Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

तारेख सम्बन्धि कानूनी व्यवस्था

– निवेदनपत्र, फिरादपत्र, पुनरावेदनपत्र, दोहोराई पाऊ निवेदन दर्ता हुनासाथ सम्बन्धित पक्षले तारेखमा रही मुद्दाको पुर्पक्ष गर्नुपर्दछ ।

– प्रतिउत्तरमा वा लिखित जवाफ वा लिखित प्रतिवाद दर्ता भएपछि वा विपक्षी हाजिर भएपछि दुवै पक्षलाई तारेख मिलान गरी एकैदिनको तारेख दिइन्छ ।

– थुनामा बस्नु पर्ने बाहेक अरुले मुद्दाको पुर्पक्षको लागि अदालतले तोकेको तारेखमा रहनुपर्ने हुन्छ ।

– तारेख तोकी दिदा के कामको लागि कुन दिन कुन समयमा उपस्थित हुनु पर्ने हो सो व्यहोरा तारेख पर्चामा खुलाइएको हुन्छ ।

– तारेख तोकी लिएपछि तारेख पर्चामा सम्बन्धित कर्मचारीबाट दस्तखत गराई लिनुपर्छ ।

– कुनै दिनको समय उल्लेखगरी तारेख लिएकोमा सो दिनको सोही समयमा उपस्थित हुनुपर्छ ।

– तोकिएको समयमा उपस्थित नभएको कारणले मुद्दामा उक्त दिन गर्नु पर्ने कारबाही गर्न रोकिदैन ।

– आफु ढिलो पुगेकोमा अर्काेपक्षले जुन मिति र समयको तारेख लिई गएको छ, सोही मिति र समयको तारेख लिनु पर्नेछ ।

– तारेखमा हाजिर हुनुपर्ने व्यक्ति कुनै व्यहोराले अन्त थुनामा परि हाजिर हुन नसक्ने अवस्था परे सम्बन्धित अदालतलाई तुरुन्त जानकारी गराउनु पर्छ । यसो गरेमा तारेख गुज्रदैन ।

– थुनामा रहेका व्यक्ति बीचमा छुटेमा भने बाटाका म्याद बाहेक पाच दिनभित्र हाजिर हुन जानुपर्छ ।

–सरकार बादी मुद्दामा धरौटी राखी तारेखमा रहेका व्यक्तिहरुले तारेख गुजारी बसेमा धरौटी जफत हुन्छ ।

– अ.बं. १९४ नं. बमोजिम सुविधा पाई धरौटी वा जमानतमा रहेको बाहेकको अरु मुद्दामा पुनरावेदक वा प्रत्यर्थिले चाहेमा अदालतको अनुमति लिई तारेखमा नबसे पनि हुन्छ ।

–आफ्नो काबु बाहिरको परिस्थिति परि म्याद तारेख गुज्रन गएमा देहाय बमोजिम थमाउन सक्नेछ ।

Tarek in court

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri