बन्दीप्रत्यक्षीकरणको निवेदनपत्रमा खुलाउनुपर्ने कुराहरु र पु¥याउनुपर्ने रित
- निवेदक र विपक्षीको पूरा नाम, थर, वतन
- बन्दीलाई कसले, कहिलेदेखि र कुन परिबन्दबाट बन्दी बनाएको हो ?
- बन्दी कुन स्थानमा थुानामा रहेको छ ? ब
- बन्दीलाई अन्न पानी बन्द गरी थुनामा राखिएको वा कुनै प्रकारको शारीरिक वा मानसिक यातना दिइएको छ वा छैन ?
- थुनाको सम्बन्धमा सोभन्दा पहिले अदालतमा कुनै निवेदनपत्र दिएकोछ, छैन ? भए त्यसको परिणाम के भयो ?
- बन्दीले सहीछाप गरेको हुनुपर्ने, तर सहीछाप गर्न नसक्ने कारण भएमा अन्य व्यक्तिले निजको हकमा निवेदनपत्र दिनसक्नेछ ।
- निवेदनपत्रमा कुनै दस्तुर लाग्ने छैन ।
- निवेदनपत्रमा सुनवाईको लागि प्राथमिकता दिई इजलास समक्ष सुनुवाईको लागि पेश गरिनेछ ।
- समानान्तर अधिकार क्षेत्र प्रयोग गरी उपचार माग गरे नगरेको कुरा खुलाउनु पर्नेछ ।
परमादेश तथा निषेधाज्ञाको निवेदन
- कुनै व्यक्तिको कानून प्रदत्त हकमा आघात पुग्न गएमा परमादेशको निवेदन दिन सक्नेछ ।
- कुनै व्यक्तिको कानूनी प्रदत्त हकमा आघात पुग्ने आशंका भएमा निषेधाज्ञाको निवेदन दिन सक्नेछ ।
- यस्तो निवेदन पीडित व्यक्ति आफैले वा वारेस मार्फत् पनि दिन सकिन्छ ।
- परमादेश वा निषेधाज्ञाको निवेदन दिँदा रु १००।– दस्तुर लाग्छ ।
- आफ्नो हनन हुन गएको कानूनी हक वा सो हक आघात हुने आशंका भएमा कसरी सो हक आघात हुन लागेको हो, सो सम्बन्धमा के उपचार चाहिने हो, सो उपचार पाउने आधार समेत स्पष्टसँग उल्लेख गरी निवेदन दिनु पर्दछ ।