भए सोको तथ्ययुक्त आधार तथा कानून,
  • सम्बन्धित प्रमाणको उल्लेख,
  • प्रतिउत्तर पत्रमा वादीले पक्रिएको र इन्साफ गर्नुपर्ने कुरामा चाहिने व्यहोरा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri