Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

नेपालको संबिधान २०७२ मा नागरिकता सम्बन्धि प्राबधानहरु

कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नहुने ।

 -प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको ।
– संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका व्यक्ति नेपालको नागरिक  हुने ।
– वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको बाबु वा आमाको नामबाट        लैङ्गिक  पहिचान सहितको नागरिकताको प्रमाणपत्र पाउने ।
– नागरिकको परिचय खुल्ने गरी अभिलेख राखिने ।

 नेपाली नागरिकताका प्राप्त हुने अवस्था :

१. वंशज

संविधान प्रारम्भ हुनु भन्दा अघि वंशजको नागरिकता प्राप्त गरेका व्यक्ति, जन्म हुदाँ कुनै व्यक्तिको बाबु वा आमा नेपालको नागरिक रहेको अवस्थामा त्यस्तो व्यक्ति, संविधान प्रारम्भ हुनुभन्दा अघि बाबु र आमा दुवैले जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका सन्तान बालिग भएपछि, नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म, नेपालको नागरिक आमाबाट नेपालमा जन्मभई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान  हुन नसकेको व्यक्ति, तर बाबु विदेशी नागरिक ठहरेमा संघीय कानून बमोजिम अंगीकृत नागरिकतामा परिणत हुने, विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको, निज नेपालमा नै  स्थायी बसोबास गरी निजले विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको र नागरिकता प्राप्त  गर्दाका बखत निजका आमा र बाबु दुवै नेपाली नागरिक रहेछन्भने नेपालमा जन्मेको त्यस्तो          व्यक्ति ।

२. अंगिकृत नागरिकता

क. विदेशी नागरिकलेसंघीय कानून बमोजिम अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने।
ख. वैवाहिक अंगिकृत
नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलालेसंघीय कानून बमोजिम, विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिकबाट जन्मिएको, नेपालमा नै स्थायी बसोवास गरेको र विदेशी नागरिकता प्राप्त नगरेको व्यक्तिलेसंघीय कानून बमोजिम तर नागरिकता प्राप्त गर्दाका बखत आमा र बाबु दुवै नेपाली नागरिक रहेमा वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्ने ।

३. सम्मानार्थ नागरिकता

संघीय कानून बमोजिम सम्मानार्थ नागरिकता प्रदान गर्न सकिने ।

४. गैर आवासीय नेपाली नागरिकता

विदेशी मुलुकको नागरिकता प्राप्त गरेको, सार्क बाहेकको मुलुकमा बसोबास गरेको, साविकमा वंशज वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिकरही पछि विदेशी नागरिकता प्राप्त गरेको व्यक्ति संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने

५. नेपालमा गाभिएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिको नागरिकता

नेपालभित्र गाभिने गरी कुनै क्षेत्र प्राप्त भएमा त्यस्तो क्षेत्रभित्र बसोबास भएको व्यक्ति संघीय
कानूनको अधीनमा रही नेपालको नागरिक हुने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri