प्रतिलिपि अधिकार नियमावली २०४६ अनुसार यसरि हुन्छ सुरक्षित ,
1. प्रतिलिपि अधिकारको दर्ता तथा प्रमाणपत्र प्रतिलिपि अधिकारको दर्ता तथा प्रमाणपत्र :
2. ऐनको दफा ३ को उपदफा (२) बमोजिम अधिकार प्राप्त व्यक्तिले कुनै रचनाको प्रतिलिपि अधिकार दर्ता गराउन चाहेमा आफनो सबूद प्रमाण सहित पा“च रुपैया“ दस्तूर राखी अनूसूची १ बमोजिम रजिष्ट्रारको कार्यालयमा दरखास्त दिनु पर्नेछ । त्यसरी दरखास्त दिंदा समय समयमा समितिले तोकिदिए बमोजिमको संख्यामा सम्बन्धित रचनाको प्रतिलिपि पनि पेश गर्नु पर्नेछ ।
3. उपनियम ३.१ बमोजिम दरखास्त परेपछि रजिष्ट्रारले दरखास्तवालाको नाममा प्रतिलिपि अधिकार दर्ता गर्न हुने हो वा होइन भन्ने कुराको आवश्यक जाँचबुझ गरी आवश्यक भए समितिको रायसमेत लिई दर्ता गर्न हुने देखिएमा दर्ता किताबमा दरखास्तवालाको नाममा प्रतिलिपि अधिकार दर्ता गरी पचास रुपैयाँ दस्तूर लिई अनुसूची २ बमोजिमको ढाँचामा दरखास्तवालालाई त्यसको प्रमाणपत्र दिनु पर्नेछ ।
4. उपनियम ३.२ बमोजिम प्रतिलिपि अधिकार दर्ता हुन नसक्ने भएमा रजिष्ट्रारले सो कुरा खुलाई दरखास्तवालालाई लिखित सूचना दिनु पर्नेछ ।
5. निरीक्षण गर्न वा नक्कल लिन सक्ने निरीक्षण गर्न वा नक्कल लिन सक्ने:
6. कुनै व्यक्तिले दर्ता किताबमा रहेको कुनै विषय वा त्यसको कुनै अंशको नक्कल लिन वा निरीक्षण गर्न चाहेमा अनुसूची ३ बमोजिमको ढाँचामा रजिष्ट्रारको कार्यालयमा दरखास्त दिनु पर्नेछ ।
7. उपनियम ४.१ बमोजिम दरखास्त परेपछि रजिष्ट्रारले उपयुक्त देखेमा दश रुपैयाँ दस्तूर लिई नक्कल दिन वा निरीक्षण गर्न दिन सक्नेछ । दर्ता किताबमा सच्याउन दर्ता किताबमा सच्याउन दर्ता किताबमा सच्याउने
8. देहायको अवस्थामा रजिष्ट्रारले दर्ता किताबमा लेखिएको कुनै नाम, ठेगाना वा विवरण वा अन्य कुराहरु कैफियत जनाई सच्याउन सक्नेछः–
१. रचयिताको नाम, ठेगाना फरक परेमा,
२ .रचनाको प्रकाशकको नाम फरक परेमा वा फेरिएमा,
३ .र.चनाको मुद्रकको नाम फरक परेमा वा फेरिएमा,
४. रचयिताको आफनो रचना उपरको प्रतिलिपि अधिकार अरुलाई हस्तान्तरण गरेको सूचना प्राप्त भएमा ।
9. प्रतिलिपि अधिकार हस्तान्तरण भएमा दर्तावालाको नाम खार प्रतिलिपि अधिकार हस्तान्तरण भएमा दर्तावालाको नाम खारेज गरी हालवालाको नाममा दर्तावालाको नाममा दर्ता गर्नु पर्ने: ऐनको दफा ५ को उपदफा (१) बमोजिम कुनै प्रतिलिपि अधिकारको हस्तान्तरण सम्बन्धी सूचना प्राप्त भएमा रजिष्ट्रारले पचास रुपैयाँ दस्तूर लिई दर्ता किताबमा साविक दर्तावालाको नाम खारेज गरी हालवालाको नाम दर्ता गरिदिनु पर्नेछ ।
10. रचनाको नेपालीमा अनुवाद गरी प्रकाशन गर्न इजाजत दिने रचनाको नेपालीमा अनुवाद गरी प्रकाशन गर्न इजाजत दिने:
11. ऐनको दफ १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिमको अवस्थाहरुमा कसैले प्रतिलिपि अधिकार दर्ता भएको कुनै रचनालाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गर्न इजाजत लिन चाहेमा ऐनको दफा १२ को उपदफा (४) बमोजिम राख्नु पर्ने धरौटी सहित अनुसूची– ४ बमोजिमको ढा“चामा रजिष्ट्रारको कार्यालयमा दरखास्त दिनु पर्नेछ ।
12. उपनियम ७.१ बमोजिम दरखास्त परेपछि रजिष्ट्रारले त्यस्तो रचनालाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गर्न उपयुक्त देखेमा दरखास्तवालाई इजाजतपत्र दिन सक्नेछ ।