वारिस मुद्धा मामिलामा उपस्थित हुनपर्ने झगडियाले आफ्नो अनुस्थितिमा प्रतिनिधित्व गपर । वारीस शव्दको अर्थ प्रतिनिधि हो । कानूनद्धारा वारेस लाग्ने मुद्धामा कुनै झगडियाले वारीस मुकरर गरेकोमा सो वारीसले आफुलाई वारीस निगुक्त गर्ने पक्षकबो तर्फबाट गर्नुपर्ने कानूनन बमोजिम कारबाहीमा मुद्धा पुरपक्ष हुँदा प्रतिनिधित्व गर्दछ । अदालती बन्दोवस्तको ७१ द र ७१ ग नं. बमोजिम मुकरर गरिन वारीस सामान्य वारीस र रजिष्टेसनबको ११ क नं. बमोजिक मुकरर गरिने वारीस अचल सम्पति बिक्रि गर्न दिईने वोरस हो ।
वारिस जम्मा ४ प्रकारका हुन्छन ।
- साधारण वारीस
- मुद्धा किटान गरि दिएको अधिकृत वारीस
- मुद्धा किटान नगरी दिएके अधिकृत वारीस
- सम्पती बिक्री गर्न दिएको अधिकृत वारीस
साधारण वारीस
अदालती बन्दावस्तको ६५ नं. बमोजिम वारेस राख्न पाउने कुनै पनि मुद्धामा सोही मुद्धामा मात्र सिमित हुने गरि तोकिएको तारेखमा हाँजिर भई पुर्पक्ष गर्न प्रतिनिधिको रुपमा वारीस मुकरर गरेकोलाई साधारण वारीस भनिन्छ । यस्तो वारीस सो मुद्धाको किनारा भएपछि वारीसको अधिकार समाप्त हुन्छ । उक्त मुद्धामा माथिल्लो तहको अदालत जानु परेको अवस्थामा अर्को वारीसनाको आवाश्यता पर्दछ ।
मुद्धा किटान गरि दिएको अधिकृत वारीस
वारीस दिन हुने मुद्धामा कुनै व्यक्तिले चाहेमा एैनले वारीस दिन हुनो जोसुकै मानिसलाई आफ्नो तर्फबाछट मुद्धा दायर गर्न र त्यस सम्वन्धि अन्य कानूननी काम कारवाही गर्न सक्ने गरि अदालती बन्दोवस्तको ७१ क नं. बमोजिम अधिकृत वारीसनामा मुकरर गर्न सकिन्छ । उक्त वारीसले तोकीएको मुद्धामा मात्र लागु हुन्छ । यदि मुद्धा हरेको अव्स्थामा पुनरावेदन तहमा सोही अख्तियारनामाबाटै पुनरावेदन गर्न सकिन्छ । अन्य अख्तियारनामाको आवाश्यक्ता पर्दैन ।
मुद्धा किटान नगरी दिएको अधिकृत वारीस
वारीस दिन हुने मुद्धामा कुनै व्यक्तिले चाहेमा एैनले वारीस दिन हुने जोसुकै मानिसलाई आफ्नो तर्फबाट मुद्धा दायर गर्न र त्यस सम्वन्धि अन्य कानूनी काम कारवाही गर्न सक्ने गरि अपिख्तयारनामा लेखि अधिकृत वारीसनामा मुकरर गर्न हुन्छ । यसरी अख्तियरा प्रदान गर्दा दायर भएको वा पछि दायर हुने वा गर्नुपर्ने कुनै पनि मुद्धामा अख्तियारनामा लेखिएको काम कुरा गर्न सक्छ र आवाश्यक परेको खण्डमा अख्तियार गरेको कुनै पनि मुद्धामा वारीस समेत राख्ने अधिकार हुन्छ । यस्तो अधिकृत वारीस अदालती बन्दोवस्तको ७१ क नंं बमोजिम मुकरर गरिन्छ । यस्तो अधिकृत वारीसले जसरी पक्ष वा झगडियाले मुद्धामा नालिस, उजुरस्, प्रतिउक्तर, पुनरावेदन आदि दिई पुर्पक्ष गर्छ, अर्को वारीस राख्ने लगायतका सम्पुर्ण अधिकार प्राप्त गरेको हुन्छ ।
सम्पती बिक्री गर्न दिएको अधिकृत वारीस
आफ्नो हक पुग्ने अचल सम्पती बेचबिखन गर्दा र रजिष्टेसन हुने पर्ने लिखत गरिदिने अडामा हाजिर हुन नसक्ने मनासवि कारण देखाई आफुने बेचविखन गर्नुपर्ने अचल सम्पती किटान गरि ऐनले वारीस दिन हुने जो सुकै व्यक्तिलाई आफ्नो तर्फबाट हक छोडी बेचविखन गर्न अख्तियारनामा लेखि अदालती बन्दोवस्त महलको ७१ ख नं. बमोजिम अधिकृत मुकरर गर्ने हुने कानूनी व्यवस्था गरिएको छ ।
वारीस लाग्न नसक्ने अवस्था
कानून बमोजिम पुरपक्षको लागि थुनामा वस्नु पर्ने वा जमानत लाग्ने अवस्थामा जमानत दिन नसकी थुनामा वस्नु पर्ने भएको व्यक्तिले वारीस राख्न नपाँउने व्यवस्था अदालती बन्दोवस्तको ६५ नं. को १ दफाले गरेको छ । वारीस वस्न नपनन्उजने मुद्धामा वारीस वस्ने व्यक्ति अयोग्य मानिनेछ । वारीस राख्न नदिन आदेश दिने व्यक्तिले पनि वनरीस दिन पनँउदैन । देवानी मुद्धामा भने वारीस राख्न नपाँउने गरि अडाले आदेश दिदैन
वारीस लाग्न सक्ने अवस्था
कानून बमोजिम पुरपक्षको लागि थुनामा वस्नु पर्दा वा जमानत लाग्ने अवस्थामा कानून बमोजिम दिने व्यक्तिले अडाबाट राख्न दिन मनासिव ठहराई अनुमति दिएमा फौजदारी मुद्धामा समेत वारीस राख्न पाँउछ ।
विदेशीले वारीस दिन पाँउने अवस्था
नेपालमा कुनै पनि अचल सम्पती र जाय जेथा नभएको विदेशी नागरिकले नेपालका अडा्मा परेको ऐनले वारिस दिन पाँउने मुद्धामा वारीस दिदा आफुले दावी गरेको ठहर नभएमा वा आफु उपर उजुरी भएको कुरा ऐन बमोजिम प्रमाणित नभएमा ऐन बमोजि लाग्ने सजाय धरौट राखेमा वा नेपालमा जाय जेथा वा अचल सम्पती भएको व्यक्ति जमानी दिए मात्र वारीस लाग्ने कानूनी प्रक्रिया रहेको छ ।
वारीस लिने व्यक्तिको योग्यता
ऐनले वारीस लाग्ने मुद्धामा अख्तियार दिदा लिदा १६ वर्ष उमेर भएको र एकाघरको रहे वसेका नाताहरु मध्ये जो कोहीलाई पनि दिा सकिन्छ । त्यो भन्दा अन्यको हकमा घुस र कीर्तेमा सजाय पाएको व्यक्ति बाहेक जोसुकै लाई पनि वारीस लिन र दिन सकिन्छ ।