Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

पुनरावेदन आदलतमा ‘दोहोर्याई पाऊँ’ निवेदन दिने आधार

सर्वोच्च आदलतमा पुनरावेदन नलाग्ने मुद्दाहरुमा देहायको आधारमा पुनरावेदन अदालत मार्फत् पनि दोहोर्याई पाऊँ निवेदन लाग्नेछ ।

  • पुनरावेदन अदालतको फैसला वा अन्तिम आदेशमा गम्भीर कानूनी त्रुटि भएको,
  • सर्वोच्च अदालतबाट स्थापित कानूनी सिद्धान्त वा नजिरको पालना नगरेको वा गलत किसिमले व्याख्या गरी प्रयोग गरेको,
  • सार्वजनिक सम्पत्ति सम्बन्धी विवाद समावेश भएको मुद्दामा मिसिलमा संलग्न प्रमाणको
  • उचित मूल्यांकन नभएको कारणले सार्वजनिक सम्पत्ति हिनामिना भएको वा त्यस्तो सम्पत्तिमा क्षति पुगेको,
  • बालक, महिला, बृद्ध, अपाङ्ग वा मानसिक रोगबाट पीडित व्यक्तिको उचित प्रतिनिधित्व हुन नसकी इन्साफमा तात्विक असर परेको ।

Women and Law

दोहोर्याई पाऊँ भन्ने निवेदनमा खुलाउनु पर्ने कुराहरु :

  • निवेदकको नाम, थर र वतन
  • प्रत्यर्थी वा विपक्षीको नाम, थर र वतन
  • जुन फैसला दोहो¥याई पाऊँ भन्ने निवेदन दिएको हो सो फैसला गर्ने अदालत, न्यायाधिहरुको नाम,
  • फैसला दोहोर्याउन माग गरेको आधार
  • माथि पुनरावेदनपत्रमा खुलाउनु पर्ने भनिएका कुराहरु,
  • जुन फैसला दोहोर्याई पाऊँ भनी निवेदन दिएको हो सो फैसला र सुरु फैसालको नक्कल,
  • रु १००।– निवेदन दस्तुर,
  • तारेखमा नबस्ने भए सो कुरा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri