Jus Nepal
मङ्लबार, माघ १, २०८१ | January 14, 2025 |

नागरिकता र प्रमाणपत्रमा नाम र उमेर कसरी सच्याउने

उमेर, नाम र जात सच्याउने नियमहरू

 उमेर, नाम र जात सच्याउने दरखास्त दिनु पर्ने:

१ . कुनै व्यक्तिले आफ्नो प्रमाणपत्रमा रहेका उमेर नाम वा जात सच्याउन चाहेमा ने.रु. १. वा त्यति मोल पर्ने टिकट टा“सीआफ्नो भएको व्यहोरा लेखी अञ्चलाधीश÷प्रमुख जिल्ला अधिकारी छेउ दरखास्त दिनु पर्छ ।

२. उपनियम १ बमोजिम दरखास्त परेपछि अञ्चलाधीशले÷प्रमुख जिल्ला अधिकारीले निजसँंग भएको सबूद प्रमाण र आवश्यकतानुसार साक्षी सरजमीन समेत बुझी ठाडो फैसला गर्नेछ र त्यस्तो निर्णय अन्तिम हुनेछ ।

 परीक्षा नियन्त्रकले प्रमाणपत्र सच्याउन लगाउने र दस्तुर  र दस्तुर लिने :

१. उमेर, नाम वा जात सच्याउने गरी फैसला भएकोमा अञ्चलाधीशले÷प्रमुख जिल्ला अधिकारीले परीक्षा
नियन्त्रकलाई त्यसको सूचना र फैसलाको नक्कल अविलम्ब पठाई दिनेछ र परीक्षा नियन्त्रकले उक्त जनाउ र फैसला बमोजिम सम्बन्धित व्यक्तिको प्रमाणपत्र र शिक्षालयमा रहेको रेकर्डमा नाम, जात वा उमेर सच्याउन लगाउनेछ ।
२. शिक्षा विभागबाट तोकिएको दस्तुर लिई नाम, जात वा उमेर सच्याइएको नया प्रमाणपत्र परीक्षा नियन्त्रकले सम्बन्धित व्यक्तिलाई दिनेछ र पुरानो प्रमाणपत्र उक्त व्यक्तिसंग खिची लिनेछ ।

अदालत सरह अधिकार :

नियम ३ को उपनियम २ बमोजिमको अधिकारको प्रयोगकोलागि आवश्यक भएमा समन जारी गर्न, साक्षीहरू उपस्थित गराउन, लिखतहरू पेश गराउन,प्रमाण र सरजमीनहरू बुझ्न अञ्चलाधीशले÷प्रमुख जिल्ला अधिकारीलाई नेपाल कानुनबमोजिम देवानी जिल्ला अदालतलाई भए सरहको अधिकार हुनेछ ।

दरखास्त दिने म्यादः 

१. यस नियम अन्तर्गत उमेर, नाम वा जात सच्याई माग्नेले आफ्नो नाम, जात र उमेर उल्लेख भएको प्रमाणपत्र पाएका मितिले ६ महीनाभित्र उक्त कुरा सच्याईपाउनको लागि दरखास्त दिनु पर्छ ।
२ .उपनियम १ मा जेसुकै लेखिएको भए तापनि उक्त उपनियममा तोकिएको म्याद भन्दा अघि प्रमाणपत्र पाएका व्यक्तिहरूले आफ्नो नाम, जात वा उमेर सच्याउन चाहेमा यी संशोधनहरू नेपाल राजपत्रमा प्रकाशित भएको दुई वर्ष भित्र सच्याई पाउनको लागि दरखास्त दिन सक्नेछन् ।

सरकारी कर्मचारीहरूले आफ्नो सम्बन्धमा :

यो नियम बमोजिम सरकारीकर्मचारीहरूले पनि आफ्नो प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाउने छन् । तर, मूल नियम लागू भएको मिति भन्दा अघि खडा भएको सिटरोलमा यो नियम बमोजिम सचिएको प्रमाणपत्रको आधारमा उमेर सच्याउन पाउने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri