- जिल्ला अदालत वा अन्य निकायले गरेको फैसलामा चित्त नबुझेमा म्यादभित्र सम्बन्धित पुरावेदन अदालतमा पुनरावेदन गर्न पाइन्छ ।
- राय किताबमा सही गरेको वा फैसलाको नक्कल सारेको वा जरिवाना तिरेको वा पुनरावेदन म्याद पाएको मितिमध्ये जुन अघिल्लो छ, सोही मितिबाट पुनरावेदनको म्यादको गणना हुन्छ ।
- मुद्दाका पक्षहहरुले सम्बन्धित फैसल गर्ने जिल्ला अदालत वा निकाय मार्फत् पनि पुनरावेदन दर्ता गर्न सक्नेछन् ।
- त्यसरी पुनरावेदन गर्दा मुद्दाको प्रकृति अनुसार कानुनले तोकेको म्यादभित्र पुनरावेदन गर्नुपर्दछ
पुनरावेदन म्याद गुज्रन गएमा थाम्ने सम्बन्धी व्यवस्था निम्नानुसार रहेकोछ :
१. सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ अन्तर्गतको मुद्दामा, पुनरावेदन म्याद ७० दिन, थामिन सक्ने अवधि ६० दिनसम्म ।
२. संक्षिप्त कार्यविधि ऐन, २०२८ अन्तर्गतका मुद्दामा, पुनरावेदन म्याद ३० दिन, थामिन सक्ने अवधि १५ दिन
३. विशेष अदालत ऐन, २०५९ अन्तर्गतका मुद्दामा, पुनरावेदन म्याद ३५ दिन, थामिन सक्ने अवधि १५ दिन
४. अन्य मुद्दामा (अन्य विशेष व्यवस्था भएकोमा बाहेक), पुनरावेदन म्याद ३५ दिन, थामिन सक्ने अवधि ३० दिन ।
पुनरावेदनपत्रमा खुलाउनु पर्ने कुराहरु :
- सुरु फैसला गर्ने अड्डा/अदालत,
- सुरु फैसला गर्ने अधिकारी/न्यायाधिशको नाम
- सुरु मुद्दामा वादी वा प्रतिवादी भएको कुरा,
- मुद्दाको नाम र मुद्दा नम्बर
- फैसला भएको मिति,
- मुद्दाको निर्णयको संक्षिप्त विवरण
- दावी गरेको विषय वा माग गरिएको सजाय
- भएको सजाय वा निर्णय
- फैसलामा चित्त नबुझेको कुराहरु, त्यसको कारण र पुनरावेदन पत्रमा माग गरेको कुरा,
- कोर्ट फी/पुनरावेदन दस्तुर,
- पुनरावेदन गरेको मुद्दामा खुल्न सक्ने सम्मको मोल विगो,
- सम्बन्धित मुद्दामा कैद वा थुनामा परेको भए सो कुरा,
- अ.ब. १९४ नं. बमोजिम लागेको कैद वापत अनुमति पाएको भए सो कुरा,
- दण्ड जरिवाना बुझाएको वा जेथा जमानत दिएकोमा सो कुरा,
- हदम्याद र प्रमाण सम्बन्धी कुरा
- तारखेमा नबस्ने भएमा सो कुरा ।