नयाँ कानून ब्यवसायी र अदालतमा प्रथम पटक प्रवेस गरेका सेवा ग्राहीको लागि कतिपय शब्दहरु सुन्दा अचम्म पनि लाग्न सक्छ र के भनेको भन्ने पनि अन्नियोल नै हुन्छ ।
खास गरेर अदालत र कानून व्यावसायीले कानून क्षेत्रमा प्रयोग हुने शब्दहरुको छोटकरी रुपहरु अथवा सांकेतिक अक्षरको बढी प्रयोग गरेको देखिन्छ । प्राय गरेर सर्वोच्च अदालतले बढी प्रयोग गरेको देखिन्छ भन्ने जिल्ला अदालत र पुनरावेदन अदालतले पनि केहि मात्रामा प्रयोग गरेको देखिन्छ । कानून व्यावसायीले शुरु जिल्ला अदालत देखि नै छोटकरी शब्दहरुको प्रयोग गर्न थाल्दछन ।
जस्तो सवाल जवाफको सट्टा स.ज., नेपाल कानूनको पत्रिकाको सट्टा ने.का.प., निर्णय नम्बरको सट्टा नि.न. यस्तै यस्तै । खास गरेर अदालतले कानूनी शब्दको छोटकरी रुपको प्रयोग गर्दा सेवाग्राहिलाई बुझन बढी कठिनाइ भएको हुन्छ ।
कहिले काहि त सेवाग्राहिले त्यो सांकेतिक अक्षरको अर्थ नबुझेर चिन्ताले रातभरी नसुतेका पनि पाइएका छन । अदालतले तलउल्लेखित सांकेतिक अक्षरको बढी प्रयोग गरेको देखिन्छ । केहि गल्ती भएमा वा छुटफट हुन गएमा क्षमा पनि चाहन्छौ ।
अ.न्या.= अतिरिक्त न्यायधीश
अ.ब.= अदालती बन्दोबस्त
झ.झि. = झगडिया झिकाउने
अ.आ. = अन्तरिम आदेश
मु.स. = मुद्दा सकार गर्ने
शु.स. = शुरु सदर
ता.गु. = तारेख गुजारेको
द.न. = दर्ता नम्वर
दा.खा. = दाखिल खारिज
नि.सु. = निर्णय सुनाउने
मि.झि. = मिसिल झिकाउने
प्र.न. = प्रकरण नम्वर
मि.न. = मिसिल नम्वर
वा.स. = वारेस समेत (अरुको वारिस भई आफनो हकमा समेत)
वि.अ. = विशेष अदालत
वि.इ. = विशेष इजलास
स.इ. = संयुक्त इजलास
बृ.पू.इ. = बृहत पूर्ण इजलास
स.अ. = सर्वोच्च अदालत
जि.अ. = जिल्ला अदालत
पू.वे.अ. = पुनरावेदन अदालत
स.अ.बु. = सर्वोच्च अदालत बुलेटिन
तर आज भोली सर्वोच्च अदालतले सेवाग्राहिलाई इन्टरनेट सेवा उपल्बध गराउन थालेपछि मुद्दाहरुको विषयगत संकेतको रुपमा अंग्रेजी अक्षरको छोटकरी रुप प्रयोग गर्न थालेका छन । जुन यस प्रकार छन ।
AP = निवेदन
FN = फुटकर निवेदन
LE = अनुमति
RB = राजस्व
RE = कैफियत प्रतिवेदन
RI = दोहर्याइ पाउँ
CR = फौजदारी संयुक्त
CI = देवानी संयुक्त
WO = साधारण रिट
RV= पुनरावलोकन
WS = विशेष रिट
NF = निस्सा प्रदान पूर्ण
WF = रिट पूर्ण
CF = फौजदारी पूर्ण
DF = देवानी पूर्ण