Jus Nepal
शनिबार, माघ १२, २०८१ | January 25, 2025 |

कम्पनी दर्ता र अन्य विषयको जानकारी

Hum Prassad Khanalब्यापार ब्यवसाय गर्न सामुहिक कार्यको मान्यता र कम्पनी कार्फत गरिने कतिपय  सुविधाका पक्षलाई उपभोग गर्न अहिले कम्पनी मार्फत कार्य गर्ने धेरै नै पाइन्छन । नयाँ कम्पनी संस्थापना गर्नको लागि र संस्थापना भैसकेका कम्पनीहरुका नियमित अन्य कार्यहरु कसरि संचालन गर्ने भन्ने विषय सवैको ज्ञान भन्दा बाहिरनै रहेको हुन्छ ।

हाल कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिष्ट्रार को कार्यालयमा पेश गर्नुपर्ने विवरण कागजातहरु विद्युतीय माध्यम (Online) बाट सम्प्रेषण गर्न सकिने व्यवस्था लागू भएको छ । कम्पनी (विद्युतीय फाईलिङ) निर्देशिका, २०६९ को दफा ४ बमोजिम मिति २०७० साल कार्तिकबाट कम्पनी रजिष्ट्रार कार्यालयले अनिबार्य रुपमा Online बाट सम्पूर्ण काम गर्ने गरी लागु भएको हो ।

अनलाइनबाट कम्पनी दर्ता गर्दा निम्न अनुसार प्रकृया रहेको छ । सर्बप्रथम कुनै इमेल आइडी खोल्ने त्यसपछि  www.ocr.gov.np मा जाने यो साईटमा गईसकेपछी Start Company भन्ने अप्सनमा जाने त्यास पछी Establish a New Company, Please click here New भन्ने अप्सन देखा पर्दछ त्यहाँ क्लिक  गरेपछी यस्तो अप्सन प्राप्त हुन्छ ।

Your Full Name : *    
Your Email Address : *    
Phone No. *:    
Gender :       Male Female Others  
Intermediary :    
Citizenship or Passport No. : *    
Code :    
Type the code shown : *    
  * denote mandatory

यो माथी को प्रकृया सम्पन्न गरेपछी पठाएको इमेल ठेगानामा कम्पनी रजिष्टार कार्यालयको www.ocr.gov  साइटबाट म्यासेज प्राप्त हुन्छ र हामी फेरी www.ocr.gov मा जाने Start Account भन्ने अप्सनमा जाने त्यास पछी Username र Password अप्सन प्राप्त हुन्छ username इमेल आई डी नै हुन्छ भने password चाही कम्पनी रजिष्टार कार्यालयबाट खाेिएको इमेल आई डी मा पठाएकोे password लाइ कपी गरी password मागेको ठाउमा राखी लग इन गर्ने र भित्र जाने ।

भित्र फेरी पुरानो password एक पटक पेस गरेपछी आफुले चाहेको नयाँ password राख्ने र फेरी एक पटक username र password अप्सन प्राप्त हुन्छ । त्यसमा username र जुन इमेल आइडी हो त्यो नै हुन्छ भने password आफुले परिबर्तन गरेको password राखी लग ईन गर्ने र भित्र जाने त्यसमा पछी आफुले चाहेको कम्पनीको नाम नेपाली तथा अग्रेजीमा प्रस्ताब गरी पठाउने र कम्पनी रजिष्टार कार्यालयबाट नाम स्वीकृती भएर आएमा प्रस्ताबित कम्पनीको सम्पूर्ण डकुमेन्टहरु प्रबन्ध पत्र, नियमावली, निवेदन, नागरिकताको प्रतिलिपी लगायत आवश्यकता अनुसार सम्पूर्ण कागजातहरु १५० PDF मा स्क्यानीङ्ग गरी फाइल बनाई online पठाई कम्पनी दर्ता गर्न सकिन्छ ।

कम्पनी दर्ताको लागी चाहिने आवश्यक कागजपत्रहरु:

कुनै पनि कम्पनी दर्ता उद्योग मन्त्रालय अर्न्तर्गत कम्पनी रजिष्ट्रारको कार्यालयबाट हुन्छ जसको लागी देहायबमोजिमका कागजपत्रहरु आवश्यक पर्दछन् ।
 नेपाली नागरिक शेयरधनी रहने (मुनाफा वितरण नगर्ने समेत) गरी संस्थापन हुने कम्पनीको सम्बन्धमा ,
 अनुसूची १ बमोजिमको निवेदन,
 एकल शेयरधनी रहने प्रस्तावित प्राइभेट कम्पनी भएमा अनुसूची ९ बमोजिम, एकल बाहेक अन्य प्राइभेट कम्पनी भएमा अनुसूची १० बमोजिम, पव्लिक लिमिटेड कम्पनी भएमा अनुसूची ११ बमोजिम र मुनाफा वितरण नगर्ने कम्पनी भएमा अनुसूची १२ बमोजिमको प्रबन्धपत्र २ प्रति,
 प्रस्तावित कम्पनी प्राइभेट लिमिटेड भएमा अनुसूची १४ बमोजिम, पव्लिक लिमिटेड कम्पनी भए अनुसूची १५ बमोजिम र मुनाफा वितरण नगर्ने कम्पनी भए अनुसूची १६ बमोजिमको नियमावली २ प्रति,
 संस्थापक शेयरधनीहरुको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,
 प्रा.लि.कम्पनीको हकमा र्सवसम्मत संझौता भएको रहेछ भने त्यस्तो संझौताको प्रतिलिपी,
 पव्लिक लिमिटेड कम्पनीको हकमा कम्पनी संस्थापना गर्नु अघि संस्थापकहरुबीच कुनै संझौता भएको रहेछ भने सोको प्रतिलिपी,
 कुनै निकायको पूर्व स्वीकृति वा इजाजत आवश्यक पर्ने भए त्यस्तो निकायको स्वीकृति वा इजाजत,
 संस्थापक नेपाली कम्पनी (कानूनी व्यक्ति) भएमा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी, नयाँ संस्थापना हुन लागेको कम्पनीमा के, कति र कसरी लगानी गर्ने तथा संस्थापक कम्पनीको प्रतिनिधित्व गर्ने व्यक्तिको नाम खुलाइएको संचालक समीतिको निर्णयको प्रतिलिपि र प्रतिनिधिको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,
 विदेशी नागरिक संस्थापक तथा शेयरधनी रहने गरी स्थापना हुने संयुक्त लगानी वा पूर्ण विदेशी लगानी हुने कम्पनीको लागी आवश्यक थप कागजपत्र,
 प्रचलित कानून वमोजिम सम्वन्धित निकायबाट नेपाल राज्यभित्र लगानी गर्न अनुमति पाएको इजाजतपत्रको प्रतिलिपी,
 संयुक्त लगानी हुने औद्योगिक कम्पनीको हकमा उद्योग विभागबाट स्वीकृति तथा संयुक्त लगानी सम्झौताको प्रतिलिपी,
 विदेशी व्यक्ति संस्थापक भएमा निजको राहदानी (पासपोर्ट) को प्रमाणित प्रतिलिपि र कानूनी व्यक्ति (कम्पनी) भए कम्पनी दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि तथा कम्पनीले लगानी गर्ने सम्वन्धी निर्णयको प्रतिलिपि र कम्पनीको तर्फाट प्रतिनिधित्व गर्ने व्यक्तिको मनोनयन पत्र एवं निजको राहदानीको प्रमाणित प्रतिलिपि,
 प्राइभेट र्फर्म र साझेदारी फर्मलाई कम्पनीमा परिणत गरी कम्पनी दर्ता गर्न आवश्यक थप कागजपत्र ,
 प्राइभेट र्फम र साझेदारी र्फमलाई कम्पनीमा परिणत गर्ने सन्वन्धमा संस्थापकहरुवीचको संझौता ।
 नविकरण गरिएको र्फम दर्ता प्रमाणपत्र ।
 आयकर दर्ताको प्रमाणपत्रको प्रतिलिपि र कर फछ्र्यौटको प्रमाण वा सहमती ।

प्राइभेट लिमिटेडलाई पव्लिक लिमिटेडमा र पव्लिक लिमिटेडलाई प्राइभेट लिमिटेडमा परिणत गर्न आवश्यक कागजपत्र फर्म :

प्रा.लि.लाई प.लि. मा परिणत गर्न आवश्यक थप कागजपत्र :
 अनुसूची ६ बमोजिमको निवेदन,
 साधारण सभाको निर्णयको प्रतिलिपी,
 कम्पनीमा कम्तीमा २५ प्रतिशत शेयर पव्लिक कम्पनीले खरिद गरेको कागजात,
 कम्पनीले कुनै पव्लिक कम्पनीको कम्तीमा २५ प्रतिशत शेयर खरिद गरेको कागजात,
 प्रस्तावित ३ महले प्रवन्धपत्र र नियमावलीको १।१ प्रति,
 संस्थापक थप हुने भए नागरिकता प्रमाणपत्रको प्रतिलिपी,

 प्र. लि. लाई प्रा. लि. मा परिणत गर्न आवश्यक थप कागजपत्र:

 अनुसूची ७ बमोजिमको निवेदन,
 साधारण सभाको निर्णयको प्रतिलिपी,
 पूजी खुलेको लेखा परिक्षण प्रतिवेदन,
 शेयरधनी संख्या ७ भन्दा कम भएको कारणबाट पव्लिक लिमिटेडबाट प्रा. लि. मा परिणत हुने भएमा सो सम्बन्धि कागजात,
 प्रस्तावित ३ महले प्रवन्धपत्र र नियमावलीको १।१ प्रति,
 संस्थापक थप हुने भए नागरिकता प्रमाणपत्रको प्रतिलिपी,

 विदेशी कम्पनीको दर्ता, शाखा कार्यालय र सम्पर्क कार्यालय स्थापना सम्वन्धि (दफा १५४,१५५)

 अनुसुची २९ बमोजिमको ढांचामा निवेदन,
 व्यवसाय वा कारोवार संचालनको लागी अधिकारप्राप्त अधिकारीबाट प्राप्त अनुमतिपत्र,
 कम्पनी संस्थापनको अधिकार पत्र, प्रमाणपत्र, प्रवन्धपत्र तथा नियमावलीको प्रतिलिपि र सोको नेपाली अनुवाद,
 कम्पनीको मूल कार्यालय र कारोवार गर्ने मूख्य ठेगाना, कम्पनी संस्थापना भएको मिति, जारी पूजी र मूख्य उद्येश्य खुलेको विवरण,
 कम्पनीका संचालक, प्रवन्धक, कम्पनी सचिव वा प्रमुख पदाधिकारीस्को नाम, ठेगाना र निजहरुको नागरिकता सम्वन्धि विवरण,
 म्याद सूचना जारी हुदा कम्पनीको तर्फाट वुझिलिने आधिकारिक व्यक्तिको नाम ठेगाना खुलेको विवरण,
 नेपाल राज्यमा व्यवसाय वा कारोवार गर्ने भए प्रस्तावित लगानी र कारोवारको विवरण,
 नेपाल राज्यमा व्यवसाय वा कारोवार गर्ने मूख्य स्थान र ठेगाना,
 नेपालमा व्यवसाय वा कारोवार शुरु गर्ने प्रस्तावित मिति,
 कम्पनीको संचालक वा निजको प्रतिनिधिले कम्पनीको तर्फाट गरेको उद्घोषण,
 दफा १५७ बमोजिमको अख्तियारनामा,
 शाखा थपको अभिलेख गर्ने,
 कम्पनीको अनुरोधपत्र,
 संचालक समीतिको निर्णय प्रतिलिपि,
 हाल थप समेत कायम रहने शाखा विवरण,

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri